कम्प्युटरको मोनिटर किन्दा

कम्प्युटर अहिले आधारभूत दैनिकीको आवश्यकता नै भइसकेको छ। स्कुलमा पढ्न देखी लिएर कार्यालय र पसल सम्मको आवश्यकता बनिसक्यो कम्प्युटर। घरमा कुनै समय टिभीलाई आवश्यक विद्युतिय उपकरण मानिन्थ्यो अब त्यो टिभीको स्थान कम्प्युटरले लिइसकेको छ। कम्प्युटरको प्रयोग बढ्दै जाँदा यसको मोनिटर प्रति धेरैको ध्यान र चासो गएको पाइन्छ। ’cause कम्प्युटरमा सबै भन्दा बढि काम गर्दा आँखा जाने भनेको मोनिटरमा हो। जसको प्रकाश र विकिरणले मानिसको देख्ने क्षमतामा असर पार्छ। साथै विद्युतको हिसाबमा पनि बढि खपत हुने हुन्छ। त्यसैले यदी तपाइँ आफ्नो डेक्सटक कम्प्युटरका लागि नयाँ मोनिटर किन्न लाग्नु भएको छ वा नयाँ डेक्सटप कम्प्युटर खरिद गर्न लाग्नु भएको छ भने यी कुरामा ध्यान दिनुहोस्।

आकार

सबै भन्दा महत्वपूर्ण कुरा भनेको मोनिटरको साइज हो। तपाइँसँग कति पैसा छ र केकामका लागि कम्प्युटर किन्दै हुनुहुन्छ त्यसले कत्रो आकारको मोनिटक किन्ने भन्ने कुरा निर्धारण गर्छ। सामान्यतया मोनिटरको स्क्रिनको आकार ३० इन्च सम्मको हुन्छ। तर धेरै जसो मोनिटरको स्क्रिनको रिजोलुसन भने १०८० पिक्सलको मात्र हुन्छ। यस्तो अवस्थामा यतिनै आकारको तस्विर मात्र ठूलो बनाएर हेर्न सकिन्छ। डिजाइन सम्बन्धी काम गर्ने हो साथै खेलका लागि कम्प्युटर किन्न लाग्नु भएको हो भने मोनिटर ठूलो आकार र बढि रिजोलुसन भएको लिनुपर्छ।

रिजोलुसन

स्क्रिनको मामलमा जति धेरै रिजोलुसन भयो त्यति नै तस्विर तथा दृश्यको गुणस्तर धेरै हुन्छ। आकारबाट कुनै पनि तस्विर वा दृश्य कति ठूलो देखिन्छ भन्ने हुन्छ भने रिजोलुसनबाट इन्फरमेसन कस्तो कति आउँछ भन्ने निर्धारण हुन्छ। प्रोडक्टिभिटि हेर्ने हो भने जति बढि रिजोलुसन हुन्छ त्यति नै धेरै मल्टि टास्किङका लागि सजिलो हुन्छ। साथै त्यती नै ठाउँमा बढी शब्द पनि अटाउँछ।

कनेक्टिभिटि

सिंगल डिजिटल भिडियो इन्टरफेस (डिभिआइ)ले सामान्य खालका जरुरत पुरा गर्छ। इसमा एलसीडीको फ्ल्याट प्यानलको डिजिटल क्वालिटीमा बढोत्तरी हुन्छ। तर आजकल हाइ डेफिनेसन मल्टिमिडिया इन्टरफेस (एचडीएमआइ) हुनु सामान्य भइसकेको छ। एचडीएमआइ यस क्षेत्रको स्ट्याण्डर्ड इन्टरफेस हो जसले भिडियो र अडियो दुवै कम्पोनेन्ट सपोर्ट गर्छ। यदी तपाइँलाई पुराना कम्प्युटरसँग काम गर्नु छ भने भिडियो ग्राफिक ऐरे (भिजिए)मा पनि कहिले पनि समस्या आउँदैन। यदी कम्प्युटरको मोनिटरलाई टेलिभिजनको पनि काम लगाउने हो भने त्यसका लागि मल्टिपल इन्पुटको व्यवस्था हुनु आवश्यक हुन्छ। हुन त अहिले पाइने टिभि कार्डहरुमा नै मोनिटर इन्पुटको व्यवस्था हुन्छ। यसका साथै विभिन्न मोनिटरहरु बिल्ट इन (युनिभर्सल सिरियल बस (यूएसबी) र हेडफोन ज्याक भएका हुन्छन्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...