हाम्रो विश्व यस्तो छ कि यहाँका ठाउँठाउँमा भएका परम्परा र चालचलन’bout हरेक दिनजसो नयाँ नयाँ खोज गर्ने हो भने पनि वर्षाैं लाग्छ । अहिलेका आधुनिक विश्वमा मानिस नयाँपनकै खोजी हुन्छ । अरु कसैलाई उत्पट्याङ लाग्ने कुरा मानिसले आफ्नो स्वच्छन्दताका लागि पनि गरिरहेकै हुन्छ । विश्वमा यस्ता ठाउँहरू पनि जहाँ मानिस नाङ्गै बस्छन्, नाङ्गै खानपिन गर्छन, नाङ्गै सुत्छन्, नाङ्गै घुम्छन् । त्यो पनि अमेजनका जंगलभित्रका आदिवासी होइनन्, आधुनिक विश्वकै मानिसहरूका ’boutमा हामी कुरा गर्दैछाैं ।
विश्वभरि झन्डै २१० औपचारिक रूपमै छन्, संयुक्त राष्ट्र संघबाट औपचारिक मान्यता नपाएका थप चार पाँच देश छन् । ती देशहरूबीच हजाराैं प्रकारका संस्कार र रितिथिति पनि छन् । तिनीहरूका रहनसहन खानपिनमा पनि अनेकन भिन्नताहरू छन् । हामी अधिकांश मानिसहरूका लुगा, उनीहरूले लुगा लगाउने ढंग आदि हेरेर तिनीहरूको जाति, धर्म र देशका अनुमान लगाउन सक्छाैं । जब मानिसले लुगै लगाउँदैनन भने कहाँका भनेर पत्ता लगाउने । यस्तै अचम्मको संस्कार बचाएर राखेको छ ब्रिटेनको स्पिलप्लाट्ज गाउँले…..
यो प्रसंग हो बेलायतको हर्टफोर्डशायरको ब्रिकेटवुडमा केही टाढा यस्तो सानो गाउँ छ, त्यहाँका के केटाकेटी, के बूढापाका, के युवायुवती, के महिला, के पुरुष सबै नै कपडा नलगाइ बस्छन्, अर्थात नाङ्गै बस्छन् । उनीहरू जंगलभित्र बस्ने आदिवासीजस्तो लुगै नभएर नाङ्गै बसेका भने होइनन् । आधुनिक लाइफस्टाइलमै बाँच्छन्, आधुनिक सुख-सुविधा सबै उपयोग गर्छन । यसका पछाडि एक खास कारण छ, जसले गर्दा उनीहरू नाङ्गै बस्छन् ।
यहाँका मानिसहरू यसरी नाङ्गै बस्न थालेको ८५ वर्ष भइसकेको छ । वास्तवमा यो गाउँका ’boutमा धेरै मानिसहरूलाई अहिले पनि थाह छैन, यो गाउँ सन् १९२९ मा इसुल्ट रिचर्डसनले स्थापना गरेका थिए । त्यतिखेरै त्यहाँका मानिसहरूले उनीरू प्रकृतिको नजिक बसेर प्राकृतिक ढंगले नै बाँच्ने निधो गरेका थिए । त्यसपछि त्यहाँका बासिन्दाहरू अहिलेसम्म निर्वस्त्र नै बस्ने गरेका छन् ।
त्यहाँ कैयन पर्यटक पनि पुग्ने गर्छन, जसका लागि भाडाको घर पनि उपलब्ध गराइन्छ । त्यहाँ ब्रिटेनबाट मात्र होइन, अन्य देशबाट पनि पर्यटकहरू विदा मनाउन जान्छन् । तर, पर्यटकहरूले पनि त्यहाँ पुगेपछि लुगा भने लगाउन पाउँदैनन् अर्थात उनीहरू पनि नाङ्गै बस्नु पर्छ । त्यहाँ पुग्ने पर्यटकहरूले त्यही गाउँका नियमअनुसार नै आफूलाइ ढाल्नु पर्ने हुन्छ ।
सदैव लुगै लगाउन नपाइने भने होइन । जाडोका याममा आफूलाई न्यानो राख्न वा कुनै बेला आफूलाई इच्छा हुँदा लुगा लगाउन भने पाइन्छ । त्यहाँका मानिसहरूको आफ्नै मदिरालय- पब, स्विमिङ पुल, छुट्टाछुट्टै अपार्टमेन्ट छन् । सबै जना आधुनिक जीवनशैलीमै बाँच्छन । उनीहरू उच्च विचार भएका हाइ प्रोफाइल नै जीवन बाँच्छन ।
आफ्नै गाउँमा रमाएका त्यहाँमा मानिसहरू बेलाबेलामा शहरतिर पनि जान्छन, तर लुगा लगाएर । जहाँबाट उनीहरू आफूलाई आवश्यक परेका सामान किनेर ल्याउँछन । शहरबाट फर्केपछि फेरि नाङ्गै बस्छन्।
उनीहरूका नाङ्गै बस्ने कार्यका शुरु शुरुमा विरोध पनि भएको थियो, तर सबैले स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारका कारण त्यस्ता विरोधहरू पछि आफै सेलाए ।