यहाँबाट बनाऔं बायोडाटा

रोजगार प्राप्तिका लागि पहिलो खुड्किलो हो बायोडाटा। आफूमा रहेको सीप तथा क्षमताको ’boutमा रोजगारदातालाई जानकारी गराउने माध्यम नै बायोडाटा हो। त्यसैले हरेक आवश्यकतामा यसको माग गरिएको हुन्छ। कसैले इमेल गरेर पठाउन भन्छन् त कसैले हुलाकबाट। भरखर कलेज सकेका देखी जागिर गरिररहेका सबै आफ्ना लागि नयाँ अवसरको खोजि गरिरहेका हुन्छन्। यसक्रममा धेरैले बायोडाटा तयार गर्नका लागि वर्ड प्रोसेसर नै प्रयोग गरिरहेका हुन्छन्। धेरैले बायोडाटा बनाउने उपयुक्त तरिका र शैली अपनाएका हुँदैनन्। जसले गर्दा वर्ड प्रोसेसरमा राखिएका क्रमबद्ध सूचनाहरुले हृयुमन रिसोर्स डिपार्टमेन्टका अधिकारीलाई आकर्षित गर्दैनन्। उनीहरुको कार्यालयमा रहेका रद्धिका टोकरीमा धेरै त्यस्ता बायोडाटाले डेरा जमाएका हुन्छन्। कार्यालयका लागि आवश्यक जनशक्ति खोज्ने सबालमा हृयुमन रिसोर्स डिपार्टमेन्टका अधिकारीलाई त्यस्ता बायोडाटाले आकर्षित गर्छन् जो आकर्षक डिजाइनमा छन् या प्रेजेन्टेसनमा। त्यसैले रोजगारीका खोजिमा हुनुहुन्छ भने आफ्नो बायोडाटाको प्रस्तुती र डिजाइनमा पनि जोड दिनुहोस्। इन्टरनेटमा यस्ता धेरै वेबसाइट छन् जसले आकर्षक बायोडाटा बनाउन मदत गर्छन्। जो निशुल्क पनि छन्। आउनुहोस् तीनका ’boutमा जानौं। 

भीजुअल सीभी डट कम (visualcv.com)

भीजुअल सीभी डट कम खोल्नासाथ होमपेजमा नै यसमा सीभी बनाउनुहोस्, सेयर गर्नुहोस् र करिअरलाई अघि बढाउनुहोस् भन्ने सन्देश पाउनु हुनेछ। यसको नारा जस्तै यो वेबसाइटबाट तपाइँको करिअर साँच्चै धेरै अगाडि पनि जानसक्छ। ’cause यो वेबसाइट मार्फत धेरै रोजगारदाता कम्पनी आफ्नो भावी कर्मचारीको खोजी गरिरहेका हुन्छन्। यसमा अनलाइन र्फम भर्नुको अलावा आफ्नो लिन्क्डइन (सोसल नेटवर्क)को प्रोफाइललाई इम्पोर्ट गरेर बायोडाटा तयार पार्न सकिन्छ। यसमा तयार बायोडाटा पीडीएफमा डाउनलोड गर्न सकिन्छ।  

जबस्पाइस डटकम (jobspice.com)

जबस्पाइस डटकम बायोडाटा बनाउने साइटहरु मध्ये सबै भन्दा सजिलो मानिन्छ। ’cause यसमा बायोडाटा बनाउनका लागि नयाँ एकाउन्ट बनाइरहनु आवश्यक छैन। यसमा सिधै बायोडाटा तयार पार्नका लागि र्फम भर्न सकिन्छ। त्यसो त बायोडाटा बनाउनका लागि क्लिक गर्नासाथ तपाइँलाई बायोडाटा बनाउन सिकाउनका लागि १५ सेकेण्डको भिडियो ट्युटोरियल पनि देखाउँछ। जुन नहेर्न पनि पाइन्छ। त्यसपछि देखिने र्फममा आफ्नो जानकारी भर्नुपर्छ। यसमा एक दर्जन फरक फरक डिजाइन मध्ये एउटा आफूलाई मनपरेको डिजाइन छान्न सकिन्छ। अनलाइन र्फममा आफ्नो सम्पर्क , शिक्षा, अनुभव, क्षमता लगायतका कुरा भरिसकेपछि यसलाई कपी गरेर वर्ड सिटमा पेस्ट पनि गर्न सकिन्छ अनि पीडीएफ फर्म्याटमा डाउनलोड पनि गर्न सकिन्छ। त्यसो त कस्टमाइज्ड युआरएलको माध्यमबाट इन्टरनेटमा सिधै साझेदारी गर्न पनि सकिन्छ।

सीभी डटकम (ceevee.com)

ब्राउजरमा सीभी डटकममा इन्टर गरेपछि खुल्ने होमपेजमा जागिर खोज्दै हुनुहुन्छ भन्ने सन्देश आउँछ। साथै र्सच बक्समा कुन खालको रोजगारी खोज्दै हुनुहुन्छ सोधिएको हुन्छ। जसमा आफुले खोजेको जागिरको कुनै प्रकार टाइप गरेर इन्टर गरेपछि बायोडाटा बनाउने पेजमा पुगिन्छ। जसमा बायोडाटा बनाउनका लागि नयाँ एकाउन्ट दर्ता गर्नुपर्छ। फेसबुक एकाउन्टबाटै साइन इन पनि गर्न सकिन्छ। साइन इन गरिसकेपछि माइ सीभी सेक्सनमा जानुपर्छ। जहाँ राखिएको अनलाइन र्फममा आफ्नो शिक्षा, रोजगारीको स्थिती, अनुभव, रुचि लगायतका विवरण भर्नु आवश्यक हुन्छ। त्यसपछि आफ्नो भरखरै खिचेको तस्विर अपलोड गर्नुपर्छ। यति भरिसक्दा तपाइँको बायोडाटा अनलाइन नै तयार भइसक्छ। जसलाई पीडीएफ फर्म्याटमा कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ।

र्इमर्स डटकम (emurse.com)

यो वेबसाइटमा पनि जबस्पाइसमा जस्तै एकाउन्ट नखोलिकन आफ्नो बायोडाटा बनाउन सकिन्छ। यसले दुई खालको सेवा दिन्छ एउटा सार्वजनिक प्रोफाइल बनाउने र अर्को बायोडाटा बनाउने। सार्वजनिक प्रोफाइल बनाउनका लागि एबाउट डट मी र बायोडाटाका लागि हुन्टसी डट कम छन् यसका। यसमा बनाएको बायोडाटालाई पीडीएफ, डक, आरटीएफ लगायतका विभिन्न फर्म्याटमा डाउनलोड गर्न सकिन्छ। त्यसो त यसबाट अनलाइनमा सेयर गर्न र सिधै प्रिन्ट गर्न पनि सकिन्छ। यसको माध्यमबाट सिधै रोजगारदातालाई पनि बायोडाटा पठाउन सकिन्छ। यसले बायोडाटा कसरी राम्रो बनाउने त्यसको समेत सुझाव दिन्छ।

लीडयू डट कम (leadyou.com) 

धेरै आकर्षक टेम्प्लेटमा आफ्नो व्यत्तित्व झल्कने टेम्प्लेट छानेर बायोडाटा बनाउन सकिने सुविधा छ यो वेबसाइटमा। जसका लागि धेरैमा २० मिनेटको समय खर्चनुपर्छ। यसमा विभिन्न सेक्सनलाई म्यानुअल्ली जोड्ने सुविधा छ। यसको कमजोर पक्ष भनेको यसमा तयार भएको बायोडाटालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्न। त्यसलाई या त सिधै प्रिन्ट गर्न सकिन्छ या अनलाइन कसैलाई पठाउन।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...