Loading...

ब्राउजरमै अलार्म

अलार्म, हामी सबै योसँग परिचित छौं। विहान कलेज जानका लागि उठ्न होस् या कुनै कुराका लागि समय सम्झाउन। समयको ’boutमा सचेत हुन र पार्नका लागि सबैले अलार्म लगाइरहेका हुन्छौं। विभिन्न कुराका लागि समय सम्झाउन प्रयोग गर्ने यो अलार्म घडी र मोबाइलमा यसखालको सुविधा प्रयोग गर्दै आइरहेकै हो। अनलाइन भएको दैनिकीमा पनि यो अलार्म त्यतिकै महत्वपूर्ण बनेको छ। कम्प्युटरमा दैनिक काम गर्नेहरुलाई चिया देखी विभिन्न व्यक्तिसँगका भेट लगायतका सबै कुरा सम्झाउनका लागि अलार्म बजाउनका लागि एउटा यस्तो वेबसाइट छ जसले समयको गणना गरेर उपयुक्त समयमा तपाइँलाई सम्झाउँछ।e ggtimer online timer alarm e.ggtimerएग टाइमर नामको यो वेबसाइटले अनलाइन टाइमरका रुपमा तपाइँले चाहेको समयमा तपाइँलाई समय प्रति सचेत गराउँछ। यसमा पाँच मिनेट देखी एक घण्टा वा आफूले चाहेको कुनै पनि समयमा तपाइँलाई सचेत बनाउन सक्ने क्षमता छ। अनलाइनमा च्याट वा कसैलाई फोन गर्न छ भने वा साइबरमा बस्दा आफूलाई समय प्रति सचेत बनाउन छ भने यो वेबसाइटले तपाइँलाई मदत गर्नेछ। अनलाइन टाइमरहरुका बीच यो सबै भन्दा सजिलो माध्यम हो समय मापन तथा अलार्मका लागि। यो वेबसाइटबाट समय प्रति सचेत हुनुछ भने यहाँ क्लिक गर्नुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ