बच्चा स्याहार्नु जस्तो झन्झटिलो र गाह्रो काम सायदै होलान् । तर यो जसले भोगेको छ उसैलाई मात्र थाहा हुन्छ । एक जना बच्चा हुर्केपछि हाइसन्चो महशुस गर्छन हरेक आमा । अब कल्पना गर्नुहोस् जुम्ल्याहा अथवा तिम्ल्याहा बच्चा जन्मियो भने कसरी हुर्काउने ? प्रश्न सुन्दै कतिको टाउको दुख्यो होला किनकी यो स्वभाबिक पनि हो ।
अझ बुबाहरु त बालबच्चा भनेपछि टाउको कन्याउछन् । हेर्नुहोस् यो भिडियो जुन हेर्ने बितिक्कै तपाईको हाँसोको आँसु झर्छ । यसमा एक जना पुरुषले दुई जना बच्चालाई कपडा लगाई दिएको छ ।