प्रधानमन्त्री ओलीका ४ कमजोरी

काठमाडौँ २० पुस ।

प्रधानमन्त्री केपी शर्मा ओली, देशले पाएको अर्को रोगी नेतृत्व हो। गिरिजाप्रसादबाट सुरु भएको रोगले थलिएका र समकालिन समाजको सोचाइको दायरा भन्दा निक्कै पर पुगेका व्यक्तिहरु सत्ता सञ्चालनमा पुग्ने  क्रमको निरन्तरतामा शुसिल कोइराला पछिको पालोमा परे उनी। हुन त राजनीतिमा शारिरीक भन्दा पनि मानसिक र्इच्छा शक्ति र निर्णय क्षमता महत्वपूर्ण हुन्छ। तर र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्। यति सम्म कि उनको कुरा र काममा कुनै संगती पाउन सकिन्न।

र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहे जस्तो काम गर्न नसकेको भन्दै आत्मलोचना गर्दै आएका छन । त्यसो त भारतीय नाकाबन्दीका कारण पनि आफ्नो कार्यकालमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको उनको टिप्पणी छ तर विडम्वना नाका खोल्नतिर भने खासै चासो दिएको देखिदैन । परिणमतः नेपाली जनताले न्यूनतम आधारभूत आवश्यकताका लागि समेत सोर्स लगाउनु पर्ने अन्यथा भोकै दिनरात विताउनु पर्ने अवस्था सिर्जना भएको छ । जुन प्रधानमन्त्रीले वुझेर पनि वाध्यतावशः वुझ पचाईरहेका छन् । बाहिरी  आँखाले हेर्दा चनाखो जस्तो देखिए पनि प्रधानमन्त्री ओली भित्रभित्रै कतिसम्म कमलो रहेछ भन्ने कुरा बल्ल खुल्न थालेको छ । हेरौ प्रधानमन्त्रीका मुख्यतः ४ कमजोरी जसले गर्दा आम सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।

kp

सत्ता टिकाउन फुपुको सराद्धे 

नेपालीमा भनाइ छ, लुटको धन फुपुको सराद्ध। त्यस्तै झैं केपी ओली यतिखेर मन्त्रालय फुटाएर मनलागि मन्त्री पद बाँढ्ने अभियानमा छन्। संविधानले कल्पना गरेको भन्दा धेरै मन्त्रालय र मन्त्री बनाएर संविधान लागु गर्ने अभिभारा रहेका उनी आफैले संविधान विपरितका गतिविधि गरिरहेका छन्।

प्रधानमन्त्रीको सवैभन्दा ठूलो कमजोरीका रुपमा देखा पर्न थालेको कमजोरी हो- सत्ता टिकाउने खेल । उनले आफ्नो सत्ता लम्ब्याउनका लागि आँखा चिम्लेर लागि परेका छन । उनको मनस्थितीमा सवैलाई सत्ता दिएर सवै समस्या समाधान हुन्छ भन्ने छ जुन सरासर गलत हो । चोरलाई चावी दिने ओलीको रणनीतिले फेल खाने निश्चित छ जसको संकेत अहिले नै देखिन थालेका छन् । मन्त्रालयलाई टुक्रा टुक्रा पारेर सत्ता टिकाउनकै लागि मुलुकको ढुकुटी रित्याउनु भनेको एकखाले ठूलो राष्ट्रघाटी कदम हो । यसले मुलुकलाई त भड्खालोमा डुबाउछ नै साथसाथै प्रधानमन्त्री स्वयंलाई पनि घाँडो बन्ने पक्का छ । आधा दर्जन उपप्रधानमन्त्री बनाएर सत्ता टिकाउने रणनीतिमा लागेका ओली पुनः करिव तीन दर्जन मन्त्रालय थपथाप र टुक्राटाक्री बनाएर विरोधीलाई गुपचुप राख्ने दाउमा छन् । यो उनको ऐतिहासिक गल्ती हुने देखिएको छ । यो उनको सवैभन्दा मुर्खतापूर्ण कमजोरी हो ।

सावाँ अक्षरको उखाने प्रवृति

केपी ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला। उनले राखेका सल्लाहकार पनि राजनीतिक कार्यकर्तालाई भर्ति गर्ने र राज्यकोष खर्चने बाहेक देशलाई केही गर्न सक्ने ल्याकत भएका देखिँदैनन्। त्यसैले त कमनसेन्स भएका मानिसले भन्नै नसक्ने कुराहरु प्रधानमन्त्रीबाट घोषणा भइरहेका छन्।

ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला

प्रधानमन्त्री ओलीको अर्काे कमजोरी हो उखाने प्रवृति । मनमा लागेका कुरा प्वाक्क बोलि दिँदा उनी धेरै पटक चिप्लेका छन । पार्टी अध्यक्ष मात्रै होईन प्रधानमन्त्री भैसक्दा पनि उनले झोलामा हात्ती अटाई दिने खालका टिप्पणीहरु गर्दै आएका छन । एकातिर खाना पकाउने ग्याँसको अभावले सर्वसाधारण भोक तार्ने सकस परिरहेका बखत प्रधानमन्त्री ओलीले भने हावाबाट विजुली निकालेर लोडसेडिङ हटाउने प्रतिक्रिया दिएपछि उनलाई सर्वसाधारणले हावामै उडाई दिए । भूकम्प र नाकाबन्दीलै चरम सास्ती खेपिरहेका सर्वसाधारणलाई उनको अभिव्यक्तिहरु तिखो वाण बन्ने गरेको छ । त्यसो त कतिपयले उनलाई ख्यालख्यालैमा सत्ता टिकाउने कसरतमा रहेको भन्दै आलोचना गर्न थालेका छन् ।

जनआवाजको वेवास्ता

तराईमा आन्दोलन चल्दा पाकेको आँप झरेको संज्ञा दिने ओलीले सरकारमा आउँदा जस्तो मानिसहरुको र्समर्थन पाएका थिए त्यसको विपरित जनाकांक्षालाई रदि्दको टोकरीमा हाल्ने काम गरे। भूकम्पबाट पिडीत बनेका परिवारलाई राहत दिने र पुन निर्माणको कामलाई अघि बढाउनुपर्ने गम्भिर समयमा पुननिर्माण प्राधिकरणमा नियुक्तिलाई लिएर आर्थिक शुभलाभको पक्षलाई जोड दिएर जाडोमा कठ्यांग्रिएर भूकम्प पिडीत मर्ने सम्मको स्थिती ल्याए।

जनताको भावना र आवाज नसुनेको भन्ने सन्दर्भमा आफू फेसबुक, टि्वटर हेरेर काम गर्ने मानिस नभएको भन्ने उनले आफ्नो ’boutमा लेखेर पत्रकारहरुले जागिर पचाउने अवस्था बनाइदिएको सम्म भन्न भ्याए। विज्ञान र प्रविधिको आजको युगमा पनि प्रधानमन्त्री ओली फेसबुक ट्वीटरबाट टाढा छन् । हुन त प्रधानमन्त्री ओलीले ट्वीटर प्रयोग गर्ने गरेका छन तर सामाजिक सञ्जालमा आएको टिप्पणी र जन दबाबमा खासै ध्यान दिएको देखिदैन । त्यसो त प्रधानमन्त्री ओली स्वयंले केही दिन अघि एक कार्यक्रममा आफू फेसबुकमा आएको दबाबका आधारमा काम नगर्ने अभिव्यक्ति दिएका थिए । स्मरणीय कुरा के हो भने अहिले देशको समसामयीक अवस्थाको विश्लेषण र आवश्यकताका  सामाजिक संजाल एउटा चौतारी बनेको छ जुन प्रधानमन्त्री ओलीले वेवास्ता गरेका छन । जसले गर्दा पनि उनकौ मनस्थिती पुरातन सोचतर्फ उन्मुख भएको देखिन्छ ।

सिन्को पनि भाँचेनन्

राजनीतिमा संकटलाई अवसरको रुपमा लिइन्छ। देशमा भयावह संकटको अवस्थामा नेतृत्व सम्हाल्न पुगेका ओलीलाई इतिहास बनाउने र आफूलाई साबित गर्ने अवसर प्राप्त थियो। तर यिनले ढलेको सिन्को भाँच्ने त के उठाउने सम्म पनि काम गरेनन्। उत्तर तिरका नाका खोल्न सरकारले तत्परता त देखाएन देखाएन चिनसँगको व्यापार वाणिज्य सन्धिलाई पनि वेवास्ता गरयो।

अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए

इन्धन जस्तो अत्यावश्यक सामग्री उपलब्ध नहुँदा समेत उनको सरकारले तेल वितरणमा अराजकता मच्चाएर भ्रष्टाचार र कालोबजारीलाई संस्थागत नै गरयो। राष्ट्रियताको मुद्दा र नारा उचालेर सरकारमा पुगेका ओलीले न राष्ट्रियता सुदृढ हुने काम गरे न भारतको नाकाबन्दीका कारण छाएको अभावलाई नै व्यवस्थापन गर्ने ’bout कुनै काम नै। माफिया, कालोबजारी र भ्रष्टाचारमा संलग्नहरुलाई प्रोत्साहन दिने काम उनकै नेतृत्वमा बालुवाटारबाट भयो। अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए। ५० को दशकमा चलेको एमाले भ्रष्टहरुको क्लब हो भन्ने भनाइलाई केपी ओलीले सरकारमा रहेको समयमा प्रमाणित नै गरेर छोडे।

प्रधानमन्त्री बन्नु पूर्व उखान टुक्काले ट्वाक–ट्वाक हान्ने प्रधानमन्त्री ओली अचेल पर्ख र हेरको रणनीतिमा छन् । भारतीय नाकाबन्दी तीन महिना वितिसक्दा पनि उनले न कुनै दिर्घकालिन निर्णय गर्न सकेका छन न त नाका खोल्ने प्रभावकारी कदम नै चाल्न सकेका छन् । विगतमा भारतीय प्रवृतिविरुद्ध अभिव्यक्ति दिएर वाहवाही पाएका ओली प्रधानमन्त्री बनेपछि कुर्सी जोगाउनकै लागि भारतको नाकाबन्दीविरुद्ध बोल्न डराएको अधिकांशको बिश्लेषण छ ।

त्यसो त भारतको नाकाबन्दीले आजित सर्वसाधारणको मनमा अलिकति भरोसा समेत भर्न सकेका छैन्न । चीनसँग इन्धन लगायतका व्यापार सम्झौता गरेर भारतीय एकलौटी व्यापार तोड्न उनी थरथर कामिरहेका छन् । जुन उनको कार्यकालको सवैभन्दा कालो धब्बा बन्ने धेरैको अनुमान छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...