ब्लग तथा वेबसाइट चलाउनुहुन्छ र त्यसको लिंक फेसबुक तथा ट्वीटरमा सेयर गर्नुहुन्छ भने तपाइँका लागि आवश्यक छ आफ्नो वेब ठेगाना छोटो बनाउनु। ’cause सामाजिक सञ्जालमा तथा इमेल गरेर कसैलाई कुनै वेबसाइटको ठेगाना पठाउँदा लामो लिंक बनिरहेको हुन्छ। जसले गर्दा तपाइँको लिंक सामाजिक सञ्जालमा हेर्नेहरुका लागि आँखाको कसिन्गर बन्छ। तपाइँको स्टाटस हाइड गर्नेको संख्या बढि हुन्छ। त्यसबाट बच्नकालागि तपाइँले आफ्नो वेबठेगानालाई छोटो बनाउन सक्नुहुन्छ। त्यो पनि निशुल्क। त्यसका लागि विभिन्न वेबसाइटमा सेवा उपलब्ध छन्। ती मध्येको एक हो गुगलको युआरएल र्सटनर। जसका लागि तपाइँ यो ठेगानामा जानुपर्ने  हुन्छ। यो पेज खुलिसकेपछि एउटा बक्स देखिन्छ जहाँ तपाइँले आफ्नो लामो वेब ठेगानालाई पेस्ट गर्नुपर्छ। त्यसपछि र्सटन लेखिएको बटनमा क्लिक गर्नासाथ तपाइँको लामो वेबठेगानामा पुग्ने छोटो लिंक तयार हुन्छ। जसमा क्लिक गर्नासाथ तपाइँले सामाजिक सञ्जाल वा साथीभाईलाई इमेल मार्फ सेयर गर्न खोज्नुभएको पेजमा पुग्न सकिन्छ। यो जुनसुकै माध्यममा र जहिले प्रयोग गर्दा पनि तपाइँले चाहेकै पेजमा पुग्छ।