बिश्वकै सबै भन्दा सस्तो स्मार्टफोन कुन होला ? अनुमान गर्नुहोस त कतिपर्ला विश्वकै सबैभन्दा सस्तो स्मार्ट फोनको मूल्य ? तपाईको अनुमान सायदै मिल्ला ।
फोन कम्पनीहरु बीच फोनको फिचर, मूल्य र गुणस्तरीयतामा यति धेरै प्रतिस्पर्धा चलिरहेको छ कि जुन हामीले सोच्ने सकेका छैन । हो यही कुरालाई पुष्टि गरेको छ हालै सार्वजनिक भएको एउटा स्मार्टफोनले । गत बर्ष मात्रै स्थापना भएको भारतीय कम्पनी रिंगिंङ् वेल्सले केही दिन अघि मात्र एउटा स्मार्ट फोन बजारमा उतारेको छ ।
जुन अहिले बिश्वबजारका लागि हट केक बनिरहेको छ । फोन बजारमा यसले एक खाले तरंग नै पैदा गरेको छ । बेल फ्रिडम २५१ नाम दिइएको यो फोनको मूल्य जम्मा जम्मी २५१ भारतीय रुपैया पर्छ । अर्थात ४०१ नेपाली रुपैया पर्छ ।
अपत्यारिलो फिचर
सस्तो फोनको फिचर के राम्रो होला र भन्ने धेरैलाई लाग्न सक्छ । तर होइन यो फोनको फिचर पनि मूल्य जस्तै अपत्यारिलो नै छ ।
कस्तो छ त फिचर ?
थ्रीजी सुबिधा
ड्यूल सिम सपोर्ट
अपरेटिङ सिष्टम – एनड्रोईड ५.१ ललिपप ओएस
स्क्रिन – ४ ईन्च डब्लूवीजीए आईपीएस डिस्पले स्क्रीन
प्रोसेसर – १.३ गीगाहर्ज क्वॉडकोर
र्याम् – १ जीबी
इन्टरनल मेमोरी- ८ जीबी, एक्स्पांड ३२ जीबी
क्यामेरा – ३.२ एमपी रीयर, ०.३ फ्रन्ट
ब्याट्री- १४५० एमएएच
कनेक्ट- वाईफाई, ब्लुटुथ, एफएम