Loading...

तिर्सनाले कपडा खोलेर देखाइन राष्ट्रियता

01 Tirsana Budhathoki painted her body to reflect nationality
कहिले सेमीन्यूड फोटो सुट गरेर त कहिले अर्न्तवार्तामा हातपातै गर्न खोजेजस्तो भावभंगीमा प्रस्तुत भएर सोसल मिडियामा चर्चा बटुल्न सफल मोडल तथा नायिका तिर्सना बुढाथोकीले भारतले गरेको नाकाबन्दी विरुद्ध कपडा खोलेर विरोध जनाएकी छिन्। कपडा खोलेर उनले शरिरमा नेपालको इतिहास, भूगोल तथा वर्तमानको अवस्थालाई चित्रमा उतारेकि छिन्।

बडी आर्टका रुपमा उनले राष्ट्रिय भावनालाई आफ्नो माध्यमबाट सार्वजनिक गरेको विषय नेपालीका लागि नौंलो हो। पटक पटक अर्न्तवार्ता र सामाजिक सञ्जालमा आफू अरु मोडल तथा नायिकाहरु भन्दा भिन्न शैली र सोचको भएको बताउने उनले अपनाएको बडी आर्टको शैली पनि फरक नै छ। उनको शैलीले युवा पुस्तालाई आकर्षण मात्र गरेको छैन उनीहरुलाई प्रेरित पनि गरेको छ।

पछिल्लो समय फेसबुक र ट्वीटरमा भाइरल बनेको उनको फोटोहरुले उनमा रहेको ‘एक्स्ट्रा’ सोच र शैलीलाई देखाउँछ। सामाजिक सञ्जालमा निक्कै सक्रिय उनी पछिल्लो समय दिँदै नदिएको अर्न्तवार्ताका कारण चर्चामा थिइन, जसका ’boutमा उनले प्रहरी र प्रेस काउन्सिलमा उजुरी समेत गरेकी थिइन। आफ्नो शैलीमा रमाउने उनी आफूलाई अनावश्यक लान्छाना लगाउनेहरुलाई देखाएरै छोड्ने आँट भएकी मोडलका रुपमा आजकल चिनिन थालेकी छिन्।

02 Tirsana Budhathoki painted her body to reflect nationality

03 Tirsana Budhathoki painted her body to reflect nationality

04 Tirsana Budhathoki painted her body to reflect nationality

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ