स्मार्टफोनलाई जोगाउनुस्

मोबाइल फोन, सबै भन्दा सजिलो र भरपर्दौ माध्यम भएको छ यतिखेर। सम्पर्क र सम्बन्धका लागि मात्र होइन। यो एउटा फोन भन्दा कैयौं गुणा बढी बनिसकेको छ। यसमा समयसँगै जोडिन आएका नयाँ सुविधा र सेवाका कारण मोबाइल एउटा कुराकानी गर्ने यन्त्र भन्दा धेरै बढी भइसकेको छ। स्मार्ट बनिसकेको छ मोबाइल नयाँ र अनौठा सुविधाका साथ। स्मार्टफोनको रुपमा विकास भएको यो मोबाइल धेरै कम्प्युटिङ सुविधाका साथ आएको छ। जसले मोबाइल बोक्नेलाई पनि धेरै स्मार्ट बनाएको छ। यससँगै स्मार्ट मोबाइल धारकका लागि नयाँ चुनौति पनि थपिन थालेका छन्। किनकी मोबाइल बोक्ने मात्र होइन हृयाकर र स्पाइवेयरको खेती गर्नेहरु पनि स्मार्ट भइसकेका छन्। त्यसैले लिनेको संख्यासँगै बढिरहेको छ स्मार्टफोनमा खतरा, असुरक्षा र थ्रेट। यतिखेर विश्वभर नै स्मार्ट फोन लिनेको संख्यामा smartphone_antivirusबढोत्तरी भइरहेको छ। स्मार्ट फोनमा रहेको कम्प्युटि सुविधा साथै पुरानो फिचर फोनको तुलनामा राम्रो क्यामेरा। संगित, सिनेमा हेर्न सकिने सुविधा, इन्टरनेट र विभिन्न सफ्टवेयर राख्न सकिने सुविधाले स्मार्टफोन लाई मात्र होइन फोन बोक्नेलाई पनि स्मार्ट बनाएको छ। तर इन्टरनेटको सुविधाले स्मार्टफोनको माध्यमबाट जति राम्रो कनेक्टिभिटिमा सुधार भएको छ र सुविधा मिलेको छ त्यति नै त्यसबाट खतरा पनि उत्पन्न हुने गर्दछ। यी खतराबाट स्मार्टफोन र आफूलाई जोगाउन सक्नुभयो भने मात्र तपाइँ बन्नुहुन्छ असली स्मार्ट।

स्मार्टफोन मार्फत इन्टरनेट चलाउन जति सजिलो भएको छ त्यति नै फोनमा भाइरस वा अन्य स्पाइवेयरको खतरा बन्न थालेको छ। मानिसहरु जसरी स्मार्टफोन प्रति उत्सुक र आकर्षित भइरहेका छन् त्यसरी नै हृयाकर भाइरस र स्पाइवेयरको माध्यमबाट मानिसहरुको जानकारी र सूचना चोर्न सक्रिय छन्। जसले तपाइँको मोबाइल फोनमा समस्या ल्याउने देखी अनावश्यक खर्च बढाउने गरिरहेका छन्। कतिपय अवस्थामा त तपाइँ अनावश्यक रकम फसाउन बाध्य पनि हुनु भएको होला। त्यसैले यी सबै कुराबाट आफू बच्न र फोनलाई बचाउन स्मार्टफोन चलाउनेहरु थप स्मार्ट बन्नु आवश्यक छ। याद राख्नुस् निम्न कुराहरु गरेर तपाइँले फोन पनि जोगाउन सक्नुहुन्छ। अनि बन्नुस् स्मार्ट।

एप्स डाउनलोड

स्मार्ट फोनमा उपलब्ध सफ्टवेयर अर्थात् एप्स नै यसको महत्वपूर्ण र प्रमुख आकर्षण हो। साथै भाइरस र विभिन्न खालका हृयाकर गतिविधि हुने माध्यम पनि यही हो। हृयाकरलाई पनि थाहा छ कि तपाइँ स्मार्ट फोनमा उपलब्ध धेरै खालका एप्सहरु ट्राइ गर्नुहुन्छ। त्यसैले उनीहरुको पहिलो एट्याक नै एप्सको माध्यमबाट हुन्छ। त्यसैले आफ्नो फोनमा एप्स डाउनलोड गर्दा याद राख्नुस् ती एप्स गुगलको प्लेस्टोर बाट मात्र डाउनलोड गर्नुस्। अन्य तेस्रो पक्षिय वेबसाइटबाट डाउनलोड नगर्नुस्। त्यसै गरि आफ्नो स्मार्ट फोनको सेटि मा नै गएर गुगल प्ले स्टोरबाहेक अन्य वेबसाइटबाट एप्स डाउनलोड नगर्ने बनाउनुहोस्। एण्ड्रोइडमा फोनको सेटि र सेक्युरिटीमा यसखालको व्यवस्था हुन्छ। त्यसो त आइफोनमा पनि एप्पलको आधिकारिक साइटबाट मात्र एप्स डाउनलोड गर्ने गर्नुहोस्।

समिक्षा पढौं

कुनै पनि खालका एप्सलाई आफ्नो स्मार्टफोनमा इन्स्टल गर्नु अगाडि त्यसका ’boutमा पढ्ने गरौं। यदी तपाइँलाई कुनै एप्स मन परेको छ भने त्यसको ’boutमा लेखिएका समिक्षा लेखहरु नपढी आफ्नो फोनमा त्यसलाई स्थान दिनु हानिकारक हुनसक्छ। विभिन्न वेबसाइटमा राखिएका निशुल्क एप्ससँगै भाइरस र स्पाइवेयर पनि तपाइँको फोनमा भित्रने सम्भावना हुने भएकाले त्यसखालका वेबसाइट र एप्सका ’boutमा विभिन्न अनलाइन पोर्टल, ब्लग तथा फोरमहरुमा लेखिएका विचार र अनुभवहरु पढ्ने गर्नुपर्छ। यसखालको पढाइ फोनमा एन्टीभाइरस इन्स्टल गर्नु अगाडि पनि आवश्यक हुन्छ। अहिले स्मार्टफोनमा एन्टी भाइरस राख्नु अत्यन्त जरुरी भइसकेको छ।

अनलक सिस्टम

स्मार्टफोनमा भाइरस बाहेक अर्को खतरा भनेको फोन हराउनु वा चोरी हुनु हो। जसको कारण तपाइँको सूचना तथा जानकारी अर्कोको हातमा जान्छ। यस्तो अवस्थामा आफ्ना सूचना तथा जानकारी जोगाउनका लागि तपाइँले आफ्नो फोनमा फेस अनलक सिस्टमको प्रयोग गर्नु जरुरी हुन्छ। जसको कारण तपाइँको फोन हराए पनि अर्कोले जानकारी पनि चोर्न सक्दैन र फोनको दूरुपयोग पनि गर्न सक्दैन। हुनसक्छ उसले चलाउन नसकेका कारण फोन तपाइँको हातमा फर्केर आउन सक्ने वातावरण पनि बन्ने। sms-malwere

सन्देशमा सतर्कता

स्मार्टफोनमा स्पाइवेयर तथा भाइरस खाली इन्टरनेट र एप्सको माध्यमबाट मात्र आउँदैनन्। तपाइँको मोबाइलमा आउने सन्देश तथा इमेलबाट पनि यस्ता खालका गतिविधि हुनसक्छन्। त्यसैले फोनमा आउने एसएमएस वा एमएमएस अनि इमेल चेक गर्दा दिइएका लिंकका ’boutमा जानेर मात्र क्लिक गरौं। फोनमा आएका एसएमएस तथा एमएमएस खोल्नु भन्दा अगाडी पठाउनेका ’boutमा पनि सतर्क हुनु पर्दछ। ती सन्देश नभएर भाइरस वा स्पाइवेयर पनि हुनसक्छन्।

अपडेट अफ

स्मार्टफोन बोक्ने धेरैले गुनासो गर्ने कुरा भनेको यो चलाउँदा धेरै डाटा गयो। वा इन्टरनेटको शुल्क धेरै चढ्यो भन्ने हुन्छ। धेरै यस्ता फोन बोक्नेले जीएसएम मोबाइल सेवा दिने नेपाल टेलिकम वा एनसेललाई धेरै पैसा लिएको भनेर गाली गर्ने गरेका छन्। तर स्मार्टफोन लिनेले स्मार्ट बन्नका लागि जान्नु पर्ने कुरा के हो भने यस्ता स्मार्टफोनमा उपलब्ध सबै सेवाहरु निशुल्क छैनन्। त्यो मध्ये प्रमखु त्यहाँ भएका एप्सका अपडेटहरु निशुल्क हैनन्। त्यसैले फोनमा आफूले इन्स्टल गरेको एप्सले फोन चलाउने व्यक्तिको जानकारी बिना नै सिधै इन्टरनेटमा एक्सेस राख्छ राख्दैन भन्नेमा ध्यान दिनुपर्छ। एप्लिकेसनको सेटिङमा गएर इन्टरनेट प्रयोगका लागि उक्त एप्लिकेसनलाई सिधा एक्सेस नदिने वा इन्टरनेट प्रयोग गर्नुपर्ने अवस्थामा व्यक्तिलाई जानकारी गराउने सेटिङ मिलाउनुपर्छ। अर्थात् एप्सहरुको अटो अपडेट हुने अप्सनलाई बन्दमा राख्नुपर्छ। नत्र तपाइँको मोबाइलमा फोन नै नगरी र थाहै नपाइ डाटा अर्थात् इन्टरनेटको बिल चढिरहेको हुन्छ।

यी र यस्तै जानकारीका लागि दूरसञ्चारडटकमसँग फेसबुक ट्वीटरमा जोडिनुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...