ब्ल्याकबेरीमा डाटा सुरक्षा

सन्तोषराज पोखरेल

ब्ल्याकबेरी मोबाइल  फोन सँगै इण्टरनेट सेवाका लागि समेत उपयुक्त मानिन्छ। यसको आफ्नै प्रणाली समेत रहेकाले ब्ल्याकबेरी प्रयोगकर्ताहरुले सहज इण्टरनेट प्रयोग गर्न सक्छन। जसकारण  ब्ल्याकबेरी प्रयोगकर्ताहरुले मोबाइलमा डाटा स्टोर गर्ने बढी सम्भावना पनि हुन्छ। अहिले विश्वव्यापी रुपमा बढ्दो डाटा सुरक्षा खतरालाई ध्यानमा राखेर ब्ल्याकबेरीमा डाटा सुरक्षाका लागि समेत विभिन्न सफ्टवेयर तथा एप्लिकेसनहरु विकास भएको पाइन्छ। यहाँ ब्ल्याकबेरी प्रयोगकर्ताका लागि डाटा सुरक्षाका केही जानकारीहरु प्रस्तुत गरिएको छ।

  •   ब्ल्याकबेरी प्रयोगकर्ताले ब्ल्याकबेरीको एप्लिकेसन वर्ल्डमा गएर ब्ल्याकबेरी प्रोटेक्सन एप्लिकेसन सित्तैमा डाउनलोड गर्न सक्छन।
  •   यदि ब्ल्याकबेरी प्रयोगकर्ता हुनुहुन्छ र पनि ब्ल्याकबेरीको फुल एप्लिकेसन प्लान लिनु भएको छैन भने कुनैपनि वाईफाई क्षेत्रमा गएर यो एप्लिकेसन सहजै डाउनलोड गर्न सकिन्छ।
  • यो एप्लिकेसन प्रयोगका लागि तपाईले आफ्नो ब्ल्याकबेरी आईडी बनाउनुपर्ने हुन्छ । यस’boutमा एप्लिेकसन डाउनलोडको समयमा तपाईले जानकारी पाउनुहुन्छ।
  •  तपाईको आइडी बनेपछि यो एप्लिकेसनले तपाईको डाटा ब्ल्याकबेरीको सर्भरमा ब्याकअपको रुपमा राख्ने काम गर्छ। यसले तपाईको सेटमा भएको नम्बरहरु, एसएमएस, इमेल तथा सबै डाटाहरु ब्याकअपको रुपमा राख्छ।   यो एप्लिकेसनको प्रयोग गरेर तपाईले पछिल्लो समयको डाटा पनि स्टोर हुने गरी समय तय गर्न सक्नुहुन्छ।
  •  यो एप्लिकेसनको मुख्य फाइदा तपाईले प्रयोग गरिरहेको मोबाइल सेट हराएमा पनि तपाईले आफ्नो सबै डाटा सहजै पाउन सक्नु हो। तपाईले आफ्नो नयाँ फोनमा ब्ल्याकबेरी डाटा प्रोटेक्सन एपमा गएर  आफ्नो पुरानो आइडी लगइन गरी सबै डाटा हासिल गर्न सक्नुहुन्छ।
  •   यो एप्लिकेसनले प्रयोगकर्ताका लागि रिमोट डाटा डिलिटको समेत सुविधा दिन्छ। यदि मोबाइल फोन हराएमा ब्ल्याकबेरी प्रोटेक्सनको वेवसाइटमा गएर आफ्नो आइडी लगइन गरी आफ्नो हराएको फोनमा भएको डाटा डिलिट गर्न सकिन्छ। यस मार्फत फोनमा भएको जुनसुकै डाटा मेटाउन सकिन्छ।
  •  त्यस्तै तपाईको फोनमा ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस) छ भने तपाईले  हराएको फोन कहाँ छ भनेर लोकेसन समेत पत्ता लगाउन सक्नुहुन्छ। त्यस्तो फोनमा इण्टरनेट मार्पmत नै सन्देश पठाउन तथा साइरन समेत बजाउन सक्नुहुन्छ। तर, फोन भने अन हुनुपर्छ।
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...