यसो गरौं पानी परे

मोबाइल, कम्प्युटर, ट्याब्लेट, आइप्याड जस्ता धेरै उपकरणबाट हाम्रो दैनिकी घेरिएको छ। जसको प्रयोगले हाम्रो दैनिकी जति सहज बनेको छ, त्यसमा समस्या आएको खण्डमा हुने हैरानी पनि कम हुँदैन। कहिले काहीँ चिया, कफि या पानी पिएको समयमा ल्यापटप वा कम्प्युटरमा काम गरिरहँदा किबोर्डमा त्यस्ता पेय पदार्थ पोखिन सक्छ। जसले गर्दा किबोर्डमा सर्टसर्किट भएर पुरै उपकरण नै जल्न सक्छ। पेय पदार्थ तथा पानी कम्प्युटर तथा ल्यापटपको किबोर्डमा परिहाल्यो भने चाहिँ यस खालका सावधानी अपनाउनु उत्तम हुन्छ।

  • सबै भन्दा पहिला कीबोर्डलाई उल्ट्याएर पानी झार्ने। यसो भएको खण्डमा पानी भित्र जाँदैन।
  • कम्प्युटरको पावर प्लग छुटाउने। ल्यापटप प्रयोग गरेको अवस्थामा त्यसको ब्याट्रीलाई निकाल्ने। पानीले सबै र्सर्किटहरुलाई जोड्छ जसले गर्दा र्सटर्सर्किट हुन्छ साथै मदरबोर्ड पनि जल्ने संभावना रहन्छ।
  •  कम्प्युटरमा कुनै एक्र्सर्टनल डिभाइस जोडिएको छ भने त्यसलाई तुरुन्त छुटाउनु पर्छ। ताकि त्यसमा कुनै खराबी नआओस्।
  •  भ्याकुम क्लिनरको प्रयोग गरेर कीबोर्डमा परेको पानी सुकाउने। भ्याकुम क्लिनर नभएको खण्डमा सफा सूतीको कपडाले राम्रोसँग पुछ्ने।
Loading...

एक जनाको प्रतिक्रिया

  1. This is really useful advice for all the users of laptops… thanks

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...