ge.tt बाट गरौं फाइल सेयर

सिनेमा, संगीत, तस्विर तथा अन्य कुनै पनि खालका डकुमेन्ट फाइलहरु अनलाइन मार्फ साथिभाईलाई बाँढ्न चाहनुहुन्छ भने सबै भन्दा सजिलो वेबसाइट हो ge.tt। जसमा विदेशमा अध्ययनका लागि गएका साथीका लागि पारिवारिक भिडियो देखी आफूले हेरेका चलचित्र सजिलै बाँढ्न सकिन्छ। हुन त यस खालको फाइल साझा गर्ने निशुल्क सेवा दिने धेरै साइटहरु धेरै छन्। तर ती सबै भन्दा फरक यसको विशेषता भनेको यसबाट फाइल साझा गर्नका लागि यसमा रजिस्टर हुनु जरुरी छैन। साथै फाइल कत्रो आकारको छ भन्नेले पनि कुनै फरक पार्दैन। न त यसमा फाइलको संख्याले नै कुनै फरक पार्छ। यसको सबै भन्दा अचम्मको र आकर्ष पक्ष भनेको यसबाट फाइल सेयर गर्दा फाइल पुरै अपलोड हुनु जरुरी छैन। एक तर्फाट अपलोड सुरु हुँदा अर्को तर्फाट तत्काल त्यसलाई डाउनलोड गर्न सकिन्छ। यसो हुँदा एकातिर फाइल अपलोड भइरहेको हुन्छ भने अर्कोतर्फअपलोड भइसकेको भाग जति डाउनलोड पनि गर्न सकिन्छ। यसमा र्सार्वजनिक गरिएको फाइनलको डाउनलोड सम्बन्धी सबै जानकारी पाइन्छ। साथै यो साइटमा साइअप गर्दा २ जीबीको स्टोरेज निशुल्क उपलब्ध हुन्छ। जसको लागि केही सेकेण्ड होइन नानोसेकेण्ड मात्र लाग्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...