यहाँ छन् पुस्तकालयका वेब ठेगाना

पुरानो कोट लगाउ, नयाँ पुस्तक किन थोरोको यो भनाई हरेक नेपालीलाई याद छ। त्यसो त प्लेटोको पुस्तक भएको घरमा प्राण हुन्छ भन्ने भनाइ पनि उत्तिकै याद छ हामीलाई। ज्ञानको माध्यमका रुपमा पुस्तकलाई लिने गरिन्छ। सरस्वतीको बास हुने विश्वासमा वसन्त पञ्चमीमा पुस्तकको पुजा पनि गर्र्छौं हामी। वास्तवमा पुस्तक पुज्नका लागि भन्दा पनि पढ्नका लागि हो। ज्ञान र सूचनाको पहुँच बढाउन पुस्तकको निक्कै ठूलो भूमिका छ। आमसञ्चार माध्यमको सबै भन्दा पुरानो र पहिलो रुप पुस्तक सबैको पहुँचमा पुगोस् भन्नकालागि पुस्तकालयको स्थापना गरिएको हो। जसलाई राष्ट्र र समाजको सबै भन्दा अमुल्य निधी मानिन्छ। पुस्तकालय पुस्तकको संग्रह नभइ सूचनाको केन्द्र हो। जहाँ पाठकहरुको चाहना अनुसारका प्रकाशनको छनौट, संकलन, व्यवस्थापन, संरक्षण र पाठकलाई सूचना सम्प्रेषण गर्नेकाम गरिन्छ। श्रव्यदृश्य साथै इन्टरनेटको विकासका कारण पहिले जस्तो पढ्ने बानी हराउँदै गएको छ नयाँ पुस्तामा। आवश्यक सूचनाका लागि गुगल गर्नु सजिलो भएपनि सही र आवश्यक तथ्य पाउन भने त्यति सजिलो छैन। जसकालागि पुस्तकालय नै सबै भन्दा सजिलो माध्यम हो। जहाँ अनलाइनबाट पनि त्यहाँ भएका पुस्तकहरुको सूचि र जानकारी पाउन सकिन्छ। आउनुस् हेरौं नेपालका पुस्तकालयका वेबसाइटः

१. त्रि.वि. केन्द्रीय पुस्तकालय
२. नेपाल राष्ट्रिय पुस्तकालय
३. केशर पुस्तकालय
४. मदन पुरस्कार पुस्तकालय
५. सोसल साइन्स बहा
६. डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय
७. मार्टिन चौतारी

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...