यसो गरौं कीबोर्ड बिग्रिए

तपाइँको ल्यापटप तथा डेक्सटप कम्प्युटर चलाउँदा त्यसको कीबोर्डको कुनै कीले काम नगर्ने तथा उक्किने समस्या आएको छ। धेरै कम्प्युटर चलाउनेहरुका लागि यस्ता उक्किने र कीले काम नगर्ने जस्ता समस्या सामान्य खालका हुन्। कम्प्युटरको कीबोर्डमा आउने यसखालका समस्या सामान्य भएपनि यीनले कामकाजीहरुलाई हैरान भने पार्छन् नै। यस्ता खालका समस्या कीबोर्ड समय समयमा सफा नगरेका कारण उत्पन्न हुने हुन्। कम्प्युटरको कीबोर्डलाई समय समयमा सफा नगर्ने हो भने त्यसभित्र जमेको घुलोले कीबोर्डको प्रयोगगर्दा त्यसले कम्प्युटरमा गर्ने कामको मात्रामा कमी ल्याउँछ। जसले टाइप गर्दा वा कुनै कीको प्रयोग गर्दा समस्या उत्पन्न गर्छ। यसखालको समस्याको समाधानका लागि कम्प्युटर मर्मत केन्द्र नै भने जानुपर्दैन। यसखालको समस्या घरमा नै समाधान गर्न सकिन्छ। यो उपाय अपनाउनुहोस्।

की नै उप्किए

यदी कीबोर्डको कुनै की नै उप्किएको छ र अरुभन्दा माथि निस्केको छ भने त्यसलाई घरमा नै टाँस्न सकिन्छ। त्यसका लागि उप्किएको कीलाई फेबीकोल या सुपर ग्लू लगाएर टाँस्न सकिन्छ। ग्लू लगाएर टाँस्दा ग्लू उप्किएको की बाहेक अर्कोमा नलागोस भन्नेमा र्सतर्क हुनुपर्छ। यसरी लगाउँदा त्यसको मात्रा धेरै भने हुनुहुँदैन। यसखालको ग्लू बढि भएको खण्डमा त्यसले कीबोर्डमा लगाएको चिप ब्लक हुनसक्छ।

की नै खराब भए

कतिपय अवस्थामा ल्यापटप तथा डेक्सटप कम्प्युटरको कीबोर्ड नै बिग्रन सक्छ। यस्तो खालको समस्या कीबोर्डमा देखिएको खण्डमा धेरैजसोले त्यसलाई फालेर त्यस्तै अर्को कीबोर्ड कम्प्युटर पसलबाट किनेर ल्याउने गर्दछन्। नयाँ कीबोर्ड किनीसकेपछि पनि पुरानो फाल्ने गर्दछन्। तर पुरानो कीबोर्ड नफालेर त्यसका प्रिन्ट रहेका कीलाई अर्को कीबोर्डमा प्रयोग गर्न सकिन्छ। त्यसो त कीबोर्डका केही की मात्र पनि बजारमा किन्न पाइन्छ। यसरी ब्रि्रेको केही की मात्र बदल्नेहो भने पनि घरमा नै कीबोर्डको मर्मत हुनसक्छ। यदी कुनै ल्यापटपको की ब्रि्रेको छ भने त्यो फेर्न महँगो पर्छ। यस्तो अवस्थामा कुनै एक की मात्र पुरानो कीबोर्डबाट झिकेर राख्न सकिन्छ। यसो गरेको खण्डमा काम पनि चल्ने र पैसा पनि जोगिने हुन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...