सित्तैंको एन्टीभाइरस, माइक्रोसफ्ट इसेन्सियल्स

एन्टीभाइरस तपाइँ हामी सबै आफ्नो कम्प्युटरमा यो वर्गको सफ्टवेयर राख्न छुटाउँदैनौं। फरक कुन कम्पनी र ब्राण्डको भन्ने मात्र हो। कम्प्युटरमा इन्टरनेट तथा विभिन्न खालका जोड्न, हटाउन सकिने भण्डारण यन्त्र (रिमूभेवल ड्राइभ)को माध्यमबाट भित्रने भाइरस तथा स्पाइवेयरको डरका कारण हामी वार्षिक रुपमा केही हजार एन्टीभाइरसमा खर्च गरिरहेका हुन्छौं। microsoft essential free antivirus get free antivirusसक्कली (जेन्नुइन) एन्टीभाइरस नराख्दा कम्प्युटरमा विभिन्न समयमा भाइरसको समस्या मात्र होइन सित्तैमा पाइने (सेयरवेयर) एन्टीभाइरसले खासै काम नगरेको जस्तो अनुभव पनि भएको हुनसक्छ। कतिपय सित्तैमा डाउनलोडका लागि उपलब्ध एन्टीभाइरसहरुले कम्प्युटरलाई पनि सुस्तो बनाइरहेका हुन्छन्। हुन त एक्टिभेसन कि किन्नुपर्ने सक्कली एन्टीभाइरस पनि केही समयको लागि ट्रायल भर्सन सित्तैमा पाइन्छ। तर पनि ती सबैले राम्रोसँग काम भने दिँदैनन्। जसका कारण तपाइँ हामी वाषिर्क एक देखी दुर्इ हजार यस्ता एन्टीभाइरसको सक्कली कि किन्नका लागि खर्च गर्र्छौं।

बजारमा उपलब्ध धेरै सित्तैंमा पाइने तथा किन्नुपर्ने एन्टीभाइरसका बीच तपाइँका लागि यस्तो एउटा एन्टीभाइरस छ जो सित्तैमा उपलब्ध हुन्छ अनि किनेकोले भन्दा पनि राम्रो काम दिन्छ। त्यो हो माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सीएल्स। माइक्रोसफ्टले वीण्डोर अपरेटीङ सिस्टमका लागि विकास गरेको यो एन्टीभाइरस वीण्डोज अपरेटीङ सिस्टम चलाउने सबैका लागि निशुल्क उपलब्ध छ। निशुल्क भएपनि यसको सुरक्षा भने तपाइँ हामीले लाइसेन्स किनेर चलाउने एन्टीभाइरसको भन्दा कम छैन। न त यसले कम्प्युटरलाई सुस्तो बनाउँछ न त समय समयमा लाइसेन्स किन्ने झण्झट नै छ। माइक्रोसफ्टले आफ्नो अपरेटीङ सिस्टमलाई सुरक्षित पार्नका लागि विकास गरेको यो एन्टीभाइरस माइक्रोसफ्टको वेबपेजमा नै निशुल्क डाउनलोडका लागि राखिएको छ। यो आफ्नो कम्प्युटरमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्। डाउनलोड पुरा भएपछि डबल क्लिक गरेर इन्ष्टल गर्नुहोस्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...