लभ पर्दा जानै पर्ने काठमाडौंका १० ठाउँ

लभ, प्रेम, माया अनि पिरती। संसारबाँध्ने माध्यम अनि घरबार जमाउने रसायन। हुन त माया मनबाट गरिन्छ भनिन्छ तर मुटु पोल्ने गरि भतभताउने मायाको न्यायोपन महशुस भने धन नभइ गर्न सकिँदैन।
‘पिरती आफै हुँदो रहेछ…’ भन्ने गीत पनि पुरानो भयो बाउबाजेको पालाको जस्तो। यतिखेर पिरती हुनको लागि पनि धेरै रिक्वायरमेन्ट पुरा गर्नुपर्छ। पैसा, पढाइ अनि करिअर सबैको समावेसी स्वरुप नदेखिइकन अनुभव हुने माया होइन दुर्इ दिनको घामछायाँ मात्र हो।

‘माया त यस्तो होस्…कहिले न छुट्ने होस्..’ भन्नका लागि एकले अर्कोलाई बुझ्नु जरुरी हुन्छ र त्यसका लागि एकान्तमा एक अर्काको कुरा सुन्नु। यदी तपाइँ प्रेममा हुनुहुन्छ, यानीकी कसैसँग तपाइँको लभ छ र त्यो प्रेमिल अनुभव यदीँ साँच्चैको हो भने तपाइँ दुर्इले केही समय एक अर्कालाई बुझ्नका लागि दिनु आवश्यक हुन्छ। तर काठमाडौंमा त्यस्तो प्रेममा परेका युवा युवतीलाई एक अर्कोलाई बुझ्नको लागि समय बिताउने ठाउँको अभाव नै छ। यही अभावले पनि कतिपय सम्भावना भएका सम्बन्धहरु नमिठो याद बन्ने गरेर टुंगिएका छन्। जिवनको पहिलो प्रेम अनि प्रेमीलाई श्रीमान वा श्रीमतीका रुपमा जिवनभर साथै देख्न चाहनुहुन्छ भने उनीहरुलाई समय दिनुस्, बुझ्नुस त्यसका लागि तपाइँ कम्तिमा यी १० स्थानमा जानुस् जहाँ एकान्त, शान्त वातावरणमा बसेर तपाइँ जिवन, परिवार, भविष्य अनि प्रेमका ’boutमा कुरा गर्न सक्नुहुन्छ। यदी तपाइँ साँच्चै प्रेम गर्नुहुन्छ, सिरियस सम्बन्ध हो भने यस्ता भेटका अवसरलाई ‘डेटिङ’को नाममा उमेरको यौनप्यास मेटाउने माध्यम नबनाउनुस्। कलेज उमेरमा अनुभव हुने ९० प्रतिशत प्रेम सम्बन्धहरु दुर्इ चार ‘डेटिङ’मा नै समाप्त हुन्छन्।

sundarijal dating

सुन्दरीजल

नाम जस्तै सुन्दर छ यो ठाउँ । त्यसो त प्रेमिल जोडीहरुका लागि यो ‘फर्स्ट च्वाइस’ डेटिङ स्पट बन्ने गरेको छ । मनोरम दृश्यले प्रेमिल मनलाई थप सौन्दर्यता दिने गर्छ । यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । भ्यालेन्टाइनमा यो ठाउ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको यो ठाउमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागी उचित सुबिधाहरु उपलब्ध छन ।

गार्डेन अफ ड्रिम

garden of dreams kathmanduधेरै युवायुवतीहरुको रोजाईको भ्यालेन्टाइन डेस्टिनेशन हो ठमेलस्थित ‘गार्डेन अफ ड्रिम’ ‘स्वप्न बगैँचा’ । माँया साट्नका लागि शान्त, शितल र सोन्दर्यपूर्ण वातावरण पाइन्छ यहाँ । शुल्क तिरेर प्रवेश गर्नुपर्ने यहाँ वाइफाइको समेत सुविधा रहेको छ । डेटिङका लागि भरपुर पूर्वाधार भएको यहाँ दैनिक सयौ जोडी आउने गरेका छन् । यहाँको पार्क शान्त र सुन्दर छ । यहाँ जान टिकट लाग्ने भएकाले यो भिडभाडबाट टाढा पनि छ र सुरक्षित पनि।

ककनी

डेटिङस्पटको रुपमा चिनिने अर्काे ठाउ हो ककनी । ट्राउट माछाको स्वादसँगै मायाँको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । खाने वस्ने ठाउको समेत राम्रो व्यवस्था भएकाले प्रेमीप्रेमीका मात्रै होईन पारिवारिक रिफ्रेशमेन्टका लागि पनि राम्रो ठाउ हो ककनी । चिसो वातावरण, हिमाली दृष्यहरुको अवलोकन गर्न सकिने, हरियाली वनजंगल, अनि राजधानीको कोलाहलयुक्त वातावरण भन्दा विल्कुलै आनन्द आउने पक्ष भएका कारण यहाँ वर्ष भरि नै भीड लाग्ने गर्छ ।  यो ठाउँ स्टेबरी खेती, च्याउ खेती तथा रेन्बो ट्राउट माछा पालनको लागि पनि प्रसिद्ध  छ । ‘विकेन्ड’ बिताउनको लागी यो सही रोजाईको गन्तव्य हो।

गोदावरी

प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँ हो । यहाँ माया साट्नेहरुको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरु थुप्रै भेटिन्छन् । गोदावरीस्थित बोटानिकल गार्डेन आजकल धेरै प्रेमजोडीका निम्ति आकर्षक गन्तव्य बनेको छ । फूल, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ। प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । एउटा सम्बन्ध विकासको लागि आवश्यक हुने वातावरण यहाँ छ।

नगरकोट

काठमाडौंबाट करिव ३५ किमीको दुरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाईमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ । मनोरम हिम श्रृंखलाले तपाइको जोडीलाई थप प्रेमभास दिलाउछ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

ललितपुरको बज्रवाराही

यो ठाउँ अर्को डेटिङ स्पट हो । गुमनाम भएर छताछुल्ल मायाँ पोख्न चाहनेहरुका लागि उत्तम गन्तब्य हो बज्रबाराही । उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

टौदह/चोभार

धेरैको रोजाई बन्ने गरेको चोभारको पाखा पखेरा, टौदह र दक्षिणकाली अर्को डेटिङ स्पट हो  । राजधानीका थुप्रै तन्नेरी प्रेम साट्न त्यहाँ पुग्ने गरेका छन् । रमणीय पर्यावरण र लुकीछिपी मायाँ साट्ने अबसर मिल्ने भएकाले पनि यो ठाउँ धेरैको रोजाइमा पर्छन ।

Dhulikhel Nepalत्रिभुवन पार्क

पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको अर्को ठाउँ हो थानकोट स्थित त्रिभुवन  पार्क । हरियाली जंंगलभित्रका स-साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर-चिर्बिर आवाजले प्रेम जोडीहरूलाई आमन्त्रण गरिरहेका आभास हुन्छ । साथीभाईहरुसँग जमघट गरेर पिकनिक गर्ने र टुगेदरनेसलाई सोसलाइज गर्नका लागि यो पार्क उपयुक्त छ।

धुलिखेल  

धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ।

dating kathmandu girl and boyबालाजुपार्क/तपोबन

बालाजु सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ। बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले इनरजाइज गर्छ। त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

 

यी विशेष १० स्थल बाहेक ऐतिहासिक पाटन, भक्तपुर, वसन्तपुर लगायतका दरवार स्वायर, सिद्धिपोखरी, नागपोखरी छोटो भेटका लागी उपयुक्त हुन्छन्।  ललितपुरको बंगलामुखी मन्दिर विशेष प्रसिद्ध स्थल भइनै हाल्यो।  धेरैले जावलाखेलको सदर चिडियाखानालाई नि गन्तव्य बनाएको पाइन्छ तर प्रेम गर्नेका लागी त्यो उपयुक्त स्थान होईन।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...