Loading...

सात कक्षा फेल तर करोडौंको मालिक

भनिन्छ नि मानिसका जीवनले कतिखेर कोल्टे फेर्छ भन्नै सकिन्न। जस्तो सुकै कठिन समय होस्, केबल आफूमा केही गर्ने हिम्मत, चाहना र इच्छाशक्ति भने हुनुपर्छ । सामान्यतया हाम्रो समाजमा असफलतालाइ सकारात्मक ढंगले हेर्ने चलन नै छैन, त्यसका सट्टा सानोतिनो असफलतामै बच्चाहरूलाई गाली गर्ने, हप्काउने, कुटपिट गर्नेदेखि केही अभिभावकले त घरबाटै निकालिदिनेसमेत गरेका देखिन्छ । जबकी, यदि हामीले बच्चाहरूलाई सम्झाई बुझाई गर्ने हो, उत्प्रेरणा दिने हो भने आफ्नो गल्तीबाट सिकेर भविष्यमा सफल बनेका उदाहरण पनि कैयन छन् ।

भारतका विमल पटेललाई पनि उनका पिताले सात कक्षामा फेल भयो भनेर घरबाट निकालिदिएका थिए । आज तिनै विमल भारतका ज्वेलरी सम्राटका रूपमा चिनिन्छन् । उनको भारतको महाराष्ट्रमा मात्रै गरगहनाका ५२ बिक्री कक्ष छन् भने उनको  कम्पनीमा हाल ५५० मानिसहरूले काम गर्नेगर्छन् ।  उनको कम्पनी भारतका ‘१०० करोड क्लब’ (अर्बपति क्लब)मा पर्छ ।Patel

जब बाबुले घरबाट निकालिदिए

गुजरातकाे आणन्द भन्ने ठाउँका विमल पटेलका पढ्न खासै मन लाग्दैन थियो, शायद यही कारणले हुनसक्छ उनी सात कक्षाको वार्षिक परीक्षामा फेल नै भए । एक दिन विमलले ससानो कुरामा छिमेकीसँग झगडा गरे । यो कुरा उनका बुवालाइ पचेन र उनले रिसका झ्वाँकमा विमललाइ घरैबाट निकाली दिए ।

हिरा काट्ने/चम्काउने काम

पछि रिस शान्त भएपछि उनका बुवाले घरमा बोलाए । उनका बुवा हिरा काट्ने, चम्काउने काम गर्थे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवाले उनलाई आफूसँगै काम सिक्न भने ।

मासिक चार हजारको आम्दानी

विमलले बम्बई गएर आफ्नो नयाँ जिन्दगी शुरू गर्ने निर्णय लिए । बम्बई (हालको मुम्बई) पुगेपछि उनले हिरा टल्काउने मजदूरको काम पाए । दिनभरि मजदुरका काम गरेपछि उनले मासिक चार हजार भारु पाउँथे ।

5-94

व्यवसायमा हात

उनले  हिरा टल्काउने मजदूरका रूपमा दुई वर्षसम्म काम गरे । यही बीचमा उनको पारिश्रमिक पनि ७५ प्रतिशतसम्म बढ्यो , तर उनले यही ढंगले चल्दै गए आफू अघि बढ्नै नसक्ने निष्कर्ष निकाले । उनका केही साथीहरू कच्चा हिरा (रफ डायमन्ड) र रत्नपत्थरको दलालीका काम गर्थे र त्यसबाट कमिसन आर्जन गर्थे । उनले सन् १९९७ मा आफ्ना साथीहरूसँग मिलेर काम गर्न थाले अनि हिरा र रत्नपत्थर व्यवसायका मिहिन कुराहरू सिके ।

आफ्नै व्यवसाय

सन् १९९८ मा विमलले आफ्नै व्यवसाय आरम्भ गरे । उनले श्रीलंका र थाइल्यान्डका व्यवसायी तथा बम्बईका स्थानीय व्यापारी तथा गरगहना बनाउनेहरूबीच दलाली गर्नुपर्थ्यो । यस कामबाट उनले दैनिक एक हजारदेखि दुई हजार भारुसम्म आम्दानी गर्थे । यसरी उनले मुम्बईका ’roundका क्षेत्रहरूमा आफ्नो पहुँच स्थापना गरे र सन् १९९९ मा ५० हजार रूपैयाँको बचतबाट “ विमल जेम्स” नामक कम्पनी खोले ।

शून्यमा झरे विमल

प्रारम्भमा आफ्नै केही दाजुभाइहरूका सहयोगबाट कम्पनी सञ्चालन गर्न थालेका विमलले पहिलो वर्ष नै निकै राम्रो लाभ गर्न सफल भयो । पहिलो वर्ष उनको कम्पनीले ८ जनाका सहयोगबाट १५ लाख भारुको खुद कारोबार गर्‍यो। तर सन् २००१ का वर्ष उनका लागि कठिन समय साबित भयो । विमलको कम्पनीमा काम गर्ने एउटा कामदार कच्चा हिरा तथा रत्नपत्थर आपूर्तिकर्ताको २९ लाख रूपैयाँबराबरको हिरा र रत्नपत्थर लिएर फरार भयो । विमलले आफ्नो पूरै लगानी त्यही कच्चा हिरा तथा रत्नपत्थर  आपूर्तिकर्ताका नोक्सानी तिर्नका लागि खर्च गर्नुपर्‍यो ।  यसरी एक पटक फेरि विमल शून्यमै झरे, तर उनले हार मानेनन् । उनको व्यवसायले पुनः जीवन पायो ।

4-135

मन्दीपछिका व्यापारको चढाव

सन् २००८ मा उत्पन्न भएको विश्वव्यापी आर्थिक मन्दी र त्यसले भारतीय बजारमा पारेको प्रभावबाट समेत उनी नराम्रोसँग प्रताडित भए । तर मन्दीका बेलामा व्यापार गर्ने उपाय उनले खोजी हाले । उनले खुद्रा व्यापारमा पनि हात हाले । उनले जलगाँउमा पहिलो ज्वेलरी पसल खोले र एक जना ज्योतिषलाई पनि काममा राखे । ज्योतिषीका मद्दतबाट ग्राहकले सही रत्न छान्न र लगाउने उत्प्रेरित गर्ने उनको आइडियाले काम गर्‍यो । पहिलो दिन नै लाखाैंका कारोबार भयो ।

५२ बिक्री कक्ष

त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । अहिले  सुवर्णस्पर्श जेम्स एन्ड ज्वेलरीकका भारतको महाराष्ट्रभरिमा ५२ वटा बिक्री कक्ष छन् भने उनले वाशी नामक स्थानमा जेम्स र ज्वलरी फ्याक्ट्री पनि खोलेका छन् । निकट भविष्यमै उनले भारतभरि आफ्नो शाखा विस्तार गर्ने तयारी गरेका छन् ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...