Loading...

सम्भोगको यो रहस्य आजसम्म कसैले सुल्झाउन सकेनन् !

कुुनै पनि सम्बन्धमा गाढापन र आनन्द अनुभूति आवश्यक हुन्छ । पुरुषहरूले दिनमा कैयन पटक यौन सम्पर्कको आनन्द लिन चाहन्छन् भन्ने भनाइ एकातिर छ भने अर्कातिर महिलाहरू पनि पुरुषले नै जस्तै आनन्द प्राप्त गर्छन् । तर, सबैभन्दा ठूलो रहस्य भने महिला वा पुरुष कसले रति क्रियामा सबैभन्दा बढी आनन्द उठाउँछन्? यो प्रश्नका उत्तर पढेर तपाईलाई पनि आश्चर्य लाग्न सक्छ ।

महाभारतको अनुशासन पर्वमा मानव जीवनसँग जोडिएका कैयन पक्षहरूमाथि चर्चा गरिएको छ । धर्मराज युधिष्ठिरलाई एउटा प्रश्नले लामो समयदेखि हैरान तुल्याइरहेको छ । वाणहरुको शैय्यामा सुतेर मृत्युको प्रतीक्षा गरिरहेका भीष्मसँग उनले यो प्रश्न सोधे । युधिष्ठिरले भीष्मसँग सोधेः सहवासका क्रममा स्त्री–पुरुषको मिलनको सुख कसले अनुभव बढी गर्छन्? यौन क्रियाका क्रममा सबैभन्दा बढी आनन्द कसले पाउँछ?

भीष्मले भने– “यो प्रश्नको उत्तर दिन अत्यन्तै कठिन छ, जबसम्म स्त्री र पुरुष दुवैको अनुभव कसैले एकै साथ गरेको नहोस् ।” अनि भीष्मले भने– युधिष्ठिर तिम्रो प्रश्नको उत्तर भङ्गस्वाना र सकराको कथाका माध्यमबाट नै दिन सकिन्छ । आफ्नो प्रश्नको उत्तर पाउनका लागि यो कथा सुन ।

धेरै वर्षअघि भङस्वाना नाम गरेको एक राजा थिए । उनी अत्यन्तै न्यायप्रेमी र यजश्वी थिए, तर उनका कुनै पुत्र थिएनन । पुत्रको चाहनामा ती राजाले ‘अग्निष्टुता’ नामक यज्ञ गरे । यज्ञको हवनमा केवल अग्नि देवताको मात्र आदर गरियो, त्यसैले देवराज ईन्द्र निकै क्रोधित भए ।
ईन्द्रले आफ्नो रिस प्रकट गर्नका लागि ती राजालाई दण्ड दिन चाहे । एक दिन ती राजा शिकारमा जाँदा ईन्द्रले उनलाई सम्मोहित गरिदिए । राजा भङ्गस्वाना वनमा यताउता अलमलिन थाले । सम्मोहित अवस्थामा उनले सबै होस गुमाए, उनलाई न त दिशाहरू’bout कुनै सम्झना थियो, न त आफ्ना सैनिकहरू नै देखिरहेका थिए । भोक प्यासले उनलाई आकुल–ब्याकुल बनाइ दिएको थियो । अचानक उनले एक सानो नदी देखे, जुन कुनै जादूजस्तो अत्यन्तै आकर्षक देखिइरहेको थियो । राजा त्यो नदीका तर्फ अघि बढे र उनले पहिले आफ्नो घोडालाई पानी पिलाए अनि आफैले पनि पिए ।

जसै राजा पानीमा प्रवेश गरे, पानी पिए, उनले के देखे भने उनका शरीर बदलिँदै गएको छ । उनी विस्तारै विस्तारै एक स्त्रीमा परिणत भए । लज्जाले गर्दा राजा आलाप बिलाप गर्न थाले । यस्तो किन र कसरी भयो भन्ने उनले बुझेकै थिएनन ।
राजा भङ्स्वाना कराउन लागे– “हे भगवान ! पुरुषबाट स्त्री बनेपछि राज्यका जनतासँग म कसरी अनुहार देखाउँ? मेरो ‘अग्नीष्टुता’ अनुष्ठानबाट मेरा १०० पुत्रहरु जन्मिएका छन्, अब उनीहरुका सम्मुख कसरी परुँ? मेरी रानी, महारानीहरू जो मेरा प्रतीक्षा गरिरहेका छन्, उनीहरूसँग म कसरी भेट्न सकुँला? मेरो पुरुषत्वसँगै मेरो राजपाठ पनि गुम्ने भयो ।”

स्त्रीका रूपमा जब राजा राजधानी फर्के, उनलाई देखेर सबै मानिसहरू आश्चर्यचकित भए । राजाले राजसभा बोलाए र आफ्नो फैसला सुनाउँदै भने अब उनी राजपाठ छोडेर बाँकी जीवन जंगलमा बिताउने छन् ।

यति भनेर राजा जंगलतर्फ प्रस्थान गरे । त्यहाँ गएर उनी स्त्रीका रूपमा एक तपस्वीका आश्रममा बस्न थालिन जसबाट उनले कैयन पुत्रहरूलाई जन्म दिइन र आफ्ना ती पुत्रहरूलाई लिएर पुरानो राज्यमा लगिन । त्यहाँ पुगेर यज्ञबाट जन्मेका पुत्रहरूलाई भनिन्– “तिमीहरू मेरा ती पुत्र हौ, जब म एक पुरुष थिए, यिनीहरू मेरा यी पुत्र हुन्, जब म स्त्री छु । तिमीहरू आपसमा मिलीजुली यो राज्य सम्हाल ।” त्यसपछि सबै दाजुभाइ मिलेर बस्न थाले ।

सबैजनाले सुखपूर्वक जीवन व्यतीत गरिरहेको देखेर देवराज इन्द्रलाई रिस उठ्यो । उनमा बदलाको भावना फेरि जाग्न थाल्यो । उनले सोच्न थाले कि ती राजालाई मैले स्त्रीमा बदलिएर तिनका लागि नराम्रोका ठाउँमा राम्रो पो गरिदिएँ । यस्तो सोचेर ईन्द्रले एक ब्राह्मणको रूप लिए र पुगे राजा भङ्गस्वानाको राज्यमा । त्यहाँ पुगेर तिनले सबै राजकुमारहरूलाई भड्काइ दिए ।

ईन्द्रले भड्काइ दिएपछि सबै दाजुभाइहरू आपसमा नै लड्न थाले, एकअर्कालाई मार्न थाले । यो कुरा भङगस्वानालाई थाह भएपछि उनी शोकाकुल हुन पुगे । ब्राह्मणका ईन्द्र तिनी भएका ठाउँमा पुगे र सोधे कि उनी किन रोइ रहेकी छिन्? भङ्गस्वानाले रुँदा रुँदै पूरै घटना ईन्द्रलाई बताइदिइन, त्यसबपत ईन्द्र आफ्नो वास्तविक रूपमा आए र राजालाई तिनका गल्तीका ’boutमा ज्ञात तुल्याए ।
ईन्द्रले भने– “तिमीले केबल अग्निको मात्र पूजा ग¥यौ र मेरो अनदर गर्‍याै, त्यसैले मैले तिम्रो साथमा यो खेल रचेँ ।” यो सुन्नेवित्तीकै भङ्गस्वाना ईन्द्रको पाउ परे र आफूले अन्जानमा गरेको अपराधका लागि क्षमा मागे । राजाको याचनापछि ईन्द्रको मनमा दया जाग्यो । उनले राजा भङ्गस्वानालाई माफ गरेर तिनका पुत्रहरू जीवित बनाउन सक्ने बरदान दिए ।

उनले भने– “हे स्त्रीरूपी राजन, आफ्ना छोराहरूमध्ये कुनै एकलाई जीवित बनाऊ ।” त्यसपछि भङ्गस्वानाले ईन्द्रसँग यदि त्यस्तो हो भने आफूले स्त्रीका रूपमा जन्म दिएका पुत्रहरू जीवित तुल्याउन आग्रह गरे । देवराज ईन्द्र छक्क परे र उनले यसको कारण सोधे । भङ्गस्वानाले भनिन– “हे इन्द्र! एक स्त्रीको प्रेम, एक पुरुषकोे प्रेमभन्दा निकै बढी हुन्छ, त्यसैले म आफ्ना कोखबाट जन्मेका बालकहरूको जीवन दान माग्दछु ।”

देवराज ईन्द्रले उनका सबै पुत्रहरूलाई जीवित तुल्याइ दिए र त्यसपछि राजालाई पुनः पुरुष रूप दिने कुरा बताए । “हे भङ्गस्वाना म तिमीबाट यति प्रशन्न भएँ कि अब म तिमीलाई पुनः पुरुष बनाइ दिन्छु ।” तर, राजाले त्यस कुरालाई ठाडै नकारी दिए ।

स्त्रीरूपी भङ्गस्वानाले भने– “हे देवराज इन्द्र, मै स्त्रीरूपबाटै खुसी र स्त्री नै रहन चाहन्छु ।” यो सुनेर देवराज ईन्द्र उत्सुक भएर सोधे, “हे राज के तिमी पुनः पुरुष भएका आफ्नो राजपाठ सम्हाल्न चाहँदैनौं?” भङ्गस्वानाले जवाफमा भने, “किनकी, संयोगले स्त्रीहरूलाई पुरुषका गुणामा ज्यादा आनन्द, तृप्ति र सुख प्राप्ति हुन्छ, त्यसैले म स्त्री न रहन चाहन्छु ।” देवराज ईन्द्रले तथास्तु भनेर त्यहाँबाट प्रस्थान गरे ।
अनि, भीष्मले भने– “हे युधिष्ठिर, शारीरिक सम्बन्धका समयमा स्त्रीहरूलाई पुरुषले भन्दा बढी सुखानुभूति प्राप्त हुन्छ र स्त्रीहरू पुरुषका तुलनाका कैयन गुणा संवेदनशील हुन्छन् ।”

यद्यपि, वैज्ञानिकहरूका बीचमा आनन्दको परिभाषामै विभेद छ । मानवीय कल्पना, शरीरको संरचना, मष्तिस्कको बनावटका कारण यौन सम्पर्कबाट प्राप्त हुने अनुभूतिका बीचमा रायहरू पनि फरक फरक नै पाइएको छ । युवावयमा महिलाका शरीर नदेखेका पुरुषले पिँडुलामात्रै देख्यो भने पनि उत्तेजित हुनसक्छ भने दक्षिणी अमेरिकामा हुकेका मानिसका लागि ब्रा पेन्टी र स्वीमिङ कस्टममा हिडेका केटी देख्दा पनि सामान्य महसुस हुन्छ ।

पुरुषबाट स्त्री ट्रान्ससेक्सुअल र स्त्रीबाट पुरुष ट्रान्ससेक्सुअलहरूमाथि गरिएका अध्ययनले फरक फरक निष्कर्श निकालेका छन् । न्यूरोबायलोजिकल अध्ययनबाट के थाह भएको भने यौन क्रियाका क्रममा पुरुषले छिट्टै आनन्द महसुस गर्छन् भने महिलाले विस्तारो विस्तारै । त्यसैले पुरुषले पूरा मजै नपाएको अनुभूति गर्ने गर्छन ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...