Loading...

‘भ्यालेन्टाइन्स डे’का केही रोचक तथ्यहरू

सबैलाइ थाह छ फेब्रुअरी १४ तारिख विश्वभरि नै  प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । याे प्रेमका दिन हो, आफ्नो माया प्रेम अभिव्यक्त गर्ने दिन हो । युवा मुटुहरू यस दिनका ब्यग्रताका साथ प्रतीक्षा गर्ने गर्छन । हरेक प्रेम गर्ने मानिसका लागि यसका अलग्गै महत्व छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ ।

‘भ्यालेन्टाइन डे’का केही रोचक तथ्यहरू

  • भ्यालेन्टाइन डे  विश्वभरि नै मनाइन्छ । नेपालमा कहिलेबाट याे मनाउन थालियो भन्ने आधिकारिक जानकारी छैन । भारतमा भने १९९०का दशकदेखि मनाउन थालिएको पाइन्छ ।
  • भ्यालेन्टाइन डेका दिन नेपालमा २ करोड रूपैयाँबराबरको गुलाबका फूल किनबेच हुन्छ । भ्यालेन्टाइन डेका दिनमात्र २ लाख स्टिक गुलाबका फूल बेचिने गरेको छ ।
  • रोज डेः भ्यालेन्टाइन डेको पहिलो दिन  फेब्रुअरी ७ तारिखबाट सुरु हुन्छ, जसलाई  रोज डे भनिन्छ । रोज डेका दिन प्रेमीप्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिन्छन् ।
  • प्रपोप डेः रोज डेको भोलिपल्ट अर्थात फेब्रुअरी ८ का दिन प्रपोप डे मनाइन्छ । प्रपोज डेका दिन आफूले मन पराएका वा मन पराइएकीलाई प्रेम प्रस्ताव राखिन्छ ।
  • चकलेट डेः  फेब्रुअरी ९ का दिन चकलेट डे मनाइन्छ । यस दिन आफ्ना प्रेमी वा प्रेमिकालाइ चकलेट दिएर प्रेममा मिठास भरिन्छ ।
  • टेडी डेः फेब्रुअरी १०  का दिन टेडी डे मनाइन्छ । यस दिन प्रेमी वा प्रेमिकालाई विशेष उपहार स्वरुप टेडी बियरका खेलौना उपहार दिइन्छ ।
  • प्रमिस डेः फेब्रुअरी ११  का दिन प्रमिस डे मनाइन्छ । यस दिन आफ्नो प्रेम अन्तिम अवस्थासम्म कायम राख्नेछु भनेर आफ्ना  प्रेमी वा प्रेमिकासँग विशेष वाचाबन्धन गरिन्छ ।
  • हग डेः फेब्रुअरी १२  का दिन हग डे मनाइन्छ । यो भ्यालेन्टाइन डेभन्दा दुई दिनअघि मनाइने यस दिवसका दिन आफ्ना प्रेमीप्रेमिकालाइ अंगालोमा बेरिन्छ ।
  • किस डे- फेब्रुअरी १३  का दिन किस डे मनाइन्छ । यस दिन आफ्नी प्रेमी-प्रेमिकालाई चुम्बन गरेर प्रेम व्यक्त गरिन्छ ।
  • भ्यालेन्टाइन डे- फेब्रुअरी १४ का  यो प्रेमीप्रेमिकाका लागि विशेष सम्झनायोग्य दिनका रूपमा रहोस् भनेर प्रेमका सबै उपायहरू अबलम्बन गरिन्छ ।
  • भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनका नाममा मनाइन्छ ।
  • सन्त भ्यालेन्टाइन ई. पू. २६९ मा शहिद भएका थिए, उनलाई १४ फेब्रुअरी २६९ दिन फ्लोमिनिया मृत्युदण्ड दिइएको थियो ।
  • विश्वको पहिलो भ्यालेन्टाइन कार्ड सन् १५४१ मा पठाइएको थियो ।
  • सन्त भ्यालेन्टाइनकाे अवशेष रोमको सेन्ट फ्रेंक्स्ड चर्च र डबलिन (आयरल्यान्ड)  को स्ट्रीट कामिलेट चर्चमा राखिएको छ ।
  • विशप टर्नीलाई पनि प्रेमका भ्यालेन्टाइन भनिन्छ, उनी ई. पू.  १९७ मा सम्राट अरोलियनका यातनाका कारण शहिद भएका थिए ।
  • क्याथोलिक विश्वकोषमा तेस्रो सन्त भ्यालेन्टाइनका नाम पनि उल्लेख गरिएको छ ।
    • मलेसियाका मुशलमानहरूले भ्यालेन्टाइन डे मनाउँदैनन ।
    • साउदी अरेबियामा भ्यालेन्टाइन डेको दिन छुट्टी बस्न पाइदैँन ।
    • जापानमा केवल पुरुषहरूले मात्र भ्यालेन्टाइन डे मनाउँछन् ।
    • इरान सरकारले सन् २०११ मा भ्यालेन्टाइन डेलाई प्रतिबन्ध गरिदिएको छ ।
    • इन्डोनेशियामा पनि यो दिवस प्रतिबन्ध छ । यहाँ पनि भ्यालेन्टाइन डेका दिन कार्ड आदानप्रदान गर्ने, गुलाफ दिने वा घुम्न जाने काम वर्जित छ ।
    • अमेरिकामा १ खर्ब रूपैयाँभन्दा बढीका भ्यालेन्टाइन कार्डमा खर्च गरिन्छ ।
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...