यहाँ छन् दशैंका कार्ड

दशैं, नेपालीहरुको सबै भन्दा ठूलो चाड। त्यसै भएर नै होला सायद यसलाई बडा दशैं भनिन्छ। यो चाड अब जति नै राजनीति गरे पनि र जातियता घुसाए पनि नेपाली पहाडे हिन्दूहरुमा मात्र सिमत छैन र रहने पनि छैन। ’cause यो सम्पूर्ण नेपालीहरुको सांस्कृतिक, सामाजिक पर्व बनिसकेको छ। विदेशिएका दाजुभाई, छोरानाती घर फर्केर अभिभावकको साथमा दश दिन बिताउने पर्व बनेको छ यो। टिका र जमरासँगै पारिवारिक र मित्र मिलनको चाडमा दिइने शुभकामनाले पनि महत्व राख्न थालेको छ। समय सँगै दशैं मनाउने र यसको शुभकामना दिने प्रचलनमा पनि परिवर्तन आएको छ। डायस्पोरा, प्रविधिको विकास र प्रयोगले गर्दा दशैं शुभकामना पनि इन्टरनेटमा हुन थालेको छ। इमेलको माध्यमबाट विद्युतिय शुभकामना कार्ड पठाउने चलनले प्राथमिकता पाउन थालेको छ। हुन पनि शुभकामना दिने साथिभाई नै अनलाइन भइसकेपछि शुभकामना पनि अनलाइन हुने नै भयो। अनलाइन बनेको शुभकामना शैलीलाई साथ दिनका लागि विभिन्न वेबसाइटले दशैंको विद्युतिय शुभकामना कार्ड पनि निशुल्क उपलब्ध गराउन थालेका छन्। साथीभाईलाई शुभकामना पठाउन दशैंको शुभकामना कार्ड खोजिरहनु भएको छ भने यि लिन्कबाट पाउन सक्नुहुनेछ।

१. नेपाली इकार्डस्

२. इकार्डस्

३. खत्तमडटकम

४. वीलभनेपाल

५. नेपाल भिष्टा

६. अलयोर्स

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...