यात्रामा मोबाइल चार्ज…

कतै घुम्न जान लाग्नुभएको छ या शहरबाट घर फर्किंदै हुनुहुन्छ। वा कतै आफन्तकोमा भेटघाटका लागि लामो यात्रामा निस्कन लाग्नुभएको छ भने त्यतिबेला आवश्यक पर्छ मोबाइलका लागि एक्स्ट्रा ब्याकअप। किनकी लामो बसयात्रामा तपाइँको समय कटाउने माध्यम र साथी भनेको नै ग्याजेट हुन्छ। फोन, एमपीथ्री वा आइपड गीत सुन्न, खेल खेल्न अनि सिनेमा नै हेर्न मिल्ने सुविधा फोन लगायतका ग्याजेटमा भएपछि यात्राका लागि साथी भनेका नै गोजीमा रहेका ग्याजेट हुन थालिसकेका छन्। यस्तोमा एउटा समस्या भनेको मोबाइल वा यस्ता ग्याजेटको ब्याट्री ब्याकअपलाई कसरी लामो समय टिकाउने हुन्छ। यात्राको समस्या भनेको यस्ता उपकरणलाई कसरी चार्ज गर्ने भन्ने हो। ’cause लामा लामा बस यात्राका क्रममा यी उपकरणका ब्याट्री खेल, भिडियो अनि गीतमा रमाउँदा नै सकिन थाल्छन्। ब्याट्री सकिने डरले नै यात्राका क्रममा मोबाइलको कम प्रयोग गर्नेहरु पनि प्रसस्त छन्। तर यसखालका डर र समस्याबाट जोगिनका लागि उपाय पनि प्रसस्त भइसकेका छन्। जसले तपाइँको यात्रामा ग्याजेटको माध्यमबाट प्राप्त हुने रमाइलो वा आनन्दलाई टाढा राख्ने छैन।

यात्रामा निस्कने ग्याजेट प्रेमीलाई नै लक्षित गरेर विभिन्न निर्माताले बोकेर हिंड्न सकिने खालका साना पोर्टेबल चार्जरहरु बजारमा ल्याएका छन्। जसले जुनसुकै खालका मोबाइल उपकरण फोन, एमपीथ्री, आइप्याड, आइपड सबै चार्ज गरिदिन्छन्। जसको प्रयोगले तपाइँ यात्रामा निश्चिन्त भएर आफ्नो ग्याजेटको प्रयोग गर्न सक्नुहुन्छ। यीनको प्रयोगले तपाइँलाई आफ्नो ग्याजेट प्रयोगको स्वतन्त्रता मात्र मिल्दैन ब्याट्रीको लामो ब्याकअप पनि मिल्छ।

मास्टर पोर्टेबल चार्जर

मास्टर पोर्टेबल चार्जरले पोर्टेबल ब्याट्रीले जसरी नै काम गर्छ। यात्रामा जानुभन्दा अगाडि यसलाई फुल चार्ज गरेर भने लैजानु पर्छ। यसलाई साथमा लिएर जानुभएको छ भने बिजुली नपुगेको स्थान देखी बस यात्रामा पनि तपाइँका आवश्यक ग्याजेट र मोबाइललाई यसको माध्यमबाट चार्ज गर्न सक्नुहुन्छ। पटक पटक पालो गरेर यसको माध्यमबाट धेरै नै ग्याजेट चार्ज गर्न सकिन्छ। बजारमा विभिन्न क्षमतामा यस्ता मास्टर पोर्टेबल चार्जर उपलब्ध छन्। कुनै १५०० एमएएच त कुनै २००० एमएएच क्षमताका ब्याट्री चार्ज गर्ने खालका हुन्छन्।

युएसबी केबलको माध्यमबाट १५०० एमएएच क्षमताको ब्याट्री चार्ज गर्ने मास्टर पोर्टेबल चार्जरबाट सबै खालका मोबाइल, जीपीएस उपकरण, एमपीथ्री प्लेयर चार्ज गर्न सकिन्छ। क्षमता र गुणस्तर हेरी यीनको मुल्यमा फरक पर्न सक्छ। नेपाली बजारमा भने सस्ता र कमसल चिनियाँ यसखालका उत्पादनको चाप बढि छ। त्यसैले यसखालको मास्टर किन्दा बिक्रेता र उत्पादनको निर्माताका ’boutमा पहिला सचेत हुनु आवश्यक हुन्छ।

ब्याट्री बुस्टर केस

ग्याजेट बजारमा यतिखेर विभिन्न खालका ब्याट्रीलाई ब्याकअपमा सपोर्ट गर्ने केसहरु पाउन सकिन्छ। यात्रामा निस्कनेहरुका लागि आफ्ना फरक फरक ग्याजेटका लागि फरक फरक चार्जर बोक्नु भन्दा यसखालको बुस्टर केस प्रयोग गर्नु सबैभन्दा सजिलो हुन्छ। हरेक खालका उपकरणका लागि यस्ता केस उपलब्ध छन्। जसको प्रयोगले मोबाइल फोन तथा ग्याजेटका ब्याट्री ब्याकअप दोब्बर वा सो भन्दा बढी समयका लागि हुन्छन्। वास्तवमा यो ब्याट्री बुस्टर केस फोन वा ग्याजेटलाई सुरक्षित राख्नका लागि प्रयोग हुने खोल नै हुन्। जसमा विशेष क्षमता रहेको हुन्छ। जसले ब्याट्री खपतलाई कम गरेर लामो समयसम्म टिकाउने हुन्छ। ब्याट्री बुस्टर केस पातलो र साधारण ग्याजेट खोल भन्दा गरुंगा हुन्छन्।

ब्याट्रीमा आधारित चार्जर

मोबाइल वा अन्य खालका ग्याजेटलाई यात्रा वा संकटमा चार्ज गर्नका लागि साधारण ब्याट्रीको उर्जा प्रयोग गरेर चार्ज गर्न सकिने खालका उपकरण पनि बजारमा उपलब्ध छन्। यीनले मोबाइल वा अरु ग्याजेटलाई फुल चार्ज गर्न नसकेपनि संकटमा तपाइँलाई साथ भने दिन्छन्। यस्ता खालका चार्जर विभिन्न क्षमतामा पनि उपलब्ध हुन्छन्। ठूला ए साइजका ब्याट्री लाग्ने देखी साना ए ए साइजका (साधारण रुपमा पेनलाइटको ब्याट्री भनिने) ब्याट्रीले पनि मोबाइल चार्ज गर्न सकिन्छ। यस्ता चार्जरमा युएसबी, माइक्रो युएसबी देखी नोकिया या अन्य कम्पनीका फिचर फोनका लागि उपयुक्त हुने चार्ज कनेक्टरले पनि काम गर्छन्। तर यसखालको चार्जर किन्नु अगाडि आफ्नो मोबाइलको ब्याट्रीको क्षमताका ’boutमा जानकार भने हुनुपर्छ।

हृयाण्ड क्र्याक मोबाइल चार्जर

यस खालको चार्जरले मोबाइलको ब्याट्री लो भएको समयमा साथ दिन्छन्। यीनले मोबाइल वा अन्य ग्याजेटको ब्याट्री लो भएको अवस्थामा तत्काल चार्ज गर्ने क्षमता राख्छन्। यदी फोनको ब्याट्री सकिएर त्यसको जनाउ स्वरुप वीप वा अन्य खालका सन्देश आएको छ भने तत्काल यसलाई फोनमा जोडेर फोनमा कुराकानी गर्न सकिन्छ। यदी फोन ब्याट्री सकिएर अफ नै भएको छ भने पनि यसलाई जोडेर लामो समय सम्म कुराकानी गर्न सकिन्छ। यस्ता खालका चार्जर युएसबी कनेक्टरको मदतले मोबाइलमा जोड्न सकिन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...