यहाँ छन् फ्रि हिन्दी गीत

बलिउड विश्वको नै सबै भन्दा ठूलो फिल्म उद्योग हो। जहाँबाट वाषिर्क एक हजार भन्दा बढी फिल्म बनेर सिनेमा हलमा पुग्छन्। त्यसैगरी भारतको संगीत उद्योग पनि विश्वको ठूलोमा पर्दछ। जहाँबाट वार्षिक हजारौं, लाखौं गीत र अन्य संगीत उत्पादन विश्व बजारमा उत्रन्छन्। नेपालसँग जोडिएको दक्षिणी छिमेकी भएका कारण नेपालमा भारतीय सिनेमा तथा गीतको प्रभाव र बजार धेरै छ। हिन्दी सिनेमा र टेलिभिजन धेरै हेर्ने भएकाले नेपालका धेरैले हिन्दी बुझ्दैनन् मात्र बोल्छन् पनि। त्यसो त मातृभाषा संस्कृत, मिल्दोजुल्दो संस्कृती र देवनागरी लिपी भएका कारण पनि नेपालीका लागि हिन्दी धेरै सजिलो छ। अंग्रेजीका तुलनामा नेपालीले हिन्दी धेरै गुणा जान्दछन्। त्यस कारण पनि नेपाल र नेपालीबीच हिन्दी गीतहरु लोकप्रिय छन्। नेपालका रेडियो र टेलिभिजन स्टेशनले पनि नेपाली भन्दा बढी हिन्दी गीत नै बजाउने गरेका छन्। त्यसले गर्दा पनि नेपाली जमात धेरै छ हिन्दी गीत सुन्ने।
इन्टरनेटको जमानामा हिन्दी गीत सीडीमा किन्ने पनि कम छन्। त्यसमा पनि पाइरेटेड गीत वा अन्य सामग्री डाउनलोड गर्ने सुविधा पनि दिएको छ इन्टरनेटले। कतिपय त गीत निशुल्क हेर्न वा सुन्न पाइन्छ नै। यूट्यूब जस्ता साइटमा अनेकन गीत र तिनका म्यूजिक भिडियो छ्यासछ्यास्तै पाइन्छ। खाली र्सच बारमा गएर टाइप गरे मात्र पुग्छ। तर त्यस्ता वेब ठेगानामा एउटा चलचित्र वा एल्बमका सबै अनि पुरा गीत हुँदैनन्। तर केही यस्ता वेबसाइट छन् जसले पुरै गीत निशुल्क सुनाउँछन्। त्यसका लागि केही लोकप्रिय वेबठेगाना यी हुन्।

राग
raagaयो वेबसाइटमा हिन्दी, तमिल, तेलगु, मलायलम, कन्नड, बंगाली, पञ्जाबी लगायतका सबै खालका भारतीय गीतहरु पाउन सकिन्छ। यसको विशेषता भनेको सबैले मन परेको गीत छानेर सुन्न सक्नु हो। त्यो पनि निशुल्क। यो वेबसाइटमा जानुस आफूलाई मन परेको गीत छानेर सुन्न सक्नुहुन्छ। जहाँ केही एमपीथ्री गीतहरु डाउनलोडको पनि सुविधा रहेको छ। यसले मैथली र भोजपुरीका गीतलाई पनि समेटेको छ।

ढिंगाना

 

dhinganaयो वेबसाइटमा नै भनिएको छ हिन्दी, बलिउड र भारतीय संगीत प्रिm भनेर। जसमा भारतका सबै भाषा र क्षेत्रका गीत पाउन सकिन्छ। यसमा हिन्दी फिल्म बाहेक भारतमा निस्कने विभिन्न वर्गका गीतको संग्रह पाउन सकिन्छ। यसले फिचर्ड, सबै भन्दा बढि सुनिएका र भरखरको प्रवृत्ति भनेर ट्रेण्डि गीतहरु पनि दिन्छ। यसको एप स्मार्टफोनमा डाउनलोड गरेर सिधै फोनमा पनि गीतहरु सुन्न सकिन्छ।

गुगल म्यूजिक

google music india
गुगलको भारतीय पेजहरु मध्ये संगीतलाई लक्षित पेज हो यो। यसमा खुल्नासाथ नै लेखिएको पाइन्छ कलाकार, एल्बम वा गीतको नाम लेखेर र्सच गर्नुस् भनेर। यसको र्सचबारमा कुनै पनि गीत वा लेखकको नामबाट उक्त गीत भेटेर सुन्न सकिन्छ। यसमा भारतका लोकप्रिय गीत र तीनका सीडी तथा डीभीडीका गीत कभर साथै कलाकारको नाम सहित रहेका छन्।

इनडटकम

 

in

यो वेबसाइट गीत मात्र नभएर मनोरञ्जन वेबसाइट पनि हो। जसमा राखिएका लिंक र पोस्ट मार्फ गीत मात्र नभएर समाचार, मनोरञ्जन र व्यवसायका अनेकन साइटमा जाने लिंक राखिएका छन्। तर पनि यसको मुख्य सामग्री भनेको गीत नै छ। यसलाई हिन्दी वा अंग्रेजी दुवैमा चलाउन सकिन्छ। यो पेजमा आफू दर्ता भएर मन लागेको गीत सुन्न पनि पाइन्छ। यसले तत्कालका टप टेन गीतको पनि सूचि निकालिरहेको हुन्छ।

म्यूजिक इण्डिया अनलाइन

 

music india onlineयो वेबसाइटले पनि भारतका सबैजसो भाषाका गीतलाई स्थान दिएको छ। यसमा तलिम, कन्नड, भोजपुरी गीतहरु पनि राखिएका छन्। तर यसको लोकप्रियता भने हिन्दी गीतका कारण भएको हो। यसमा कलाकारको तस्विर सहित उनीहरुको गीतको अवस्था र प्रसिद्धलाई टपमा राख्ने काम हुन्छ, यसबाट पनि तपाइँहरुले प्रसस्त हिन्दी गीतकोआनन्द लिन सक्नुहुन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...