Loading...

नेपाली विद्यार्थीलाई अष्ट्रेलिया पढ्न जान रोक

नेपाल सरकारले विश्वभर फैलिएको कोरोना महामारीलाई देखाएर नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया सहित पाँच देशमा पढ्न जान रोक लगाएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चिन अध्ययनका लागी जान रोक लगाएको हो। मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीकालागी ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेर ति देशहरूमा अध्ययन गर्न जानबाट रोक लगाएको हो। नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूले अनिवार्य रूपमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) लिनुपर्छ। यसरी लिईने वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) को आधारमा नै विद्यार्थीलाई नेपालबाट विदेशका विश्वविद्यालय तथा कलेजमा शुल्क तिर्नका लागी नेपाल राष्ट्रबैंकले डलर सटही तथा कारोबारको स्वीकृती प्रदान गर्दछ।

मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) नदिने भएपछी नेपालबाट अष्ट्रेलिया लगायतका देशमा अध्ययनका लागी जान चाहने विद्यार्थीले ति देशका विश्वविद्यालय तथा कलेजमा भर्ना हुन सक्दैनन्। यसअघि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) पाएर अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयमा पढ्नका लागी भर्ना भएका विद्यार्थीले भिजा आएर पनि अष्ट्रेलिया जान पाएका छैनन्, त्यसैले सरकारले यसखालको पत्र दिन नै केही समयको लागी बन्द गरेको हो।

अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयमा भर्ना भएका तथा भिजा लागिसकेका विद्यार्थीहरूले यतिखेर नेपालबाट नै अनलाईन अध्ययन गरिरहेका छन्। अनलाईन अध्ययनका लागी अष्ट्रेलिया र नेपालको समय नमिल्दा विद्यार्थीलाई हैरानी भईरहेको छ। ‘त्यत्रो महँगो शुल्क तिरेर पनि अष्ट्रेलिया जान पाईएको छैन, यहाँ बिजुली र ईन्टरनेटको भरपर्दो व्यवस्था नहुँदा पढ्न पनि निक्कै गाह्रो छ,’ अष्ट्रेलियाको भिजा आए पनि नेपालबाटै अनलाईन पढिरहेका नाम खुलाउन नचाहने एक विद्यार्थी बताउँछन्। चितवन घर भएका उनी यतिखेर पढाई सँगै अष्ट्रेलियाका लागी लिएको ऋण कसरी तिर्ने भन्ने कुराले समेत चिन्तित छन्। 

Loading...

अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा नेपाली विद्यार्थी भर्ना गराउने एजुकेशन एजेन्टहरूले नेपालबाटै भएपनि अनलाईन पढ्नुपर्ने नत्र भिजा क्यान्सिल हुने भन्दै अनलाईन पढ्न दबाब दिईरहेको अवस्थामा सरकारको वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) बन्द गर्ने निर्णयले नयाँ विद्यार्थीहरूलाई भने राहत मिल्ने भएको छ।

नेपाली विद्यार्थी कहिले अष्ट्रेलिया जान पाउने पत्तो छैन

अष्ट्रेलियाले अर्थतन्त्रको ठूलो हिस्सा मानिएको शिक्षा क्षेत्रलाई गम्भिर प्रभाव पारिरहेकोले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउनका लागी रणनीतिक रूपमा तयारी थालेको छ महिना भन्दा बढी हुन लागिसकेको छ। तर, कोभिड विरूद्धको खोपको प्रभावकारिता र अष्ट्रेलियाभर खोप लगाउने काम नसकिँदा सम्म अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने काम मुस्किल देखिएको छ। यद्यपी न्यूसाउथवेल्स, भिक्टोरिया जस्ता ठूला र धेरै अन्तर्राष्ट्रिय विद्यार्थीको रोजाईमा रहेका राज्यले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजना भनाएपनि त्यसमा नेपाली विद्यार्थी समेटिने वा नसमेटिने भन्ने यकिन छैन। भारतमा फैलिएको कोरोनाको नयाँ खालको संक्रमणका कारण भारतबाट विद्यार्थीहरु आउन पाउने संभावना निक्कै कम छ। त्यसो त नेपालको पनि कोरोना संक्रमणको दर र निदानका लागी चालिएका कदमहरू देख्दा अष्ट्रेलियाले नेपाली विद्यार्थीहरूलाई छिट्टै अष्ट्रेलिया ल्याउनेमा शंका नै छ। यद्यपी अस्ट्रेलियामा रहेका नेपाली मूलका शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)ले अष्ट्रेलियन सरकारले केही निर्णय नगरेको अवस्थामा अष्ट्रेलियाको बोर्डर खुल्दैन भन्ने खालको भ्रम पैदा नगर्न अनुरोध गरेको छ। तर, नेपाली विद्यार्थीलाई छिट्टै अष्ट्रेलियाको बोर्डर खुल्छ भन्ने आश्वस्त हुने खालको कुनै पनि कुरा अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)ले गरेको छैन।

नेपाली विद्यार्थी ठूलो संख्यामा अष्ट्रेलिया आएको भएपनि भारतलाई समेत प्राथमिकता नदिने भन्ने कुराहरू आईरहँदा नेपाली विद्यार्थीहरूलाई छिट्टै अष्ट्रेलियाले बोर्डर खोल्छ भन्नेमा आशंका छ। तर, अष्ट्रेलिया सरकारको निर्णय नआउन्जेल खुल्छ वा खुल्दैन भन्नेमा गलफत्ति गर्नु वा धारणा बनाउनु भने सही हुँदैन।

विदेशमा बसेर पढिरहेकालाई भने समस्या छैन

सरकारले गरेको यो वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) नदिने निर्णयले पहिले देखी विदेशमा बस्दै र पढ्दै आएका विद्यार्थीलाई भने केही प्रभाव पार्दैन। सरकारले सूचनामा नै पहिले देखी नै विदेशमा पढिरहेकालाई भने यस्तो पत्र फेरी पनि आवश्यक भए जारी गरिदिने भनेको छ। विदेशमा बसिरहेका तर कोर्ष वा कलेज परिवर्तन गर्न चाहने विद्यार्थीलाई भने सरकारले यसखालको पत्र बनाईदिने भनेको छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ