Loading...

पिसाब का ४० रोचक तथ्य

हाम्रो शरीरले खपत नगर्ने पानी, रगत प्रशोधनपछि निस्कने विकारहरू पिसाब र पसिनाका रूपमा बाहिर निस्कने गर्छ । सामान्यतया एक स्वस्थ व्यक्तिले दिनमा ४ देखि ६ पटकसम्म पिसाब फेर्ने गर्छ । पिसाबले टनटन च्यापेका बेला मानिसले शाैचालय नपाए झाडी, पर्खाल, सवारीसाधनमा छलिएर पनि हलुका भएको देखेकै हाैंला, तर सबैले त्यसरी पिसाब फेर्न सक्दैनन् । यस्तो समस्यालाई साइ ब्लाडर सिन्ड्रोम भनिन्छ ।

पिसाबका का केही तथ्यहरूः

१. हाम्रो मूत्र थैलीले मात्र २.५ कप अर्थात ४०० देखि ६०० मिलिलिटर पिसाब संग्रहित गर्नसक्छ भने हात्तीको मुत्रथैलीमा ५० लिटरसम्म पिसाब जम्मा हुनसक्छ ।

२. एक जना मानिसले दैनिक सात पटकसम्म पिसाब फेर्छ भने करिब ६.३ कप पिसाब फेर्छ । मानिसले कति पिसाब फेर्छ भन्ने कुरा उसले पिउने पानी र तरल पदार्थ तथा अन्य खानपिनमा भर पर्छ ।

३. शरीरबाट पिसाब युरेथ्रा नामक नली हुँदै बाहिर निस्कन्छ । महिलाहरूमा यो नलीको लम्बाई केबल १.२ देखि १.६ इन्च हुन्छ भने पुरुषहरूमा यसको लम्बाई ८ इन्चसम्म हुनसक्छ ।

४. यदि तपाईले सपनामा पिसाब फेरेको देख्नु भयो भने बिछ्याैनामै पिसाब फेर्नसक्ने सम्भावना अत्याधिक हुन्छ ।

५. पिसाबमा करिब ३००० हजार तत्वहरू हुन्छ, तिनमा ९५% पानी, २.५% युरिया र २.५% नुन, हर्मोनहरू तथा केही पोषक तत्वहरूका मिश्रण हुन्छ ।

६.पूरै जीवनभरिमा तपाईको मृगाैलाले करिब १० लाख ग्यालेन (३७ लाख लिटर) पानीलाइ पिसाबमा बदलिदिन्छ, यो सानोतिनो तलाउबराबर नै हो ।

७. यदि तपाई केही गरी मरुभूमिमा हराउनु भयो र पानी पाउनु भएन भने पनि कृपया पिसाब नपिउन होला, किनकी पिसाबमा यति नुन हुन्छ कि यसले तपाइको प्यास बुझाउनका सट्टा तपाइको शरीरबाट उल्टै पानी कम गरिदिन्छ । यही कारण अमेरिकी सेनामा सैनिकहरूलाइ कुनै पनि हालतमा आफ्नो पिसाब नपिउने सल्लाह दिइन्छ ।

८. बिरालोको पिसाब अँध्यारोमा पनि चमिन्छ, किनकी त्यसमा फस्फोरस हुन्छ, जुन अक्सिजनका सम्पर्कमा आउनेवित्तीकै चम्किन थाल्छ ।

९. औषधि बनाउनमा पनि पिसाबका प्रयोग गरिन्छ, उदाहरणका लागि युरोकिनेस औषधि, जसले हर्टअट्याक भएका बेला रगत जम्नबाट रोक्न सहयोग गर्छ ।

१०. एक वयस्क मानिसले एक वर्षमा पिसाब गरेरै यति हाइट्रोजन उत्पन्न गर्छ कि एउटा कर २६८९ किमी कुद्न सक्छ ।

११. एन्टार्कटिकाका हिमतालमा जमेका कुल हिउँका ३ प्रतिशत पेङ्गुइनको पिसाब हो ।

१२. एकै पटक रक्तदान गर्न र पिसाब फेर्न सकिँदैन ।

१३. नासाले यस्तो मेसिन बनाएको छ, जसले अन्तरिक्षयात्रीहरूको पिसाबलाई पिउन योग्य बनाइदिन्छ र त्यो पानी अमेरिकाका धाराबाट बहने पानीभन्दा शुद्ध हुन्छ ।

१४. पिसाबमा ब्याक्टेरिया नहुने कुरा सत्य नै भए पनि त्यो कुरा मानिसको मुत्रथैलीभित्र रहँदामात्र लागू हुन्छ । मुत्रद्वारबाट बाहिर निस्केपछि हावाको सम्पर्कमा आउनेवित्तिकै त्यसमा ब्याक्टेरिया संक्रमण हुन्छ ।

१५. हाम्रो शरीरका भित्री तापमानका कारण हाम्रो पिसाब तातो रहन्छ र जाडो याममा पिसाबबाट बाफ पनि निस्कन्छ ।

१६. एउटा मानिसले सात सेकेन्डभित्र पिसाब फेरिसक्छ ।

१७. बसेर पिसाब फेर्ने पुरुषका तुलनामा उभिएर पिसाब फेर्ने पुरुषको सेक्स टाइमिङ कम हुन्छ, किनकी उभिएर पिसाब फेर्दा त्यसबाट पिसाब थैली पूरा साफ हुन पाउँदैन, जसका असरले प्रोस्टेन्ट ग्रन्थमा असर पार्छ ।

१८. यदि हाँछ्युँ गर्दा,हाँस्दा, व्यायाम गर्दा पिसाब खुस्कन्छ भने त्यसलाई स्ट्रेस युरिनरी इन्सटिटेन्स (Stress urinary incontinence  ) भनिन्छ ।

१९. गर्भावती महिलाहरूलाई छिटछिटो पिसाब आउँछ, किनकी भ्रुण हुर्किँदै जाँदा त्यसले मुत्रथैली साँघुरो बनाइदिन्छ, जसमा कम पिसाब अडछ ।

२०. महिलाहरूले सेक्स गरिसक्नेवित्तिकै पिसाब फेरिहाल्नु पर्छ किनकी योनीमा पहिलादेखि नै रहेका ब्याक्टेरिया सेक्सका क्रममा युरेथ्रा ट्युब हुँदै मुत्रथैलीमा पुगेका हुन्छन, जसका कारण इन्फेक्सन हुनसक्छ ।

२१. करिब २०० वर्षअघिसम्म युराेपियन महिलाहरू उभिएरै पिसाब फेर्थे किनकी उनीहरू लामो कपडा लगाउँथे भने भित्री कट्टु पनि लगाउँदैन थिए ।

२२. क्यानडामा नाउमाथि उभिएर पिसाब गर्ने क्रममा हरेक वर्ष करिब २२५ जना मानिसहरू खुट्टा चिप्लिएर नदीमा खस्ने, डुब्ने गरेका छन् ।

२३. प्राचिन रोममा जासुसीका दस्तावेजहरू लेख्दा पिसाबलाई  अदृष्य मसीका रूपमा प्रयोग गरिन्थ्यो, जसमा गोप्य रुपमा लेखिएका सन्देशहरू तताएपछि मात्र देखिन्थ्यो ।

२४. भालुले शितनिद्रामा भएका बेला पिसाब फेर्दैन, चाहे त्यो शितनिद्रा ६ महिना लामै किन नहोस् । शितनिद्राका क्रममा भालुको शरीरले पिसाबलाई प्रोटिनमा बदलिदिन्छ, जुन भोजनका रूपमा प्रयोग हुन्छ ।

२५. लडाकु  विमानका पाइलटहरूले पिसाब गर्न ब्यागजस्तो चिज हुन्छ, त्यसलाई पिडल प्याक भनिन्छ ।

२६. साँपका शरीरमा पिसाब जम्मा गर्ने थैली हुँदैन, त्यसलै साँपले पिसाब बन्नेवित्तीकै निष्कासन गरिहाल्छ ।

२७. पक्षीहरूका दिसा र पिसाब गर्ने नली एकै हुन्छ, तिनले पिसाब पनि ठोस रूपमा नै निकाल्छन् ।

२८. प्राचिन रोममा मानिसहरू पिसाबले दाँत सफा गर्थे ।

२९. सन् १९३० का दशकमा पेन्सिलिनका यतिधेरै कमी थियो कि त्यसलाई बिमारीको पिसाबबाट पनि निकालिन्थ्यो ।

३०. १९५० का दशकमा महिलाहरू गर्भावती भए, नभएका थाह पाउन महिलाका पिसाब निकालेर इन्जेक्सनबाट भ्यागुताका जिउमा हालिन्थ्यो । इन्जेक्सन हालेको २४ घण्टाभित्र भ्यागुताले अण्डा उत्पादन गर्‍यो भने महिलालाई गर्भावती भएको मानिन्थ्यो ।

३१.  सबैभन्दा लामो समय पिसाब फेरेको विश्व रेकर्ड ५०८ सेकेन्ड अर्थात ८.५ मिनेटको छ ।

३२. साउदी अरबका एक बिमारीबाट सन् १९९९ मा २२ लिटर पिसाब निकालेको विश्व रेकर्ड छ।

३३. सबैभन्दा लामो दूरीसम्म पिसाबको धारो फ्याकेको विश्व रेकर्ड एरिजोनाका जोय वाल्सका नाममा छ, उनले १४ फिट एक इन्चका दूरीसम्म पिसाबको धारो फ्याँकेका थिए ।

३५. साबरको धारामा नुहाउँदा हरेक २ मध्ये एकले (४५ प्रतिशत) र स्विमिङ पुलमा नुहाउँदा हरेक पाँचमध्ये एक जनाले पिसाब फेर्छन ।

३७. आयुर्वेदिक चिकित्सामा पिसाबलाई पनि औषधि मानिन्छ । स्वःमूत्र चिकित्सा आयुर्वेदमा वर्णित छ ।

३८. हिन्दु मान्यताअनुसार गाईको पिसाब (गहुँत/गाैमूत्र)लाई पवित्र मानिन्छ, पूजापाठ तथा शुद्धयाँइहरूमा यो नभई हुँदैन् ।

३९. गाईगोरूका पिसाबमात्र होइन, मानव पिसाबमा समेत पाइने युरियाका कारण यसलाई उत्तम मल मानिन्छ ।

४०. पिसाबले टनटन च्यापेका बेला मानिसले शाैचालय नपाए झाडी, पर्खाल, सवारीसाधनमा छलिएर पनि हलुका भएको देखेकै हाैंला, तर सबैले त्यसरी पिसाब फेर्न सक्दैनन् । यस्तो समस्यालाई साइ ब्लाडर सिन्ड्रोम भनिन्छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...