Loading...

योनीका अनौठा १० कुरा

मानिस आफैमा रहस्यले भरिएको प्राणि हो। त्यसमा पनि नारीलाई त भगवानले पनि बुझ्न सक्दैन भनेर भनिएको छ। गर्ल फ्रेण्ड, साथी वा श्रीमती भएकाहरुले यसको भेउ पक्कै पाउनु भएकै छ। नारीको स्वभाव मात्र होइन शरिर पनि रहस्यले भरिएको छ। विशेष गरेर पुरुषहरुका लागि नारीका संवेदनशिल र गोप्य अंगहरु रहस्यमयी र चासोपूर्ण रहन्छन्।

yoni ka kura

समाज र संस्कारले लुकाएर राखेकाले पनि हुनसक्छ यसप्रति मानिसहरुको चासो धेरै नै बढि छ। हुन त नारी पुरुष सम्बन्धको महत्वपूर्ण र एउटै आधारका रुपमा यी अंगहरु रहेका हुन्छन्। भनिन्छ, यौनले नै महिला र पुरुषलाई बाँधेको हुन्छ। हुन त महिला र पुरुषलाई बाँढ्ने (विछोड वा पराइ बनाउने) काम पनि यसैले गर्दछ। संसार र मानव सृष्टि चल्नका लागि पनि नारी पुरुषको मिलन हुनु आवश्यक छ। मानव सभ्यताको निरन्तरताको माध्यम भएकाले पनि यौन र नारीका यौन अंगहरुका ’boutमा पुरुषलाई मात्र होइन स्वयं नारीलाई पनि बढि चासो हुन्छ। त्यसो त पुरुषको भन्दा नारीका अंगको बनावट, प्रकृति अत्यन्तै फरक हुने भएकाले पनि यसमा धेरैको चासो छ। हुन पनि महिलाहरुको योनीसँग रहस्य र रोचक तथ्यहरु जोडिएको छ। ती मध्ये १० यस्ता छन्ः

१. महिलाको योनीको औषत आकार ३/४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२.योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र हुन्छन।

३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा सोह्र पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ

८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ