नयाँ शक्तिलाई ७ प्रश्न

 

नयाँ शक्तिको नाममा पुराना र आफ्नो क्षेत्रमा असफल साबित भएकाहरुलाई अग्रमोर्चामा राखेर सार्वजनिक गरेपछि लामो समय चर्चामा रहेको बाबुराम भट्टराईको नयाँ शक्ति नयाँ लेबलमा पुरानै रक्सी रहेको आम टिप्पणी सुनिन थालेको छ। आम जनताको सार्वजनिक मञ्चका रुपमा रहेका चिया अनि भट्टी पसलहरुमा बाबुरामको नयाँ शक्तिले खासै मानिसहरुलाई आकषिर्त गर्न सकेको छैन। तर पनि केही सिमित मिडियाले भने उनलाई अझै नेपालमा विकासको मुल फुटाउन सक्ने र्’इन्द्रका बाउ चन्द्र’का रुपमा नै चित्रण गर्न भने छोडेका छैनन्। माओवादीमा रहँदै देखी बाबुराम भट्टराईको भारत सम्बन्ध आम मानिसमा चासोको विषय रहँदै आएको छ। त्यसो त भट्टराईकी श्रीमती हिशिला यमीको आर्थिक हैसियत र उनी जोडिएको भ्रष्ट्राचारको विषयले पनि उनको राजनीतिक छविलाई धुमिल पारेको छँदैछ।

आम मानिसले आशा गरेको व्यक्तिका रुपमा उदाएका बाबुराम भट्टराईलाई लोकप्रियताको शिखरबाट ओर्लन खासै समय लागेन। यद्यपी राजनीतिको खुला बजारमा नयाँ दोकान खोल्न खोजेका उनलाई उनले बिगतमा गरेका काम, निर्णय र बाचाका ’boutमा जनतालाई जवाफ नदिएसम्म नयाँ शक्तिको दोकान चलाउन भने मुस्किलै हुनेछ। नयाँ शक्तिका रुपमा उदाउन खोजेका बाबुरामसँग जनताले जवाफ पनि खोजेका छन् जुन सामाजिक सञ्जाल र मिडियामा पनि सार्वजनिक भइ नै रहेका छन्।

यसै क्रममा अमेरिकाको मासाचुसेटसमा बस्ने नेपाली उद्यमी रुद्र पाण्डे (पाण्डेका ’boutमा यहाँबाट जान्नुहोस्) ले सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ शक्ति र बाबुराम भट्टराईलाई सात प्रश्न राखेका छन् जसको जवाफबाट मात्र आर्थिक पारदर्शिता, सुशासन, विधिको पालना लगायत उनको राजनीतिक भविष्यको आँकलन गर्न सकिन्छ। उनका प्रश्नहरु यस्ता छन्।

Image: The Himalayan Times

१. उहाँको ललितपुरको ३-४ रोपनीको कम्पाउन्डमा बनेको घर भाडामा हो कि किनेको हो ? किनेको भए पैसाको श्रोत के हो ?

२. उहाँले प्रधानमन्त्री हुना साथ नेपालमा बनेको मुस्ताङ्ग गाडी किन चढेको ? सस्तो लोक प्रियताको लागि की साँच्चिकै देशको उद्योगलाई टेवा दिन ? उद्योगलाई टेवा दिनै गरेको भए पछि गएर किन उहाँले मुस्ताङ्गलाई जुम्राले सिनुलाई छोडेको जस्तो छोडेको त ?

३. काठमाडौँ उपत्यका प्राधिकरणका आयुक्त केशब स्थापितलाई उहाँको सरकारले किन राख्ने बित्तिकै निकालेको ? के मा कुरा मिलेन ?

४. उहाँको आर्थिक नीतिको जड के हो त ? प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उहाँ अर्थमन्त्री भएकै हो। उहाँ आफै प्रधानमन्त्री हुँदा पनि अर्थ लगायतका सबै मन्त्रीहरु उहाँकै अन्तर्गत थिए। तेतिबेला त खासै केहि गर्न सक्नु भएन। अब चैं उहाँले आकाशको तारा खसाल्न हुन्छ भनेर जनताले के आधारमा विश्वास गर्ने ?

५. उहाँ उद्यमशीलता बढ़ाउंछु भन्नु हुन्छ। तर कसरि भनेर जनतालाई प्रष्ट बुझ्ने भाषामा सम्झाउनु पर्यो। बढ़ाउंछु भनेर त सबैले भनेका छन्। उहाँको नीतिमा के फरक छ त ?

६. उहाँले प्रधानमन्त्री कार्यालयमा जनताले सोझै फोन गरेर पीर मर्का पोख्न सकुन भनेर “हेलो सरकार” कार्यक्रम राख्नु भो। फोन त आए फोनको जवाफ कहिल्यै आएन। यसरी आफैले सुरु गरेको सधारण कामलाई त सुचारु र सफल गर्न नसक्ने मान्छेसंग नयाँ शक्ति संचालन गर्ने योग्यता छ भनेर कसरी विश्वास गर्ने जनताले ?

७. प्रधानमन्त्री हुँदा उहाँ र उहाँको श्री मती महिनै पिच्छे गाउँ गाउँमा गएर गुन्द्री र पिर्कामा बसेर साग भात र आलुको अचार खानु भो। त्यो कार्यक्रमबाट जनताले के पाएत ? र उहाँले के सिक्नु भो ? फलस्वरूप उहाँको सरकार संचालनमा के फरक आयो त ? की यो पनि “मिडियामा” देखिन गरेको स्टन्ट थियो ?

आशा छ कसैले यी प्रश्नहरु उहाँ समक्ष पुरयाईदेला ? सही प्रजातान्त्रिक देशहरुमा अचेल जनताले राजनीतिज्ञहरुलाई यस्तै सिधा जवाफ सोध्छन र जवाफ पनि लिएर छोडछन्। नेपालमा जनता र राजनीतिज्ञहरुको बिचमा सम्बाद नै हुँदैन। नेताहरु खाली भाषण ठोक्छन र आफना चम्चाहरुको घेराबाट कहिल्यै बाहिर निस्क्दैनन। अनि कहाँबाट प्रजातन्त्र फस्टाओस् ?

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...