Loading...

धनी पति खोजेका बलिउडका अभिनेत्रीहरू

हातमा मैला सुनाका थैला के गर्नु धनले

साग र सिस्नु खाएका बेस आनन्दी मनले

तपाइँले धेरै पटक मुनामदनमा महकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका यी पङ्तिहरू पढ्नु भएका होला । तर, आधुनिक विश्व त्यस्तो छैन । यहाँ मानिसहरू पैसाका लागि जे पनि गर्न तयार हुन्छन् । बलिउडका नाम चलेका अधिकांश अभिनेत्रीहरूले आफ्नो सुन्दरताको भर्‍याङ बनाउँदै धनाढ्यहरूसँग विवाह गरेका छन् ।

आज हामी त्यसरी धनाढ्यहरूसँग विवाह गर्ने टप १० बलिउड अभिनेत्रीहरू’bout चर्चा गर्दछौँ ।

१. टिना-अनिल अम्बानी

भारतकै धनाढ्य अर्बपतिमध्येमा पर्ने अनिल अम्बानीकी श्रीमती टिना अम्बानी सन् १९८०का दशकमा बलिउडकी लोकप्रिय अभिनेत्री थिइन । उनले आफ्नो करिअरमा नाम, प्रतिष्ठा र सम्पत्ति पनि राम्रै आर्जन गरेकी थिइन, तर सबै कुरा टिकेनन् । उनको ख्याती विस्तारै खस्न थाल्यो, आफूलाई पुनः स्थापित गर्ने क्रममा टिनाले अनिल अम्बानीलाई चुनिन ।

२. सेलिना जेटली- पिटर हाग

कुनै समय सेलिना जेटली निकै चलेको नाम थियो । प्रसिद्धिको जुन शिखरमा उनी हिडिरहेकी थिइन, त्यसका तुलनामा उनका आय सन्तोषजनक थिएन । त्यसैले उनले अष्ट्रेलियाका धनी व्यवसायी पिटर हागलाई चुनिन । पिटर हाग एक होटल व्यवसायी हुन् । सेलिनाले २०११ मा पिटरसँग बिहे गरेपछि बलिउडबाट टाढिएकी हुन् । विवाहपूर्व नै गर्भावती भएपछि उनले पिटरसँग हतारहतार विवाह गरेकी थिइन ।

३. श्रीदेवी-बोनी कपुर

९० को दशककी प्रसिद्ध नायिका श्रीदेवीका तुलनामा उनका पति बोनी कपुर निकै बुढा छन् । यही कारण अधिकांश मानिसहरू श्रीदेवीले सम्पत्तिकै लागि उनी नायक अनिल कपुरका दाजु बोनी कपुरसँग विवाह गरेको बताउने गर्छन् । बोनी कपुरले जेठी श्रीमती मोना शाैरीलाई त्यागेर श्रीदेवीसँग विवाह गरेका हुन् ।

४. अमृता अरोरा-शकील लद्दाख

आफ्नी पहिली पत्नीसँग सम्बन्ध बिच्छेद गरेपछि धनाढ्य व्यापारी शकील लद्दाखले पुनः प्रेमिल जीवनका अनुभव गरे । यस पटक उनले साथ पाएका थिए बलिउड अभिनेत्री अमृता अरोराको । विवाहपूर्व नै गर्भवती भएका कारण आलोचना खेप्नु परे पनि अमृताका लागि यो भाग्योदयका समय बन्यो । उनले औपचारिक रूपमा नै शकील लद्दाखसँग विवाह गरिन भने अहिले उनका दुई छोराहरू छन् ।

५.विद्या बालन-सिद्धार्थ राय कपूर

विद्या बालन हलिउडकी स्थापित अभिनेत्री हुन् भने सिद्धार्थ राय कपूर बलिउडका सफल निर्माता । दुवैले एकै साथ काम गर्न थालेपछि दुवैबीच आकर्षण बढेको हो । वास्तविकता जे भए पनि विद्या बालनले पैसाकै लागि सिद्धार्थ राय कपूरसँग विवाह गरेकी हुन् भन्ने जनमानसमा परेको छ ।

६. आयशा टाकिया- फरहान आजमी 

बलिउडकी सुन्दर अभिनेत्रीहरूमध्येमा पर्ने आयशा टाकिया मोडल पनि हुन् भने उनी एक चर्चित टेलिभिजन प्रस्तोता पनि हुन् । अर्कातिर फरहान आजमी पनि सुन्दरता (ह्यान्डसमनेस)का आधारमा कम भने छैनन, तर उनी धनाढ्य भएकै कारण आयेशा टाकियाले पैसाकै कारण उनलाई चुनेका धारणा छ ।

७. किम शर्मा- अली पुञ्जानी

बलिउडकी सुन्दर अभिनेत्री किम शर्माका नाम यसअघि स्पेनका कार्लोससँग जोडिएको थियो । विश्वासिलो स्रोतहरूका अनुसार कार्लोसका तुलनामा किमबाट बढी प्रभावित भएका केन्याका धनाढ्य व्यापारी अली पुञ्जानीलाई किमले पैसाले तानेको बताउँछ । किम र कार्लोसबीच कुनै पनि वैवाहिक समस्या नभए पनि पैसाकै कारण अन्ततः उनले अली पुञ्जानीसँग दोस्रो घरबार गरिन् ।

८. डिम्बी गांगुली र राहुल महाजन

डिम्पी गांगुली खासै चर्चित अभिनेत्री होइनन । उनका बलिउडमा त्यति ख्याति पनि छैन । तर, उनले धनाढ्य व्यक्ति राहुल महाजनलाई फँसाइन र विवाह गरिन । भनिन्छ, डिम्पी धनाढ्य व्यक्तिलाई फँसाउनैका लागि फिल्मी उद्योगमा आएकी थिइन । उनले विवाहपछि बलिउड अभिनययात्रा त्यागिन ।

९. जुही चावला-जय मेहता

बलिउडकी सफल अभिनेत्रीमध्यकी जुही चावलाका लाखाैं प्रशंसकहरू उनीसँग जीवन बिताउन चाहन्थे, तर ती लाखाैं प्रशंसकहरूलाई निराश बनाउने जुहीले आफूभन्दा केही वर्ष जेठा जय मेहतासँग विवाह गरिन । उनीहरूबीचको उमेर अन्तर देखेर जोकोहीले पनि पैसाकै लागि जुहीले जय मेहतालाई छानेको अन्दाज लगाउन सक्छन् ।

१०. शिल्पा सेठ्ठी-राज कुन्द्रा

भारतकी सर्वाधिक राम्रीमध्ये मानिएकी शिल्पा सेठ्ठीले अचानक दुबई जाने फैसला किन गरिन भन्ने बलिउडमा अनेक अफवाह फैलन नपाउँदै उनले राज कुन्द्रासँग विवाह गरेको खबर बाहिर आयो । राज कुन्द्रा दुबईका प्रख्यात व्यापारी हुन् ।

 

*

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...