वेबसाइट, इन्टरनेट तथा वेबस्पेशको एउटा भाग। यसलाई वेबपेज पनि भनिन्छ। इन्टरनेटमा बढेको मानिसहरुको पहुँच र निर्भरताले वेबसाइटलाई अनिवार्य आवश्यकताको साधन बनाएको छ। विशेष गरेर व्यवसाय गर्ने वा सेवा दिने संस्थाकालागि वेबसाइट अनिवार्य छ। वेबसाइट नभएको कम्पनी वा संस्था नेपालमा त पाउन सकिन्छ तर नेपाल बाहेक विकसित मुलुकमा भने करिब करिब असम्भव छ। वेबसाइट पनि नभएको विद्यालय, व्यसायिक संस्था वा कम्पनीको कल्पना पश्चिमा मुलुकका नागरिक त गर्दै गर्दैनन्। सरकारी निकायका मानिस नै उपस्थित हुनुपर्ने बाहेक सबै खालका सेवाहरु ती निकायका वेबसाइटबाटै लिन सकिन्छ। सूचना जानकारी र सेवा मात्र नभएर खरिद बिक्रि पनि वेबसाइटबाट गर्न सकिने भएको दशक हुन लागिसकेको छ। इन्टरनेटमा दैनिकी अभ्यस्त हुँदैजाँदा समाचार र विचार अभिव्यक्तिका लागि पनि यसैलाई माध्यम बनाइन थालेको छ। मुलधारे भनिने छापा पत्रकारितालाई अनलाइन पत्रकारिताका रुपमा वेबसाइटका रुपमा उदाएका मिडियाले वैकल्पिक बनाउन लागिसकेका छन्। यी सबै वेबसाइटको सफलता र प्रभावकारिता भनेको त्यसमा भएका सामग्री कतिजनाले हेर्छन् वा पढ्छन् भन्नेले देखाउँछ। जसलाई विभिन्न माध्यमबाट मापन गर्न र गन्न सकिन्छ।
यही वेबसाइट हेर्ने भिजिटरको संख्याको आधारमा नै इन्टरनेटमा विभिन्न सेवा दिने कम्पनीहरु कति शक्तिशाली वा लोकप्रिय छन् भन्ने पत्ता लाग्छ। समाचार माध्यम वा अनलाइन मिडिया भने यही भिजिटरको आधारलाई नै परम्परागत छापा पत्रकारिताको वितरण वा विक्रिसँख्याको रुपमा लिन्छन्। तपाइँलाई पनि चासो लाग्ला कि नेपालका चलेका भनेका वेबसाइटहरु दैनिक कतिजनाले हेर्छन्। यदी त्यसो हो भने यो वेबसाइटबाट तपाइँले दैनिक कुन वेबसाइट कतिजनाले हेर्छन थाहा पाउन सक्नुहुन्छ।
हामीले नेपालका मुख्य तीन वेबसाइटको भिजिटर संख्या यस्तो पायौं।
ekantipur.com: अंग्रेजी र नेपाली दुवै गरेर
Daily visitors: 58 501 Daily pageviews: 245 706
Onlinekhabar.com
Daily visitors: 52 157 Daily pageviews: 443 339
Nagariknews.com
Daily visitors: 67 404 Daily pageviews: 283 096
लोकप्रिय ब्लग माइसन्सारको दैनिक भिजिटर यस्तो देखियो।