पुरानै पेज खुल्यो यसो गर्नुस्

इन्टरनेटमा विभिन्न वेबसाइट हेर्ने गर्नुभएको होला? यसरी वेबसाइट हेर्दा ती वेबसाइटमा कुनै अपडेट नभएको पाउनुभएको पनि होला। न्यूज पोर्टल देखी सँधै अपडेट भइरहने खालका वेबसाइट पनि तपाइँको कम्प्युटरमा अपडेट छैन भने बुझ्नुस् तपाइँको कम्प्युटरमा धेरै नै DNS cache जम्मा भएको छ। ’cause विभिन्न वेबसाइट हेर्दा अपरेटिङ सिस्टमले स्वत DNS cache स्टोर गर्छ। जसले गर्दा कम्प्युटरमा पहिला खोलेको वेबसाइट दोस्रो पटक छिटो त खुल्छ नै त्यसमा अपडेट भएका पेजहरु भने देखिन्नन्। कतिपय अवस्थामा यसको कारण वेबसाइट ढिलो खुल्ने पनि हुन्छ। जसले इन्टरनेट चलाउनमा तपाइँलाई हैरानी पनि लाग्न सक्छ। यदी यसखालको समस्या तपाइँको कम्प्युटरमा देखिएको छ भने बुझ्नुस् DNS cache Clear गर्नु आवश्यक भइसकेको छ।

कसरी गर्ने त?

१. कम्प्युटरको स्टार्ट मेनुमा जानुहोस्। त्यसपछि Click Start मा क्लिक गर्नुस् र  Run मा जानुस।
२.  cmd टाइप गरेर OK गर्नुस। त्यसपछि देखिने black window मा  ipconfig /flushdns टाइप गरेर  Enter गर्नुस।

३. Windows XP मा सिधै स्टार्ट मेनुमा जानुहोस्। त्यसपछि Click Start मा क्लिक गर्नुस् र  Run मा गएर ipconfig /flushdns टाइप गरेर  Enter गर्नुस।

यदी तपाईंको इन्टरनेटको स्पीड कम भए जस्तो लाग्यो भने यसो गर्नुस स्पीड बढेको अनुभव हुन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...