बढ्छ एण्ड्रोइडको ब्याट्री ब्याकअप

स्मार्ट फोन, यतिखेर विश्वभरका मोबाइल खरिदकर्ताको पहिलो रोजाइको फोन हो। नयाँ पुस्ताको यो मोबाइलमा विश्वकै ध्यान आकषिर्त हुनुमा यसमा रहेको कम्प्युटि सुविधा हो। यो फोन कम हातमा अनि गोजिमा अट्ने कम्प्युटर नै हो। गुगलको अपरेटि सिस्टम एण्ड्रोइड भएको स्मार्टफोनले विश्वको तीन चौथाइ बजार लिएको छ। एप्पलको आइफोन भन्दा निक्कै अगाडि छ बजार र प्रयोगको हिसाबले एण्ड्रोइड स्मार्टफोन। यसको प्रयोगसँगै प्रयोगकर्ताले सामान्य जाभामा आधारित मोबाइल फोन भन्दा एण्ड्रोइड फोनले बढी ब्याट्री खपत गर्ने र छिटै ब्याट्री सकिने गुनासो गर्न भने थालेका छन्। प्रयोगकर्ता र्सतक नहुँदा मोबाइलमा विभिन्न एप्लिकेसनहरु बन्द नभएका कारण पनि एण्ड्रोइड फोनले ब्याट्री ब्याकअप कम दिन्छ। तर यसलाई केही उपायहरु अपनाएर बढाउन भने सकिन्छ।

त्यसका लागि यी उपायहरु अपनाउनु पर्छ। जसले गर्दा तपाइँको एण्ड्रोइड स्मार्ट फोनले ब्याट्री कम खपत गर्छ र तपाइँको फोन चल्छ लामो समय सम्म।

१. टुजी प्रयोग

तपाइँलाई स्मार्ट फोनमा हरेक समय त उच्चगतिको इन्टरनेट आवश्यक पर्दैन। थ्रीजी मोबाइल नेटवर्कको उच्चगतिको इन्टरनेट सुविधा आवश्यक नपरेको समयमा तपाइँको मोबाइलमा टुजी नेटवर्क प्रयोग गर्नुहोस्। wireless controls » mobile networks » Use only 2G networks मा गएर तपाइँ फोनलाई टुजी नेटवर्क मोडमा लैजान सक्नुहुन्छ। कतिपय स्थानमा जाँदा तपाइँको फोनमा थ्रीजीको नेटवर्क देखाउँदैन। यदी यस्तो भएको छ भने तपाइँ आफ्नो फोनलाई टुजी मोडमा लैजानुहोस्।

२. चमक कम

स्मार्ट फोनलाई स्मार्ट राख्नको लागि आफ्नो फोनको स्क्रिनको चम्किलोपनलाई कम बनाउनुहोस्। जसका लागि फोनमा ब्राइटनेस घटाउने सुविधा राखिएको छ। जसका लागि settings » sound & display » brightness मा गएर स्क्रिनको चमकलाई कम बनाउन सकिन्छ। स्मार्ट फोनका टचस्क्रिन ठूलो आकारको हुने भएकाले यसले बढी ब्याट्री खपत गर्ने हुन्छ। तर पनि सामान्य स्क्रिनले भन्दा एमोल्ड स्क्रिनले कम मात्र ब्याट्री पावर खान्छ।

३. स्क्रिन आइम आउट

स्मार्ट फोनमा दिएको स्क्रिन टाइम आउट गर्ने सुविधा ब्याट्रीको पावर जोगाउनका लागि नै हो। Settings » sound & display » screen timeout मा गएर स्मार्ट फोनको स्क्रिन टाइम आउट सेट गर्न सकिन्छ। यस अप्सनले तपाइँलाई स्मार्ट फोनको स्क्रिन कतिसमय पछि आफै बन्द गराउने भन्ने निर्धारण गर्न सहयोग गर्छ। यसमा जति कम समय निर्धारण गर्नुहुन्छ त्यति नै तपाइँको फोनको ब्याट्रीको पावर जोगिन्छ।

४. वाइफाइ, ब्लुटुथ बन्द

स्मार्ट फोन चलाउनेहरु त्यसै पनि स्मार्ट छन्। त्यसैले उनीहरु आवश्यक नपरेको र प्रयोग नगरेको समयमा ब्लुटुथ र वाइफाइ बन्द राख्छन्। हो यसरी आवश्यक नभएको र नचलाएको समयमा ब्लुटुथ, वाइफाइ तथा एज जस्ता कनेक्टिभिटिका सुविधालाई बन्द राख्दा मोबाइलको ब्याट्री पावर कम खर्च भइ ब्याट्रीको ब्याकअप बढ्छ।

५. भाइब्रेसन बन्द

मोबाइललाई भाइब्रेसनमा राख्दा शरिर थर्किएर फोन आएको थाहा पाइने भएपनि यसले मोबाइलको ब्याट्री भने घटाउने काम गर्छ। त्यसैले यदी तपाइँ आफ्नो स्मार्ट फोनको ब्याट्री ब्याकअप बढाउन चाहनुहुन्छ भने तपाइँले भाइब्रेसन हटाउनु पर्छ। स्मार्ट फोनको settings » sound & display » phone vibrateमा गएर भाइब्रेसन हटाउन सकिन्छ। भाइब्रेसन हटाउँदा फोन आएको थाहा पाउँदिन कि भन्ने लाग्छ भने रिटोनको आवाज बरु चर्को बनाउनुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...