सबलाई कार्टुन बनाऔं

कार्टुन पत्रकारिता र कलाको रचनात्मक विधा हो। जहाँ व्यक्ति र वृत्तिलाई चित्रको माध्यमबाट रोचक प्रस्तुती दिइन्छ। कागजका पानामा कोरिने यस्ता चित्रहरुले कतिपय अवस्थामा शब्द वा तस्विरमा उतार्न नसकिने वास्तविकतालाई उतार्छन्। यो सञ्चार र चेतना फैल्याउने एक अनुपम विधा र कला मात्र नभएर यो मनोरञ्जनको माध्यम पनि हो। हाम्रो जस्तो गाईजात्राका अवसरमा समाजका सबै वर्ग र तप्काका नराम्रा र विसंगतिपूर्ण काम, गतिविधिलाई व्यंग्य गर्ने परम्परा भएको देशमा कार्टुनले धेरै महत्व राख्दछ। सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले झन यसलाई धेरै बल पुरयाएको छ। ब्लग तथा वेबसाइट बनाउने तथा चलाउने क्रम बढि रहँदा समाज र राजनीतिका विभिन्न पाटोहरुमा व्यंग्य कस्न साथै कतिपय गतिविधिलाई दृश्यमा उतार्नकालागि कार्टुन कला अपरिहार्य रहेको छ। त्यसो त चित्रकथाका रुपमा कुनै कथानकलाई प्रस्तुत गर्नका लागि पनि यो आवश्यक हुन्छ। तर यसखालको कला प्रस्तुत गर्नका लागि आवश्यकता भएर मात्र पुग्दैन। त्यसका लागि चित्रकलाको राम्रो ज्ञान हुनुपर्छ। ललितकला विषयको अध्ययन गरेका तथा धेरै समयको अभ्यास गरेकाले मात्र यसखालको चित्रहरु बनाउन सक्छन्। तर डिजिटल मिडियाको विकासले यसखालको चित्र बनाउने कलालाई पनि सजिलो बनाइदिएको छ। विभिन्न अनलाइन स्टुडियोले अनलाइन टूलका रुपमा यसरी चित्रकारी गर्ने अवसर प्रदान गरेका छन्।

यदी तपाइँ आफ्नो ब्लग तथा वेबसाइट साथै सामाजिक सञ्जालमा आफ्नो चित्रकारी देखाउन चाहनुहुन्छ। या साथीभाईका तस्विरलाई कार्टुनका रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाइँलाई त्यसका लागि ललितकला क्याम्पसमा गएर कक्षा लिनुपर्छ भन्ने छैन। त्यसका लागि अनलाइन टूल प्रयोग गर्न सक्नुहुन्छ। जसले लिंग, वर्णका आधारमा विभिन्न चित्रमा तपाइँले चाहे अनुसारको परिवर्तन ल्याउन सक्नुहुन्छ त्यो पनि एक क्लिकमा नै। तपाइँलाई त्यसका लागि यी वेबसाइटले सघाउँछन्।
एसपी स्टुडियो 01 Make cartoon online become cartoonist make your friend laugh with mockery SP Studio sp-studioयो कार्टुन तथा चित्र बनाउने अनलाइन स्टुडियो हो। यसमा तपाइँले विभिन्न आकारमा व्यक्तिका अनुहार, शरिर, कपाल साथै पृष्ठभूमिहरु परिवर्तन गरेर कार्टुन तथा चित्र तयार पार्न सक्नुहुन्छ। यसल अनुहार, आँखा, कपाल, टोपी साथै छालाको रंग अनि गतिविधिहरु बनाउने सजिलो अवसर दिन्छ। यसमा तपाइँले बेलुनहरु राखेर चित्रमा देखिएको मानिसको भनाईहरु पनि बनाउन सक्नुहुन्छ। यो वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मोन्जी 02 Make cartoon online become cartoonist make your friend laugh with mockery Moonjee moonjee.comयो वेबसाइटले चित्रहरु बनाउन मात्र होइन मानिसको तस्विरलाई नै कार्टुनका रुपमा तयार पार्ने सुविधा दिन्छ। यसमा तपाइँ विभिन्न तस्विरहरुमा दैनिक प्रयोग हुने साधनहरु चश्मा, झोला लगायत मेकअपहरुको प्रयोग पनि गर्न सक्नुहुन्छ। यसमा आफूले खिचेको फोटो अपलोड गरेर त्यसमा विभिन्न नयाँ प्रयोग पनि गर्न सकिन्छ। यसमा रजिष्टर हुनुभयो भने तपाइँले रजिष्टर नभइ पाइने भन्दा धेरै नयाँ प्रयोगका अवसर पाउनुहुन्छ। यो वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुहोस्।

ब्लगसीडीएन03 Make cartoon online become cartoonist make your friend laugh with mockery blogcdn.comयो वेबसाइटले तपाइँलाई मानिसको कार्टुन बनाउनमा सहयोग गर्छ। यसमा तपाइँले गर्नुपर्ने कामहरु निक्कै सजिला छन्। सामान्य रुपमा १० देखी १५ पटक माउसले क्लिक गरेको आधारमा नै तपाइँले आफूले चाहेको कार्टुन बनाउन सक्नुहुन्छ। यसमा तपाइँले व्यक्तिको कार्टुन मात्र नभएर त्यस्ता कार्टुनको प्रयोग गरेर कथानकको प्रस्तुती पनि दिनसक्नुहुन्छ। यो वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...