२०१५ मा नेपालमा सर्वाधिक हेरिएका १० वेबसाइट

२०१५ को अन्त्यसंगै यो बर्ष भएका बिभिन्न घटनाक्रमहरुको समिक्षा गर्ने क्रम जारी छ । वेबसाइटहरुको वारेमा जानकारी दिने साइट एलेक्साडटकमका अनुसार सन् २०१५ मा विशेषतः सोसियल साइट, न्यूज साइट, सर्च इन्जिन र इकमर्स साइटहरु सर्वाधिक हेरिएका छन । नेपालमा सर्वाधिक हेरिएका वेबसाइटहरुको संक्षिप्त विवरण यस्तो छ । 

top ten1
फोटो: एलेक्सा

१. फेसबुक
४ फेब्रुअरी २००४ देखि संचालनमा आएको सामाजिक संजाल फेसबुक बिश्वभर लोकप्रिय छ । यसका संस्थापक हुन मार्क जुकरवर्ग । इस्टाग्राम, ह्वाट्सएप, अकुलस, प्राइभेटकोर फेसबुकका सब्सीडायरी कम्पनीहरु हुन । पछिल्लो समय इन्टरनेटको पंहुज विस्तारसँगै यसका प्रयोगकर्ताहरु पनि बढेका छन् । यसको सक्रिय प्रयोगकर्ता १.४४ विलियन जना रहेको कम्पनीको दावी छ । फेसबुकले विभिन्न देशहरुको फ्रि इन्टनेट पनि प्रदान गर्दै आएको छ । सोसियल मिडियाको रुपमा समेत फस्टाउदै गएको फेसबुक चीन, इराक लगायत केही मुलुकहरुमा भने प्रतिबन्धित छन् । फेसबुक बिश्वमा प्रयोग हुने वेबसाइटहरुको सूचिमा दोश्रोस्थानमा छन भने अमेरिकामा पनि दोश्रो स्थानमै छन । त्यस्तै भारत, ब्राजिल, युके र जर्मनीमा तेश्रोस्थानमा रहेका छन् । नेपालमा भने पहिलो स्थानमा रहेको छ ।

२. गुगल
सर्च इन्जिन गुगल बिश्वमा सवैभन्दा बढी प्रयोग हुने वेबसाइट हो । केही नयाँ कुरा खोज्नु परयो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनु परयो अथवा नयाँ विषयमा जानकारी लिनु परयो भने गुगलको सहारा लिन सकिन्छ । ४ सेप्टेम्वर १९९८ देखि संचालनमा आएको गुगलका संस्थापक ल्यारी पेज र सर्जिन ब्रेन हुन । बिश्वभर गुगलमा ५९ हजार ९ सय ७६ जना कर्मचारी कार्यरत छन । गुगल अमेरिकामा प्रयोग हुने वेबसाइटहरुको सूचिमा पनि पहिलो स्थानमा नै रहेका छन । त्यस्तै भारत, नेपाल, र ब्राजिलमा दोश्रो स्थानमा रहेको छ । त्यस्तै जापानमा पाचौं, इरानमा पहिलो स्थानमा रहेको छ । बहुराष्ट्रिय कम्पनी गुगलले सर्च इन्जिनका साथै मेल, न्यूज, क्लाउड, एडभर्टाइज, सफ्टवेयर लगायतका थुप्रै सेवाहरु प्रदान गर्दै आएको छ ।

३. यु–ट्युब
भिडियोहरु अपलोड गर्न, हेर्न र डाउनलोड गर्नका लागि यु–ट्युब लोकप्रिय छ । सन २००५ फेब्रुअरी १४ बाट संचालनमा आएको यु ट्युब बिश्वभर विभिन्न भाषामा उपलब्ध छन । यु ट्युब बिश्वभर प्रयोग हुने वेबसाइटहरुको सूचिमा तेश्रोस्थानमा रहेको छ भने अमेरिकामा चौथोस्थानमा रहेको छ । त्यस्तै भारत, जापान र ब्राजिलमा चौथोस्थानमा रहेको छ भने रसियामा पाचौंस्थानमा रहेको छ । नेपालमा भने तेश्रोस्थानमा रहेको छ ।

४. अनलाइन खबर
नेपाली समाचार साइट  अनलाइन खबर सर्वाधिक हेरिएका साइटहरुको सूचीमा चौथोस्थानमा छ । गत वर्ष ग्लोबल रयांक ७ हजार ७ सय १७ रहेकोमा यो वर्ष २ हजार २ सय ५८ मा आउन सफल भएको छ । अनलाइन खवर नेपालबाट ६० प्रतिशत, अमेरिकाबाट ६.७ प्रतिशत, कतारबाट ४.१ प्रतिशत, युएइबाट ३.३ प्रतिशत र मलेसियाबाट ३.१ प्रतिशतले हेर्ने गरेको छ ।

५. गुगल डटकम डट एनपी

यो गुगलकै नेपाली भर्सन साइट हो ।

६. इकान्तिपुर
इकान्तिपुर डटकम पनि न्युज साइट हो । यसको ग्लोवल रयांकमा ८ हजार ४३ औं स्थानमा रहेको छ । इकान्तिपुर डटकमबाट अनलाइनका साथै कान्तिपुर पब्लिकेशनबाट प्रकाशन हुने कान्तिपुर, साप्ताहिक, नारी, नेपाल लगायत पढ्न सकिन्छ । कान्तिपुरले यो वर्ष अनलाइन संस्करणलाई परिमार्जन गरेर आकर्षक र नयाँ सुविधाहरु थप गरेको छ ।

७. सेतोपाटी
यो पनि नेपाली न्युज साइट नै हो । यसको ग्लोबल ¥यांक गत वर्ष करिव १४ हजार ८ रहेकोमा यो बर्ष घटेर १० हजार २ सयमा आएको छ । सेतोपाटीले ग्लोबल संस्करण र किनमेल संस्करण संचालन गरेपछि यसको अपडेट झन रफ्तार बढेको छ ।

८. ट्वीटर
माइक्रोब्लगिङ साइट ट्विटर सन २००६ देखि संचालनमा आएको हो । ज्याक डर्सै, नअ ग्लास, विज स्टोन, इभान विलियम यसका संस्थापक हुन् । पछिल्लो समय बिश्वभर यसको ट्रेन्ड बढ्दो छ । यसको २०३ मिलियन प्रयोकर्ता रहेको कम्पनीको दावी छ । बिश्वभर संचालित वेबसाइटहरुको सुचिमा यो ९ औं स्थानमा रहेको छ भने अमेरिकामा आठौं स्थानमा रहेको छ । नेपालमा पनि यो आठौं स्थानमै रहेको छ ।

९.इताजा खवर
इताजा खबरले टपटेन रयांकिङमा पहिलो पटक प्रवेश पाएको छ ।

१०.नागरिकन्यूज
रिपब्लिकाको न्यूज साइट नागरिकन्युज नेपालमा हेरिने न्यूजसाइट मध्ये पाचौंस्थानमा रहेको छ । गत वर्ष चौथोस्थानमा रहेको थियो । नेपालमा हेरिने समग्र साइटहरु मध्ये ११ औंस्थानमा रहेको छ भने ग्लोबल रयांक १२ हजार ८ सय रहेको छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...