यसरी चलाऔं कम्प्युटर

कम्प्युटर दैनिकीको महत्वपूर्ण र अभिन्न अंग बनिसकेको छ। यसको प्रयोगबाट मानिसको जिवनले निक्कै परिवर्तन भोगेको छ। र त्यो क्रम जारी छ। साथै कम्प्युटर चलाउँदा त्यसबाट हुने शारिरीक तथा मानसिक हानी पनि कम छैन। दैनिकीको अभिन्न अंग बनिसकेको कम्प्युटरको प्रयोग गर्दा विशेष गरेर धेरै समय कम्प्युटरमा काम गर्नेहरुले यसबाट हुनसक्ने शारिरीक तथा मानसिक हानी ’bout सावधान हुन जरुरी छ। केही सावधानी र उपाय अपनाउने हो भने कम्प्युटर प्रयोग गर्दा शरिर र मष्तिस्कमा पर्नसक्ने हानीबाट बच्न तथा कम गर्न सकिन्छ। त्यसका लागि निम्न उपाय अपनाउनु पर्छ।

१ कम्प्युटर चलाउन बस्दा खेरी सही मुद्रामा बस्नु जरुरी हुन्छ। यसले गर्दा शरिरका मांशपेशी तथा हाडहरुको सूरक्षा हुन्छ। कुर्सीमा सिधा बसेर हात १०० डिग्रीमा राख्नु पर्दछ। मोनिटर आँखा को सिधा नभई केही तल वा माथि राख्नुहोस्। झुक्किएर पनि मोनिटरमा टाउको घुमाएर नबस्नुहोस् त्यसो गर्दा आँखाको साथै गर्धनमा पनि समस्या आउँछ।

२ कम्प्युटर एवं साइबर एडिक्सनबाट बच्ने कोशिस गर्नुहोस्। कम्प्युटरमा काम गरिरहँदा अत्यन्त सुखी तथा गौरवान्वित अनुभव गर्ने तथा कम्प्युटरमा बस्न नपाउँदा दुखी अनुभव गर्ने साथै कम्प्युटर छोडेर उठ्न मन नलाग्ने हुनु कम्प्युटरको लत बस्नु हो।

३ कम्प्युटरमा काम गरिरहेको समयमा शरीर तन्काएर तथा तनाव हुने गरेर नबस्नुहोस्। सही सामान्य तरिकाले बसेर काम गर्ने गर्नुहोस्।

४ कम्प्युटरमा काम गर्दा लगातार नगर्नुहोस् केही समयको अन्तराल पारेर काम गर्ने गर्नुहोस्। अन्तरालमा केही समय बाहिर घुम्ने टहल्ने तथा आँखामा पानी छम्कनुहोस्। यसबाट स्फूर्ती साथै आँखाको लागि पनि आरामको महशुस हुन्छ।

५  की बोर्ड राख्दा खेरी टाइप गर्दाको समयमा हात धेरै घुमाउन नपरोस्। हातको नाडी पनि सीधा रहोस्।

६ कम्प्युटरको मोनिटर स्क्रीनलाई सदैव नरम ब्रस तथा मुलायम कपडाले पुछ्ने गर्नुहोस्।

७ टाइप गर्ने काम छ भने टाइप गर्ने कागज तथा किताबलाई स्ट्याण्डमा मोनिटर नजिक राख्नुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...