Loading...

कुहिरोमा चम्किँदो दुबई

दुबई, विश्वका अरु मुलुकका लागि तेल अनि पर्यटकीय मुलुक भए पनि नेपालीका लागि यो देश कर्मभूमि हो। दुबई नेपाली युवाहरुको प्रमुख अनि रोजाइको गन्तब्य हो। यो देशमा नेपाली घुम्न होइन सपना पुरा गर्नको लागि जाने गर्दछन्। घर परिवार अनि आफ्नो भविष्यको एउटा सुखद सपनालाई पृथ्वीमा विपनाको रुपमा उतार्नका लागि २० वर्ष हाराहारी उमेर पुगेका नेपाली युवा पासपोर्ट हातमा लिएर काठमाडौंको त्रिभूवन विमानस्थलबाट विदाइको हात हल्लाउँछन्। अनि सुरु हुन्छ दुबईको श्रमिक जिन्दगी जसले उनीहरुको हातमा पैसा थमाइदिन्छ।

उनीहरुको पैसासँगै परिवार मात्र होइन देश नै बाँचिरहेको छ। यतिखेर नेपालको आम्दानी भनेको नै श्रम र शक्ति बेच्न विदेश लागेका युवा नै हुन्। अरु देशले आफ्नो उत्पादन बेचेर आम्दानी गरिरहेका छन् भने राजनीतिक नेतृत्वमा भ्रष्टहरु जम्मा भएर चलाएको भ्रष्टतन्त्रका कारण नेपाल अहिलेको जुगमा पनि कमारो बेच्ने देशको रुपमा दरिइरहेको छ। हाम्रा प्रधानमन्त्री काठमाडौंमा बसेर बेतुकका भाषणमा व्यस्त छन्।

नेपालीहरुले रगत र पसिना बगाएर अरबलाई संसारकै र्स्वग बनाइसके तर आफ्नो घर नेपाल भने भुकम्पले क्षत विक्षत बनेर घर परिवार बारीको कान्लामा पुगेका छन्। जाडोमा कठ्याँग्रिएर मानिसहरु मर्न थालेका छन् सरकार कुहिरोको काग बनेर बसेको छ काठमाडौंमा।

यता काठामाडौंको राजनीति, व्यवस्था र अर्थतन्त्र कुहिरोको काग बनेको अवस्थामा नेपालीले रगत पसिना बगाएको देश दुबई भने कुहिरोले ढाकिँदा सम्पन्नताको ज्योतीले धपक्क बलेको छ। दुबईका २९ वर्षिय युवक साहिब अन्जुमले प्रिन्सेस टावरको ९४ तलाबाट मध्यरात र सूर्योदयको यस्तो तस्विर खिचे जसले दुबईको विकास र सम्पन्तासँगै सुन्दरता देखाउँछ।

02 Dubai Fogy Nights Photos by Zohaib Anjum

01 Dubai Fogy Nights Photos by Zohaib Anjum

 

03 Dubai Fogy Nights Photos by Zohaib Anjum

 

06 Dubai Fogy Nights Photos by Zohaib Anjum

 

05 Dubai Fogy Nights Photos by Zohaib Anjum

07 Dubai Fogy Nights Photos by Zohaib Anjum
फोटोहरु साहिब अन्जुमको फेसबुक

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ