Loading...

तिर्सनाले कपडा खोलेर रंग पोतेपछि (भिडियो)

Tirsana Body Paint
कम कपडा र दोहोरो अर्थ लाग्ने फोटोहरु फेसबुक, ट्वीटरमा अपलोड गरेर आफूलाई एक्स्ट्रा साबित गर्ने होडमा लागेकी नायिका तथा मोडल तिर्सना बुढाथोकीले यूट्यूबमा भिडियो पनि अपलोड गर्न सुरु गरेकी छिन्। विभिन्न हट फोटोहरु फेसबुक र ट्वीटरमा हिट हुन थालेपछि उनले भिडियो मार्फ आफ्नो एक्स्ट्रा सोच र शैलीलाई सार्वजनिक गर्ने माध्यम बनाएकी हुन्।

उनका फोटोहरुसँगै अब भिडियोमा पनि दर्शक तथा पाठकहरुले उनमा रहेको ‘एक्स्ट्रा’ सोच र शैली देख्न पाउने भएका छन्। सामाजिक सञ्जालमा निक्कै सक्रिय उनी पछिल्लो समय दिँदै नदिएको अर्न्तवार्ताका कारण चर्चामा थिइन, जसका ’boutमा उनले प्रहरी र प्रेस काउन्सिलमा उजुरी समेत गरेकी थिइन। आफ्नो शैलीमा रमाउने उनी आफूलाई अनावश्यक लान्छाना लगाउनेहरुलाई देखाएरै छोड्ने आँट भएकी मोडलका रुपमा आजकल चिनिन थालेकी उनले कपडा खोलेर बडी आर्ट गर्दाको पुरै भिडियो यूट्यूबमा राखेकी छिन्।

उनको भिडियोमा घरबाहिर र भित्रको सिन रहेको छ। जहाँ उनले कपडा खोलेपछि उनको शरिरमा कलाकारले रंग पोतेको देख्न सकिन्छ। उनलाई कलाकारको टीम र सहयोगीले मेहनतका साथ सिंगारेको देख्न सकिन्छ। शरिरमा रंग पोतेको समयमा तिर्सनाले कलाकारलाई के के र कसरी डिजाइन मिलाउने निर्देशन समेत दिएकी छिन्। त्यसो त लामो समय सम्म शरिरलाई क्यानभास बनाउँदाको थकानलाई भुलेर तिर्सनाले अर्न्तवार्ताको शैलीमा भिडियो हेर्ने दर्शकहरुलाई आफ्नो अनुभव र बडी आर्टको ’boutमा जानकारी दिएकी छिन्। हेर्नुस् उनको भिडियो

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ