यहाँ छन् फ्रि किताब

तपाइँ पढाइको किरो हुनुहुन्छ। पढ्दा आनन्द मान्नुहुन्छ। पुस्तकको साथमा रमाउनुहुन्छ। पुस्तकमा राम्रै समय र धन खर्च गरिरहनु भएको छ। त्यसो हो भने यो पोस्ट तपाइँका लागि हो। पढाइका शौखिन र पुस्तकका साथीहरुका लागि पढ्नु पैसा लाग्ने कुरा होइन। मात्र तपाइँमा पढ्ने अभिलाषा, समय र धर्ैय चाहिन्छ। पुस्तकको थुप्रो तपाइँका अगाडि राखिदिने इन्टरनेट छँदैछ। इन्टरनेटमा यस्ता धेरै वेबसाइटहरु छन् जो तपाइँ जस्ता पुस्तक पढ्ने मानिसको खोजिमा छन्। जसले निशुल्क सयौं पुस्तक दर्जनौ विधा र विषयमा उपलब्ध गराइरहेका छन्। जसबाट बिना पैसा नै पुस्तक पढ्न र संग्रह गर्न सकिन्छ। यी पुस्तक कम्प्युटर, ल्यापटप, पाल्मटप, मोबाइल वा ट्याब्लेटमा राखेर पढ्न पनि सकिन्छ। अथवा चाहनुभयो भने प्रिन्ट गरेर राख्न पनि सक्नुहुन्छ।

आउनुहोस् पढाइका शौख एवं लत भएकाका लागि उपयोगी वेबसाइट’bout जानकारी लिऔं।

स्क्रिब्डडटकम Scribd.com

यो वेबसाइटलाई किताबको यूट्यूब पनि भन्ने गरिन्छ। जहाँ असंख्य पुस्तक छन्। दजर्नौं विषयमा विज्ञहरुले लेखेका देखी यात्रा डायरी र साहित्यिक रचना पनि पाउन सकिन्छ। जुन निशुल्क अनलाइन पढ्न पनि सकिन्छ र त्यसलाई डाउनलोड गर्न पनि। यसको रमाइलो र काइदाको पक्ष के छ भने यसमा नयाँ नयाँ पुस्तक पनि पढ्न पाइन्छ। कुनै पुरै त कुनै कम्प्लिमेन्ट्री। यो वेबसाइट पुस्तक लेखक तथा प्रकाशकका लागि प्रबर्द्धनको राम्रो मञ्च पनि हो। जहाँ पुस्तकका केही पाठहरु निशुल्क अध्ययनका लागि राखेर पाठकको ध्यान र जिज्ञाशा बटुल्न सकिन्छ। यसमा नयाँ नयाँ लेखक देखी प्रसिद्धका किताबलाई विभिन्न वर्गमा वर्गीकरण गरेको राखिएको छ। त्यसो त तपाइँले यहाँ रहेको र्सच बक्सबाट आफूलाई चाहिएको पुस्तक वा विषय छान्न सक्नुहुन्छ।

गुटेनबर्गडटओआरजी gutenberg.org

प्रोजेक्ट गुटेनबर्गले सुरु गरेको निशुल्क पुस्तक अभियानको वेबसाइट हो यो। जसमा प्रतिलिपि अधिकार मुक्त पुस्तकहरु संग्रह गरिएको छ। यो वेबसाइटलाई र्सार्वजनिक रुपमा उपलब्ध पुस्तकहरुको संकलनमा सबै भन्दा ठूलो मानिएको छ। यो इन्टरनेटको सबै भन्दा पुरानो निशुल्क किताब पाइने साइट हो। यसमा सेक्सपियर, मार्क ट्वेन, एन्टन चेकभ, लियो टाल्सटाय जस्ता महान र मुर्धन्य लेखकका रचना पनि निशुल्क पाउन सकिन्छ। यहाँ ४० हजार भन्दा बढि पुस्तकहरु रहेका छन्। यो वेबसाइटले सबै भन्दा धेरै पढिएका र भरखरै राखिएका सूचि मार्फ तपाइँलाई कुन पढ्ने भन्ने सुझाउँछ।

गुगलबुक्स books.google.com

गुगलले पुस्तक प्रेमीका लागि सुरु गरेको वेबसाइट हो यो। सुरुमा अंग्रेजी साहित्यलाई डिजिटलाइज गर्ने प्रोजेक्टका रुपमा लिइएको यो प्रोजेक्टले लाखौं लाख पुस्तक पाठकका लागि निशुल्क उपलब्ध गराउँदै आएको छ। जहाँ नयाँ लेखकका पुस्तक देखी स्थापित सम्मका सबै विषयका पुस्तक पाउन सकिन्छ। गुगलले पुस्तक स्क्यान गर्ने विशेष प्रविधि प्रयोग गरेर अंग्रेजीका करिब दुई करोड पुस्तक अनलाइनमा उपलब्ध गराएको छ। प्रख्यात लेखकका लाखौं पुस्तक प्रतिलिपि अधिकार सकिएका छन् जो पुरै पाठ पढ्न सकिन्छ। त्यसो त भरखरैका नयाँ नयाँ विषयका र क्याम्पस विश्वविद्यायमा कामलाग्ने पुस्तकका आंशिक पाठहरुले पाठकको ज्ञानलाई बढाउँछन् नै।

वीकीसोर्स wikisource.org

वीकीमिडिया फाउन्डेसनले सुरु गरेको यो अनलाइन पुस्तकालय हो। जहाँ धेरै भाषाका पुस्तकहरु पाउन सकिन्छ। यो वेबसाइट पहिला ऐतिहासिक दस्तावेजहरु संकलन गर्ने हिसाबमा सुरु गरिएको भएपनि पुस्तकको संख्या बढ्दै जाँदा पुस्तकालयको रुपमा विकास भयो। जुन इन्टरनेटमा उपलब्ध निशुल्क पुस्तकालयमा ठूला मध्ये एकमा पर्छ। यहाँ रहेका किताब धेरै जसो सार्वजनिक रुपमा रहेका खालका छन्। कतिपय ५० वर्षपुराना पुस्तकको प्रतिलिपी अधिकार समाप्त भइसकेको छ। भने कतिपय प्रतिलिपी अधिकार मुक्त छन्। यसमा रहेका धेरै पुस्तक प्रकाशित भएर एकपटक बजारमा आएका छन्। त्यसबाहेक एनिमेशन, भिडियो, अडियो प्रयोग भएका इबुकहरु छन्।

यी सबै भए विदेशी पुस्तक पढ्न पाइने निशुल्क वेबसाइटहरु तपाइँ नेपाली भाषा साहित्यका पुस्तक पनि निशुल्क अध्ययन गर्न चाहनुहुन्छ भने तपाइँका लागि पनि वेबसाइट छ। त्यो हो पुस्तकालय डट ओआरजी pustakalaya.org। जसमा साहित्य, कला, शिक्षण सामग्री, पत्रपत्रिका, ऐतिहासिक दस्तावेज, नक्सा, भिडियो लगायतका सामग्रीहरु छन्। यसमा नेपाली प्रख्यात म्यागाजिन, शब्दकोश, अंग्रेजी भाषा सिकाइका अध्ययन सामग्रीहरु राखिएका छन्। यसमा भिडियो पनि छ। त्यसो विद्यार्थीका लागि स्कुल वीकीपेडीया र बालबालिकाका लागि इ अध्ययन पनि यसमा छ। सन्दर्भ सामग्रीका रुपमा विभिन्न नामचलेका लेखकका पुस्तकहरु पनि पढ्न पाइन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...