भेटियो ८०० वर्ष पुरानो मोबाइल

800 years old mobile phone 01
अर्को ग्रहबाट आएका मानिसहरुले छोडेको आशंका गरिएको मोबाइल भेटिएपछि यतिखेर विश्वभर हंगामा फैलिएको छ। मोबाइल फोनलाई आधुनिक आविस्कारको साधन मान्दै आइएकोमा पुरातत्वविदहरुले ८०० वर्ष पुरानो मोबाइल भेटाएपछि पृथ्वी बाहेक अर्को ग्रहका मानिस र उनीहरुको विकास’bout फेरी अर्को बहस छेडिएको छ। अष्ट्रियामा भेटिएको ८०० वर्षपुरानो भनिएको मोबाइल नोकियाको पुरानो डिजाइनको जस्तै आकार प्रकारको छ। यसको किप्याडमा अंक र अंग्रेजीको अल्फाबेटको सट्टामा विभिन्न फरक फरक शैलीका चित्रहरु रहेका छन्।

800 years old mobile phone 02

पुरातत्वविदहरुको यो दाबीसँगै पृथ्वीमा अर्को ग्रहबाट मानिसहरु आउने गरेको दाबीलाई बल पुगेको छ। सँधैजसो अर्को ग्रहका मानिस र उनीहरुको पृथ्वी भ्रमण षडयन्त्र सिद्धान्तका रुपमा रहने गरेको छ। अमेरिकाले विश्वका विभिन्न स्थानमा अर्को ग्रहबाट आएका मानिसको लाश र अन्तरिक्ष यान आफ्नो कब्जामा लिएर अनुसन्धान गरिरहेको हल्ला चल्न थालेको पनि दशकौं भइसकेको छ। तर यतिखेर र्सार्वजनिक रुपमा नै अर्को ग्रहका अन्तरिक्ष यात्रीले पृथ्वीमा छोडेको मोबाइल भनेर अन्वेशकहरुले भिडियो नै सार्वजनिक गरेका छन्।
800 years old mobile phone 03

अष्ट्रियामा उत्खननका क्रममा फेला परेको मोबाइलमा रहेका अक्षरहरु सुमेरियन रहेको उनीहरुले सार्वजनिक गरेको भिडियोमा उल्लेख छ। यसखालको लेखन अहिलेको इरान तथा इराक र प्राचिन मेसोपोटामियामा प्रचलनमा रहेको थियो भनिन्छ। यस खालको मोबाइल भेटिनुले प्राचिन विश्वको विकासको अवस्था देखाउँछ भने अन्य ग्रहबाट मानिसहरु पृथ्वीमा आउने गरेको रहस्यलाई पनि बल पुरयाउँछ।
800 years old mobile phone
अहिले सम्म नोकियालाई मोबाइल आविस्कार र प्रचलनको थालनीकर्ता मानिन्छ। आधुनिक सञ्चार प्रविधिका रुपमा लिइने मोबाइलको पछिल्लो विकास एक सय वर्षपनि पुरानो छैन। यस्तो अवस्थामा नोकियाको मोबाइल कै डिजाइनमा रहेको ८०० वर्षपुरानो फोन भेटिनु झन रहस्य पूर्ण छ।

हेर्नुस भिडियोः


Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...