के तपाइँको वेबसाइट छ सुरक्षित?

इन्टरनेटमा विभिन्न वेबसाइट हेर्ने तथा खोज्ने क्रममा केही वेबसाइटलाई आफ्नो ब्राउजरले खोल्नबाट रोकेको अनुभव गर्नुभएकै होला। त्यसो त गुगलमा र्सच गरेर भेटिएका पेज मध्ये केहीमा यो पेजमा गएको खण्डमा तपाइँको कम्प्युटरमा खराबी आउनसक्छ भनेर चेतावनी दिएको पनि देख्नु भएकै होला। ती वेबसाइटहरु भाइरस तथा मलवेयर प्रभावित भएकाले तपाइँको कम्प्युटरमा नखुलेका हुन्। इन्टरनेट ब्राउजरले नै यस्ता खालका वेबसाइटलाई रोकिदिन्छन्। यदी कुनै वेबसाइटमा भाइरस तथा मलवेयर रहेछ भने त्यसले विभिन्न खालका सफ्टवेयर तपाइँको कम्प्युटरमा राखिदिन खोज्छ। जसले तपाइँको कम्प्युटरलाई बिगार्दैन मात्र तपाइँका सूचनाहरु अज्ञात हृयाकर सम्म पुरयाउँछ। यदी तपाइँ वेबसाइट तथा ब्लग चलाउनुहुन्छ भने तपाइँले आफ्नो वेबसाइट कतिको सुरक्षित र भाइरस मुक्त छ त्यो जान्नुपर्छ। यदी तपाइँको वेबसाइटमा भाइरस र मलवेयर रहेछन् भने जान्नुहोस् तपाइँका पाठकले तपाइँको वेबसाइट पढ्न सकिरहेका छैनन्।

तपाइँको वेबसाइट भाइरस र मलवेयरबाट सुरक्षित छ छैन त्यसको जानकारी पाउन सजिलो छ। एउटा वेब सुरक्षा सम्बन्धी काम गर्ने संस्थाले यस्तो वेबसाइटको विकास गरेको छ जसको माध्यमबाट तपाइँ आफ्नो वेबसाइट भाइरस र मलवेयरबाट सुरक्षित छ या छैन थाहा पाउन सक्नुहुन्छ। यूआरएलभोइड नोभाइसर थ्यांक्सले सन् २०१० को मेमा यसको विकास गरेको हो। जुन इन्टरनेटमा अहिले निशुल्क उपलब्ध छ। यो वेबसाइटबाट आफूले हेर्ने गरेका तथा आफ्ना वेबसाइट र ब्लग कति सुरक्षित छन् थाहा पाउन सकिन्छ। वेबसाइटले तपाइँको वेबसाइटमा भाइरस छ छैन जाँचिदिन्छ निशुल्क र सुरक्षित रुपमा नै। यसले यति मात्र होइन तपाइँको आइपी समेत स्क्यान गरिदिन्छ। त्यसका लागि यहाँ क्लिक गर्नुहोस्।

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...