यहाँबाट राखौं फेसबुकमा कभर फोटो

फेसबुक चलाउने नेपालीको सँख्या १६ लाख ८० हजार भन्दा माथि पुगिसकेको छ। यो सँख्या बढ्ने क्रममा छ। फेसबुक चलाउने नेपालीको सँख्यामा बढोत्तरीसँगै फेसबुकमा नेपालीहरुले पनि एप्लिकेसन बनाउन थालेका छन्। त्यसो त नेपाली उत्पादन तथा सेवा प्रदायक कम्पनीहरुको विज्ञापन पनि फेसबुकका पेजमा देखिन थालेका छन्। फेसबुकमा आफ्नो पेज लाइक हुनुलाई गौरब र सम्मानको रुपमा हेर्न थालिएको छ। हरेक प्रयोगकर्ता फेसबुकमा आफ्नो पेज आकर्ष होस् भन्ने चाहन्छन्। आफ्नो स्टाटसमा आउने कमेन्टको लर्को नै स्टाटस सिम्बोलका रुपमा लिन थालेको अवस्थामा फेसबुकको टाइलाईनलाई आकर्षक बनाउन राम्रो तस्विर खोजेर कभर फोटो राख्नेहरु धेरै छन्। फेसबुकमा उपस्थितीलाई आकर्षक र अरुको भन्दा फरक देखाउनु आवश्यकता महसुस गर्ने फेसबुक प्रयोगकर्ताका लागि टाइमलाइनमा राख्ने कभर फोटोको संग्रह पनि तयार भएको छ। जसमा समसामयिक विचार तथा पर्वलाई समेटेर टाइमलाइन फोटोहरु तयार पारिएका छन्। नेपालीफेसबुककभर डट कमले नेपाली भाषामा रचनात्मक कभर फोटोहरु तयार पारेको छ। स्केच तथा तस्विर माथि कोरिएका भावना र शब्द आफ्नो भावनासँग मिल्छ भने त्यसलाई क्लिक गरेर आफ्नो फेसबुक टाइमलाइन कभरमा राख्नसकिन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...