जानिराखौं यीनका उमेर

यतिखेर आम दैनिकी डिजिटलाइज्ड भइसकेको छ। कम्प्युटर, मोबाइल फोन अनि ट्याब्लेट लगायतका सबै उपकरणले घेरिइसकेको छ मान्छे। बिहान मोबाइलको अलार्म अनि दिनभर कम्प्युटरमा अफिस दैनिकी अनि र्फकंदा ट्याब्लेटमा सामाजिक सञ्जालमा रुमल्लिने नियमिततामा ग्याजेट नै जिवनको महत्वपूर्ण हिस्सा बनेको छ। माउसले क्लिकेर इन्टरनेटमा ब्लगका पेजमा भावना लेख्ने र सामाजिक सञ्जालमा मनको भँडास पोख्नेहरुको संख्या बढिरहेको छ। दूरसञ्चार प्राधिकरणको तथ्यांकले मोबाइल बोक्नेको सँख्याले जनसंख्याको आधा नाघेको देखाइसकेको छ। आउनुहोस् हाम्रा दैनिकीको अधिकांश हिस्सा बोक्ने यीनका उमेर ’bout जानौं।

 मोबाइल फोन

अहिले हात हातमा भएको मोबाइल फोन आकारमा सानो भएपनि उमेरमा वयश्क भइसकेको छ। ३६ वर्षभयो मोबाइल फोनको जन्म भएको। १७ अक्टोबर १९७३ मा जन्मेको मोबाइल फोनका जनक मार्टिन कुपर हुन्।

माउस

माउस जसलाई हत्केलमा च्यापेर दायाँ र बायाँ क्लिक गरि विश्वको भर्चुअल टुर गरिन्छ त्यो ४० वर्षा भएको छ उमेरमा। हृविल, अप्टिकल, ब्लुटुथ जस्ता विभिन्न वर्गमा छरिएको कम्प्युटरको मुसाको विकास १९६८ मा भएको हो। पुच्छरले दुनिया घुमाउने कम्प्युटरे मुसोका जनक डग्लस एन्जेलबर्ट हुन्।

वाकम्यान

इयरफोनबाट संगीतको आनन्द दिने सानो यन्त्र वाकम्यानको उमेर ३० वर्षभयो। वाकम्यान १ जुलाई १९७९ मा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो।

इन्टरनेट

कम्प्युटरको जुन जालोमा मेल र मेसेजको भेल हामीले बहाइरहेका छौं त्यसको उमेर ४० वर्षभएको छ। यसको डेट अफ बर्थ हो २ सेप्टेम्बर १९६९। युनिभर्सिटी अफ क्यालिफोर्नियामा पहिलो पटक इन्टरनेटको जाँच गरिएको थियो।

ब्लग

इन्टरनेटमा धेरै लेखिने, पढिने सामग्री हो ब्लग। ब्लगको जन्म भएको दस वर्षपुगिसकेको छ। ब्लगको डेट अफ बर्थ हो १ अप्रिल १९९७। यसका जनक अमेरिकी वेब गुरु डेभ वाइनर हुन्। पहिलो ब्लग हो स्क्रिप्टिंङ न्युज।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...