हेरौं फ्रिमा फिल्म

तपाइँ फिल्मको शौखिन हुनुहुन्छटेलिभिजनमा केबुल मार्फत आउने फिल्मी च्यानलका पुराना फिल्म देखी वाक्क हुनुभएको छ? या टेलिभिजनमा विज्ञापन नै विज्ञापनको बीचमा फिल्म हेर्दा हेर्दै वाक्क हुनुभएको छ। फिल्म हेर्नकै लागि सीडी र डीभीडीमा हजारौं खर्चनु भएको त छैन। यदी त्यसो हो भने निशुल्क विज्ञापन नझेलीकन फिल्म हेर्ने उपाय पनि छ। जुन तपाइँको लागि सबै भन्दा उत्तम हुन्छ। फिल्मका शौखिनका लागि केबुल टेलिभिजनको अर्को विकल्प हो इन्टरनेट। जहाँ तपाइँले वर्षौं सम्म हेर्दा पनि नसकिने फिल्महरुको भण्डार छ। त्यसका लागि कुनै द्रूत गतिको इन्टरनेट प्याकेज पनि लिनु पर्दैन। घरमा रहेको सामान्य गतिको इन्टरनेट कनेक्सनबाट नै तपाइँले असंख्य फिल्महरु निशुल्क हेर्न सक्नुहुन्छ। त्यसका लागि फिल्मको विश्वको सबै भन्दा ठूलो भण्डार यूट्यूब तपाइँको साथ छ। जहाँ नेपाली, हिन्दी, अंग्रेजी देखी रसियन, फ्रान्सेली लगायत विश्वका सबै जसो भाषाका फिल्म निशुल्क उपलब्ध छन्। जसका लागि न कुनै पैसा नै तिर्नु पर्छ न कुनै एकाउन्ट बनाएर लगइन नै गर्नुपर्छ।

यूट्यूबमा त ढिलो खुल्छ?

यदी तपाइँको इन्टरनेट कनेक्सन कम गतिको छ र यूट्यूब ढिलो खुल्छ। भिडियो Buffering भएर हैरान हुन्छ भने त्यसको सजिलो उपाय छ। जसको कारण तपाइँ बिना Buffering भिडियो देख्न सक्नुहुन्छ। तपाइँको घरको इन्टरनेटको गतिको आधारमा बिना वा कम मात्र Buffering मा फिल्महरु हेर्न सक्नुहुन्छ।

कसरी हेर्ने त?

नेपाल जस्तो इन्टरनेटको गति कम भएका मुलुकका लागि यूट्यूबले लाइट भर्सन ल्याएको छ। जसको कारण कम भन्दा कम डाटा डाउनलोड गरि यूट्यूबका भिडियो तथा फिल्म हेर्न सकिन्छ। जसको नाम हो YouTube Feather। यसमा सामान्य रुपमा खुल्ने यूट्यूबमा भन्दा कम मात्र डिजाइन डाउनलोड हुन्छ जसले गर्दा का लागि समय लाग्दैन। लागे पनि निक्कै कम समय। नेपाल टेलिकमको एडीएसएलमा त यसबाट नरोकिइकन भिडियो हेर्न सकिन्छ। त्यसका लागि यो लिंकमा क्लिक गर्नुस्। त्यसपछि देखिने यूट्यूबको यसखालको पेजमा गएर Join the “Feather” Betaमा क्लिक गर्नुस्। त्यसपछि तपाइँले नरोकिइकन फिल्म वा अन्य कुनै भिडियो हेर्न सक्नुहुन्छ। यदी तपाइँ यूट्यूबको यो लाइट भर्सन केही समयको लागि मात्र प्रयोग गर्न चाहनुहुन्छ भने पेजमा देखिएको यस्तो छनौट विकल्प मध्ये मा क्लिक गर्नुस्। यदी सँधै छिटो र नरोकिइकन भिडियो तथा फिल्म हेर्ने हो भने Just this once मा क्लिक गर्नुस्। Permanently मा क्लिक गरेपछि यूट्यूबका सबै सुविधा पाउन सक्नुहुन्छ।

– मदनमणि अधिकारी (मैले मेरो घरमा प्रयोग गरेर हेर्दा छिटो भएको पाएँ। तपाइँको अनुभव लेख्नुहोला।)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...