क्यान इन्फोटेकका ५ आकर्षण

राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक चलिरहेको छ । मेलाको दोश्रो दिनसम्ममा १ लाख २४ हजार ३ सय ८२ जनाले अवलोकन गरिसकेका छन् । इन्फोटेकमा सहभागि कम्पनीहरुले नयाँ नयाँ प्रविधिजडित उत्पादनहरु आकर्षक स्किमका साथ सार्वजनिक गरेका छन । विशेष गरी इन्टरनेट सेवा प्रदायक स्टलहरु, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरु, ल्यापटप, कम्प्युटरका स्टलहरु, इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बनेका छन । falcon

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । हामीले इन्फोटेकमा भएका ५ आकर्षण प्रस्तुत गरेका छौं जहाँ अवलोकनकर्ताहरुको दैनिक जसो भिड लागेका छन् ।

१. इन्टरनेट सेवा प्रदायक स्टलहरु

प्रविधी आधारभूत माध्यम भएर पनि होला इन्फोटेकमा इन्टरनेट सेवा प्रदायक कम्पनीका स्टलहरु अवलोकनकर्ताहरुले घेरिएका छन् । सुविसु केवलनेटले क्लियर टिभी अफर, केवल इन्टरनेट एण्ड क्लियस टिभी कम्बो अफर, फिफ्ट ईन्टरनेट एण्ड क्लियर टिभी कम्वो अफर ल्याएको छ । क्लियर टिभी अफर अन्तर्गत ९ हजार ७ सय ३५ रुपैंया पर्ने प्याकेजलाई ३ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराएको छ । साथै टिभी सेट– टप बक्स निःशुल्क उपलब्ध गराएको छ । त्यस्तै १४ हजार ९ सय ८१ रुपैंया पर्ने प्याकेजलाई केवल इन्टरनेट एण्ड क्लियर टिभी अफर अन्तर्गत ६ हजार ४ सय ९९ रुपैंयामै उपलब्ध गराएको छ । infotech1

यसमा पनि केवल मोडियम डिभाइस, क्लियर टिभी सेट– टपबक्स निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी वेबसर्फरले ट्रिपल डाटा अफर, निःशुल्क जडान ४ जिवी सम्म टपअप सुविधा ल्याएको छ । त्यस्तै वल्र्डलिंकले पनि ट्रिपल डाटा अफर, नगद छुट, एक वर्षे प्याकेजमा वेबक्याम तथा हेडफोन निःशुल्क उपलब्ध गराएको छ । भायनेटले ४ हजार ९ सय ९९ रुपैंयामा ईन्टरनेट प्याकेज उपलब्ध गराउनुका साथै निःशुल्क जडानको सुविधा प्रदान गरेको छ । त्यस्तै नेपाल टेलिकमको वाइम्याक्स लगायतमा पनि अवलोकनकर्ताहरुको आकर्षण बढेको पाइयो ।

२. स्वस्तिकको सिसिटिभी

इन्फोटेकमा स्वस्तिक डिष्ट्रिब्युटर्सले सार्वजनिक गरेको विभिन्न फिचरजडित सिसिटिभीहरु अवलोकनकर्ताहरुको नजरमा परयो । कम्पनीले ल्याएको सडकमा गुडेको सवारीको स्पिड जानकारी दिने तथा यात्रुहरुको गणना गर्न सकिने सिसिटिभी, घर बाहिरबाटै मोबाइल फोनमार्फत घरको झ्याल ढोका खोल्न बन्द गर्न सकिने आइपी वेश डोर एक्सिस कन्ट्रोल सिष्टम तथा सामुदायमा आधारित सिसिटिभीप्रति अवलोकनकर्ताहरुको आकर्षण देखियो । यो सिसिटिभी प्रतिघर १० देखि १५ हजार शुल्कमा धमाधम बुकिङ भैरहेको छ ।

३. लोडसेडिङको विकल्पinfotech

इन्फोटेकमा रहेका लोडसेडिङका विकल्पका रुपमा आएका विभिन्न उत्पादनहरुप्रति अवलोकनकर्ताहरुको झुकाव बढ्दो छ । लोडसेडिङको अन्धकारबाट मुक्त हुन जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, चार्जिङ बल्व लगायत खोज्दै ईन्फोटेक पुग्नेहरुको संख्या बढ्दो छ ।

६. एण्टिभाइरस तथा मोबाइल/ इन्टरनेट सेक्युरिटी

फाल्कन इन्टरनेशनलले पहिलो पटक नेपालमा भित्र्याएको बुलगार्ड इन्टरनेट सेक्युरिटी, एण्टिभाइरस तथा मोबाइल सेक्युरिटी पनि अवलोकनकर्ताहरुको नजरमा परयो । यसको ईन्टरनेट सेक्यूरिटीको मूल्य एक हजार, एण्टिभाइरसको मूल्य ५ सय र मोबाइल सेक्यूरिटीको मूल्य ३ सय ५० रुपैया रहेको छ । कम्पनीले इन्फोटेकमा बुलगार्डका कुनै पनि प्रडक्ट खरिद गर्दा मोबाइल सेक्यूरिटी निःशुल्क उपलब्ध गराएको छ । त्यस्तै क्याक्पेरेस्की लगायत विभिन्न कम्पनीका एण्टिभाइरस तथा इन्टरनेट सेक्यूरिटीहरुहरुका स्टलहरु पनि भरिभराउ देखिन्छ । infotech2

५. वाइफाइजडित क्यामेरा, स्मार्टफोन र एसोसरिज

इन्फोटेकको अर्काे आकषर्ण रहेको छ वाइफाइजडित क्यामेरा, स्मार्टफोन र एसोसरिज । एइइको वाइफाइ जडित क्यामेरा, ड्रोन र रेकर्डरले धेरैकौ ध्यान खिचेको छ। त्यस्तै पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, हेडफोन, जस्ता साना एसोसरिजका स्टलहरु अवलोकनकर्ताहरुको नजर छ। स्मार्टफोन, ट्याब्लेटहरूमा माइक्रोम्याक्स, डिटिसी, प्रेष्टिजिओ, किभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । हुवावेले ल्याएको जि ७ प्लस स्मार्टफोन पनि धेरैको रोजाईमा छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...