यसरी बढ्छ ब्याकअप

ल्यापटप किन्दा वा प्रयोग गर्दा सबै भन्दा महत्वपूर्ण ध्यान दिनुपर्ने कुरा त्यसको ब्याट्रीको ब्याकअप क्षमता हो। वास्तवमा ब्याकअप बिनाको ल्यापटप डेक्सटप नै हुन्छ। धेरैसँग ब्याकअप नभएर ल्यापटप डेक्सटप बनेको अनुभव होला नै। नेपालमा लामो समयको लोडसेडिङ भइरहेको हुन्छ। जसले कम्प्युटर बिना काम नै नचल्ने अवस्था भएकालाई निक्कै मार परिरहेको हुन्छ। यस्तो अवस्थमा ल्यापटपको ब्याकअपलाई केही लामो समय सम्म बढाउनु छ भने यी कुरामा ध्यान दिनुपर्छ।

  • ल्यापटप चलाउँदा त्यसको स्क्रिनले सबै भन्दा बढि पावर खपत गर्छ। त्यसैले आफ्नो आवश्यकता अनुसार स्क्रिनको चहकिलोपन (ब्राइटनेस) निर्धारण गर्नुपर्छ। स्क्रिनको चहकिलोपना जति बढि हुन्छ त्यति नै बढि पावर चाहिन्छ। त्यसो त धेरै चहकिलो स्क्रिन आँखाको लागि पनि ठीक मानिँदैन।
  •   प्रयोग नगरेको अवस्थामा ल्यापटपमा रहेका ब्लूटुथ, वाइफाइ जस्ता सुविधाहरु बन्द राख्नुपर्छ। जसले गर्दा यी उपकरणले पावर खपत गर्दैनन् र ब्याट्रीले लामो समय सम्म ल्यापटप चल्न सक्छ।
  • आवश्यकता भन्दा बढी समय ब्याट्री चार्ज गरेको खण्डमा ब्याट्री कमजोर हुन्छ। त्यसैले ब्याट्री फुल चार्ज भएपछि पावर अफ गरेर चार्जरलाई छुटाउनु पर्छ। त्यस्तै ब्याट्रीको पावर निक्कै कम भएपछि ल्यापटप चलाउन बन्द गर्नुपर्छ।
  • ल्यापटपको ब्याट्री १५ प्रतिशतमा झरेपछि तत्काल त्यसलाई चार्ज गर्नुपर्छ। चार्ज गर्दा धेरैले ल्यापटप बन्द गर्छन् त्यसो गर्नु हुँदैन। चार्ज गर्दा ल्यापटप बन्द गर्दा ब्याट्रीको क्षमता प्रभावित हुन्छ।
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...