यसरी गर्ने हो टच स्क्रिनको सफाइ

टच स्क्रिनमोबाइल अथवा ट्याबको प्रयोग गर्नुहुन्छ भने स्क्रिनको सफाइमा विशेष ध्यान दिनुहोला। नत्र भने स्क्रिनमा छोएर त्यसका कामहरु ठीकसँग लिन सकिन्न। ट्याब्लेट तथा मोबाइल फोनको टच स्क्रिनलाई समय समयमा सफा गर्दा निम्न कुराहरु अपनाउनु पर्छ।

  • टच स्क्रिनसफा गर्नको लागि माइक्रो फाइबर अर्थात् फलाटिनको कपडा सबै भन्दा उत्तम मानिन्छ। यो त्यही कपडा हो जुन चश्माको काँच सफा गर्न प्रयोग गरिन्छ।
  •  स्क्रिनसफा गर्नु भन्दा पहिले डिभाइसको स्वीच अफ वा स्क्रिनलक गर्नुपर्छ। नत्र सफा गर्ने क्रममा विभिन्न एप्लिकेसनहरु चल्छन्। यसक्रममा कुनै पनि कमाण्ड मोबाइल वा ट्याबमा रहेको सफ्टवेयरमा नराम्रो असर पार्नसक्छ।
  • सफा गर्ने कपडा स्क्रिनको तलमाथि भन्दा गोलो गोलो पारेर विस्तारै सफा गर्नुपर्छ।
  • यसखालका उपकरण सफा गर्नका लागि स्प्रिट जस्ता विभिन्न तरल पदार्थ पाइन्छन्। यस्ता खालका उपकरण सफा गर्नका लागि पानी भन्दा त्यस्ता पदार्थ नै उत्तम हुन्छन्। यदी पानी प्रयोग गर्ने गर्नुभएको छ भने फलाटीनको कपडा थोरै पानीमा भिजाएर सफा गर्नुपर्छ। तर स्क्रिनमा कहिल्यै पनि पानी हाल्नु हुँदैन।
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...