Loading...

बच्चा पाएका कति दिनसम्म यौन सम्पर्क गर्न हुँदैन?

हरेक महिला जीवनमा आमा बनेको अनुभूति गर्न चाहन्छन् । आमा बनेको अनुभव विश्वकै सर्वोत्तम अनुभव मानिन्छ । बच्चा पाइसकेपछि अर्थात प्रसुति भइसकेपछि  महिलाको शरीर पहिला जस्तो हुँदैन । गर्भावती अवस्थामा महिलाहरूको शरीरमा निकै परिवर्तन आउँछ । त्यसैले बच्चा पाएका लगत्तै यौन सम्पर्क राख्ने विषयमा सोचरहनु भएको छ भने कृपया सावधानी अपनाउनु होस् ।

बच्चा जन्माउने क्रम अर्थात प्रसब प्रक्रियामा महिलाहरू शारीरिक र मानसिक दुवै रुपमा थाकेका हुन्छन् । शरीर पनि अति नै संवेदनशील भएको हुन्छ, त्यसैले शारीरिक सम्बन्ध राख्ने विषयमा हतार गर्नुहुँदैन । प्रसवपछि करिब एक महिनासम्म महिलाहरूलाई रक्तस्राब हुन्छ भने ९ महिनासम्म एकतित्र भएर बसेको तरल पदार्थ गर्भाशयबाट बाहिरिइ रहेको हुन्छ ।

बच्चा दुई प्रकारले जन्मन्छन्, नर्मल र अप्रेशन  (सिजेरियन)गरेर । बच्चा नर्मल नै जन्मेको रहेछ भने एक पटक डाक्टरको सल्लाह लिनुहोस् । किनकी यस्तो बेलामा महिलाको योनीद्वार फैलिएको हुन्छ र बच्चा पाइसकेपछि गर्भाशयमा चोट पुगेको हुन्छ । गर्भाशयमा बनेको घाउ पुरिन पनि समय लाग्छ । यदि प्रसवका क्रममा योनीद्वार चिरिएको (Episiotomy) छ भने त्यो सामान्य हुन कम्तिमा ६ हप्ता समय लाग्छ, तर चिरा पारिएको स्थानमा लगाइएको टाँका कारण केही केही महिलाले ६ हप्तापछि पनि यौन सम्पर्क राख्न असहज महसुस गर्छन्  । यस्तो बेलामा यौन सम्पर्क राखेमा संक्रमण हुने खतरा बढी हुन्छ ।

यदि सिजेरियन अप्रेसनबाट बच्चा भएको हो भने यौन सम्पर्क राख्न कम्तिमा पनि ६ हप्ता पर्खनु पर्छ भने डाक्टरको सल्लाह लिएरमात्र यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ । सिजेरियन गरेर बनेको टाँकाको घाउ नपुरिइन्जेलसम्म यौन सम्पर्क राख्नु हुँदैन ।

प्रसुति जुन ढंगले भए पनि रक्तस्राव नियमित नहुइन्जेलसम्म यौन सम्बन्ध बनाउनु हुँदैन । प्रसबपछि महिलाहरूका स्तनमा पनि समस्या सुरु भएको हुन्छ । पहिला सामान्य अवस्थामा रहेका स्तनका दुग्ध ग्रन्थिहरू सक्रिय हुन्छन् र त्यहाँ दूध उत्पादन सुरु हुन्छ । त्यसपछि महिलाहरूले स्तन टन्केको, दुःखेको महसुस गर्न थाल्छन् ।

नर्मल ढंगले प्रसुति भएको हो भने महिलाले कम्तिमा एक महिना र सिजेरियनमा कम्तिमा तीन महिनासम्म आफूलाई अस्वस्थ्य महसुस गरेका हुन्छन् । त्यसैले यस अवधिमा यौन सम्पर्क राख्नु हुँदैन ।

 

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ