यहाँ छन् आइकन

आइकन, कुनै पनि कुरालाई बुझाउने चित्रात्मक अभिव्यक्ति हो। जसको माध्यमबाट सजिलो तरिकाले विभिन्न कुराहरु बुझाउन सकिन्छ। विशेष गरेर डिजिटल उपकरणमा यस खालको आइकनको प्रयोग धेरै हुने गर्दछ। मोबाइल, कम्प्युटर तथा ट्याब्लेटहरुमा आइकनको प्रयोगबाट विभिन्न फाइलको आकार तथा स्टाइलमा परिवर्तन ल्याउन सकिन्छ भने कतिपय अवस्थामा आइकन मनोरञ्जनको माध्यम पनि हुनसक्छ। त्यसो त विद्यालय तथा कलेजमा विभिन्न स्थानहरुलाई आइकनले जनाउन पनि सकिन्छ। लोगो तथा चित्रकारीको क्षेत्रमा काम गर्नेका लागि आइकन झनै महत्वको हुन्छ। जहाँबाट नयाँ आइडिया लिन सकिन्छ। वेबसाइट डिजाइन तथा सफ्टवेयरको क्षेत्रमा काम गर्नेका लागि पनि आइकनको महत्व उत्तिकै छ। रेफरेन्सका लागि पनि यस्ता आइकनको प्रयोग हुन सक्छ। विभिन्न विषयका आइकन खोज्नका लागि गुगलको सहारा लिनुभएको छ भने तपाइँको समय धेरै खर्च भइरहेको हुनसक्छ। इन्टरनेटमा यस्ता पेजहरु पनि छन् जसले आइकन मात्र संकलन गरेर राखेका छन्।

यदी तपाइँ आफ्नो काम तथा पेशा सँग सम्बन्ध भएका आइकनको खोजीमा हुनुहुन्छ भने मिस्टर आइकन्स तपाइँका लागि अति उत्तम विकल्प हो। यो एउटा आइकनसँग सम्बन्धित सर्च सुविधा भएको वेबसाइट हो। जसमा एक लाख भन्दा बढि प्रकारका र चारसय भन्दा बढि सेट नै आइकनका छन्। जसबाट तपाइँलाई आफ्नो रोजाइ अनुसारको एउटा मिल्न सक्छ।

वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुहोस्

यी र यस्तै जानकारीका लागि दूरसञ्चारडटकमसँग फेसबुक ट्वीटरमा जोडिनुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...