Loading...

यसरी राखौं नोकिया फोन सुरक्षित

सन्तोषराज पोखरेल

नोकिया नेपाल लगायत विकासशील मुलुकहरुमा धेरै प्रयोग हुने मोबाइल सेट हो। यसको नेटवर्क टिप्ने क्षमता र गुणस्तरमा धेरैलाई विश्वास भएकाले विकासशील मुलुकका मानिसहरु यसमा बढि आकषिर्त छन्। पहिलो जीएसएम मोबाइल सेट उत्पादन गरेको कम्पनी भएका कारण पनि जीएसएम मोबाइल लिनेहरुको पहिलो रोजाइमा यो परेको हुनसक्छ। नोकियाले उत्पादन र उपभोक्तालाई सुरक्षित राख्नको लागि मोबाइल चोरी र डाटा चोरीबाट बच्ने विभिन्न उपाय र प्रविधिको विकास गरेको छ। नोकिया ब्राण्डमा अहिले पनि धेरैजसो ‘सिंबियन प्लेटफर्म’ सबैभन्दा बढी लोकप्रिय अपरेटिङ सिष्टमको रुपमा उपयोग हुने गरेको छ। यो सिष्टममा ब्ल्याकबेरी, आइफोन तथा एण्ड्रोइड जस्ता सुविधा उपलब्ध छैनन। तर, यसमा पनि प्रयोगकर्ताहरुका लागि केही सुविधाहरु भने उपलब्ध छन्। यसमा प्रयोगकर्ताले मोबाइल तथा डाटा चोरी हुनबाट रोक्न एण्टी थेफ्ट प्रोग्राम सजिलै चलाउन सक्छन । जसबाट यो अपरेटिङ सिष्टम भएका नोकिया मोबाइल प्रयोगकर्ताले डाटा सुरक्षाका लागि धेरै चिन्तित भइहाल्नु पर्दैन। यो लेखमा यस’boutमा केही जानकारी प्रस्तुत गरिएको छ।

  •   नोकियाको सिंबियन सेट प्रयोगकर्ताका लागि एफ सिक्योर हो।जो प्रयोगकर्ताले नोकियाको ओभी स्टोरबाट सहजै डाउनलोड गर्न सक्छन।
  •  मोबाइल सेट हराएमा यसले प्रयोगकर्ताका लागि आफ्नो मोबाइल सेट जुनसुकै ठाउँबाट लक गर्ने तथा त्यहाँ रहेका डाटाहरु मेटाउने सुविधा प्रदान गर्दछ।
  •  यो सित्तैमा डाउनलोड गर्न सकिन्छ र यसले जम्मा १ दशमलव ८४ प्रतिशत स्पेस मात्रै लिन्छ।
  •  यसमा एउटा मोबाइल नम्बर पहिल्यै नै सेट गर्न सक्ने विशेषता छ।यसले जब प्रयोगकर्ताले आफ्नो फोनमा नयाँ सिमकार्ड परिवर्तन गर्छ।त्यो नयाँ सिमको नम्बर प्रयोगकर्ताले पहिल्यौ नै सेट गरेको नम्बरमा एसएमएस गरिदिन्छ।
  •  हराएको वा चारी भएको फोनको डाटा मेटाउनका लागि आफ्नो सेटमा वाइप सेटिङ गर्नुपर्छ।जसमा आफ्नो एउटा वाइप कोड सेट गर्न सकिन्छ।यदि फोन हरायो वा चोरी भयो भने प्रयोगकर्ताले आफ्नो सेटमा एउटा एसएमएस पठाउनुपर्छ।जसमा वाइपको पछि सो कोड टाइप गर्न सकिन्छ।
  •  नोकिया ‘सिंबियन’ प्रयोगकर्ताले पैसा तिरेर एण्टी थेप्ट सफ्टवेयर प्रयोग गर्ने हो भने एम ट्रेकर उपयुक्त विकल्प हुन सक्छ। जो नोकिया ओभी स्टोरमा केही रुपैयाँ तिरेर गर्न सकिन्छ।
  •  यसमा पनि फोनको सिम परिवर्तन गर्दा वैकल्पिक नम्बरमा एसएमएस अलर्ट, फोनमा भएका डाटा मेटाउने तथा वाइप गर्ने लगायतका विभिन्न विशेषताहरु पाउन सकिन्छ।

यि विशेषताका अलावा प्रयोगकर्ताले जहिले पनि आफ्नो फोनमा भएका डाटालाई कम्प्युटरमा ब्याकअपको रुपमा राख्नुपर्छ।यसरी ब्याकअप राख्दा फोन हराएमा वा चोरी भएमा पनि आफुलाई आवश्यक इमेल, सम्पर्क नम्बरहरु, एसएमएस तथा डाटाहरु सजिलै प्राप्त गर्न सकिन्छ।

Loading...

एक जनाको प्रतिक्रिया

  1. तपाइको सुझाब हजुर एकदम काम लाग्ने खालको रहेछ | धन्येबाद आर्टिकल को लागि |

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ