यसरी धोऔं फेसबुकमा अनुहार

फेसबुक, इन्टरनेटमा व्यक्तिको अनुहार हो। वास्तवमा फेसबुकको शाब्दिक अर्थ पनि यही नै हो। इन्टरनेटमा निशुल्क उपलब्ध यो सामाजिक सञ्जाल मानिसहरुको व्यक्तित्व सार्वजनिक गर्नका लागि प्रयोग हुँदै आएको छ। त्यसो त फेसबुक आफ्नो विचार र्सार्वजनिक गने मञ्चको रुपमा पनि प्रयोग हुँदै आएको छ। फेसबुक विचार मन्थनको स्थल तथा सार्वजनिक विषयमा छलफल गर्ने मञ्च पब्लिक स्पेयरका रुपमा विकास हुनुको पछाडी बढ्दै गएको इन्टरनेटको पहुँच र साक्षरताको वृद्धिले पनि हो। यतिखेर फेसबुकमा राजनीति देखी समाजका समसामयिक विषय छलफल तथा स्टाटस अपडेट हुने मुख्य कुरा बनेका छन्। मानिसहरुले आफ्नो मनमा लागेका कुरा फेसबुकको प्रश्न ‘हाउ आर यू डोइङ’ को जवाफका रुपमा लेख्दिइ हाल्छन्।

01 facewash_wash your face on internet_facebook

तर ख्याल गर्नुपर्ने कुरा के हो भने सार्वजनिक मञ्चको रुपमा विकास भएको फेसबुकमा कुनै पनि विचार राख्दा वा तस्विर राख्दा त्यसले भविष्यमा पार्ने प्रभाव के पर्छ? त्यो हो। जागिर वा राजनीतिक नियुक्तिकै सवालमा पनि नियुक्ति प्रक्रिया अगाडि बढ्नु अघि नै सम्बन्धितले तपाइँको फेसबुक तथा इन्टरनेटमा उपलब्ध अन्य सार्वजनिक मञ्चमा तपाईंको उपस्थिती र त्यसमा व्यक्त कुराहरुको अध्ययन गर्छ। जसले तपाइँका ’boutमा धारणा बनाउन मदत गरिरहेको हुन्छ। जसले तपाइँलाई उक्त पद वा अवसरका लागि योग्य वा अयोग्य सावित गर्न सक्छ। त्यसैले सार्वजनिक मञ्चमा कुरा राख्दा सम्हालिनु जरुरी छ। यदी तपाइँले कलेजको समयमा वा युवा अवस्थामा त्यस्ता कुरा राख्नुभएको छ र लाग्छ पछि यसले नकारात्मक प्रभाव पार्छ भन्ने लाग्यो भने त्यसलाई इन्टरनेटको मेमोरीबाट हटाउन पनि सक्नुहुन्छ। हालैमात्र यसखालको सफ्टवेयरको सेवा सुरु भएको छ। फेसबुकका पुराना स्टासर र तस्विर हटाउने यसखालको सफ्टवेयरलाई नाम दिइएको छ ‘फेसवास’। हुन पनि सार्वजनिक मञ्चमा अशिष्ट वा अश्लिल कुराहरु गर्दा फोहर भएको तपाइँको अनुहार यसले धोइदिन्छ। आउनुस हामी जानकारी गराउँछौं कसरी धुने फेसबुकको अनुहार।

पहिला यहाँ क्लिक गर्नुस्। जहाँबाट तपाइँ फेसवासको इन्टरनेट पेजमा पुग्नुहुनेछ।

02 facewash_wash your face on internet_facebook

जहाँ रहेको सुरु गर्नुस् भन्ने यसखालको सन्देशमा क्लिक गर्नुस्।
03  facewash_wash your face on internet_facebookत्यसपछि यो फेसवास भन्ने एपमा जानका लागि एउटा सानो पपअप पेज देखिन्छ। जहाँ रहेको गो टु एप भन्ने बटनमा क्लिक गर्नुस्।

04  facewash_wash your face on internet_facebookत्यसपछि यो फेसवास भन्ने एप्लिकेसनलाई आफ्नो फेसबुकमा रहेका स्टाटस, फोटो, कमेन्ट तथा लिंक खोज्नका लागि पहुँच प्रदान गर्नुस्।

05  facewash_wash your face on internet_facebookdत्यसपछि आफ्नो फेसबुकमा भएका वा हुन सक्ने अभद्र, अशिष्ट तथा अश्लिल शब्दहरु टाइप गरेर सुरु गर्ने भन्ने बटनमा क्लिक गर्नुस्।

तपाइँले यति गरेको केही समयमा (इन्टरनेटको स्पीडमा भर्रपर्छ कति समय भन्ने) तपाइँले टाइप गरेका अशिष्ट, अभद्र तथा अश्लिल शब्दहरु प्रयोग भएका तपाइँले पहिले नै राखेका स्टाटस, कमेन्ट, फोटो क्याप्सन तथा त्यस्ता शब्द भएका पेज र लिंक जसलाई तपाइँले लाइक गर्नुभएको छ त्यो सबै यो एपले तपाइँको स्क्रिनमा देखाउँछ। त्यसपछि तपाइँ क्रमैसँग सबै त्यस्ता पोस्ट र लिंक लुकाउन तथा हटाउन सक्नुहुन्छ। यसले तपाइँको फेसबुकमा रहेको फेसलाई जोगाउन मदत गर्छ। यो बुझ्नुस् कि फेसबुकमा लेखेको कुराले नै तपाइँको असली अनुहार अर्थात् चरित्र झल्काउने हो फोटोले होइन। त्यसैले नराम्रा अर्थ लाग्ने पोस्टहरु हटाएर आफ्नो अनुहारलाई सफा गर्नुस्।

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...