यसरी चलाऔं स्काइ प्रो

अधिकांश स्वामित्व राज्यको रहेको नेपाल टेलिकमले सीडीएमए प्रविधिमा आधारित द्रूत गतिको इन्टरनेट सेवा ‘स्काइ प्रो’का रुपमा बेचिरहेको छ। मोबाइल फोन तथा ल्यापटप र कम्प्युटरमा पनि चलाउन सकिने यो इन्टरनेट सेवा यतिखेर टेलिकमले नीजि क्षेत्रका तीन कम्पनीहरु आरटीइ इन्टरनेसनल, वत्सल इम्पेक्स, साइबरनेटिक्स सँगको सहकार्यमा २२०० मा उपलब्ध गराएको छ।

यो सेवा लिनका लागि तपाइँले नागरिकताको फोटोकपी र एउटा पासपोर्ट साइजको फोटो लिएर जानुपर्छ। फारम भरिसकेपछि तपाइँले २२०० मा सीडीएमए इभिडियो इन्टरनेट चलाउनका लागि यूएबी डोंगल साथै १०० ब्यालेन्स रहेको रीमकार्ड पाउनुहुन्छ। जसबाट इन्टरनेट चलाउँदा तपाइँलाई ५० पैसा प्रति एमबी शूल्क लाग्छ। तर तपाइँले स्काइ प्रो किनेर कम्प्युटरमा जोड्नासाथ कम्प्युटरमा इन्टरनेट भने चलिहाल्दैन। त्यसका लागि तपाइँले केही प्रक्रिया भने अपनाउनुपर्छ। (यो पोष्ट तपाइँलाई स्काइ प्रो चलाउन सिकाउनका लागि लेखिएको हो)

स्काइ प्रो किनेर ल्याइसकेपछि तपाइँले स्काइ प्रोको रीमकार्डलाई यूएसबी डोंगलको पछिल्लो भागमा राख्नुपर्छ। त्यसपछि यूएसबी डोंगललाई कम्प्युटरको यूएसबी पोर्टमा लगेर जोड्नुपर्छ।

तपाइँले यूएसबी डोंगल कम्प्युटरमा जोडिसकेपछि यसखालको एउटा सन्देश देखिन्छ।
01 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMA
माथिको जस्तै बक्स देखिएपछि तपाइँले रन सेटअप लेखेको स्काइ प्रोको लोगो भएको भागमा बायाँ क्लिक गर्नुपर्छ। त्यसपछि तपाइँको कम्प्युटरमा यसखालको सन्देश भएको बक्स देखिन्छ।
02 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAयसमा लेखिएको नेक्स्ट भन्ने बटनमा क्लिक गरेर अगाडि जानुहोस्।
03 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAत्यसपछि तपाइँको कम्प्युटरको स्क्रीनमा तलको जस्तो बक्स देखिन्छ। जसमा तपाइँले स्काइ प्रो सफ्टवेयर कहाँ स्थापित (इन्स्टल) गर्न चाहनुहुन्छ भनेर सोधिएको हुन्छ। तपाइँले अरु कुनै ड्राइभ छानेको खण्डमा बाहेक सफ्टवेयर स्वत सी ड्राइभको प्रोग्राम फाइल्समा स्थापित हुन्छ। यसमा नेक्स्ट गरेर तपाइँ अगाडि बढ्न सक्नुहुन्छ।
04 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAत्यसपछि तलको जस्तो बक्स देखिन्छ। जहाँ तपाइँलाई स्काइ प्रोको छिटो खोल्ने माध्यम (र्सटकट) कहाँ राख्ने भन्ने सोधिएको र परिवर्तन गर्ने अवसर दिइएको हुन्छ। त्यसलाई परिवर्तन गर्नु खासै जरुरी नभइएकाले तपाइँ त्यसबाट पनि सिधै अगाडि जानसक्नुहुन्छ। नेक्स्टमा क्लिक गरेर अगाडि जानुस्।
05 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAयति गरेपछि तपाइँको स्क्रीनमा सफ्टवेयर स्थापित (इन्स्टल) हुनका लागि तयार रहेको सन्देश आउँछ तल देखाएको बक्समा जस्तै। त्यसमा पनि नेक्स्टमा क्लिक गरेर अगाडि बढ्नुस्।
06 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAतल देखिएको जस्तै बक्समा सफ्टवेयर स्थापित हुँदै गरेको सन्देश देखिन्छ।

07 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAसफ्टवेयर साथै स्काइ प्रो चलाउनका लागि रीमकार्ड राख्नका लागि आवश्यक डोंगलाई कम्प्युटरको प्रणालीसँग जोड्ने (ड्राइभर) सफ्टवेयरहरु कम्प्युटरमा स्थापित हुँदैगरेको सन्देश तलको बक्समा जसरी नै देखिन्छ।
08 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAसफ्टवेयर पुरै स्थापित हुने क्रममा रहेको छ। तपाइँले सफ्टवेयर राखेको केही मिनेटमा नै तलको जस्तो बक्स र सन्देश देखिन्छ। जसमा स्काइ प्रो चलाउनका लागि आवश्यक सफ्टवेयर तपाइँको कम्प्युटरमा स्थापित भयो। यसखालको सन्देशसँगै तपाइँले तत्काल स्काइ प्रो चलाउन चाहनुहुन्छ भन्ने खालको सन्देश तलको तस्विरमा जस्तै गरेर देखिन्छ।
09 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAतपाइँले माथि देखाएको जस्तै सन्देशमा उल्लेख भएको तत्काल चलाउन चाहन्छु भन्ने खालको विकल्पमा ठिक लगाएर सफ्टवेयर स्थापित गर्ने काम सकिएको सन्देशमा क्लिक गर्नुभयो भने तलको जस्तो स्क्रीन देखिन्छ।
10 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAयसखालको स्क्रीनमा तपाइँको स्काइ प्रोको नेटवर्क साथै त्यसमा इभिडियो र वानएक्सको नेटवर्क देखाउँछ। तपाइँ रहेको क्षेत्रमा इभिडियो सेवा नभएको भए त्यसमा इभिडियोको सिग्नल देखाउँदैन। वानएक्सको मात्र देखाउँछ। साथै स्क्रीनमा तपाइँ वान एक्समा वा इभिडियोमा जोडिन चाहनुहुन्छ भन्ने विकल्प देखाउँछ। तर त्यहाँ रहेको विकल्पममा रहेको कनेक्टमा क्लिक गर्नासाथ इन्टरनेट भने चल्दैन। त्यसका लागि तपाइँले स्काइ प्रो स्क्रीनको बायाँ तर्फरहेको फाइल भन्ने विकल्पमा गएर सेटिङमा क्लिक गर्नुपर्छ। जुन गरिसकेपछि तलको जस्तो सन्देश बक्स देखिन्छ।
11 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAत्यसमा रहेको नयाँ एकाउन्ट खोल्ने विकल्प (न्यू) मा क्लिक गरेर नयाँ एकाउन्ट खोल्नुपर्छ। जुन तलको तस्विरमा जस्तै गरेर देखिन्छ।
12 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMA
यसखालको सन्देश बक्समा रहेका खाली ठाउँहरुमा माथिको जस्तै गरेर भर्नुहोला। जहाँ यूजरनेममा आफ्नो सीडीएमए रीमको नम्बर र पार्सवर्डमा पनि सोही नम्बर नै राख्नुहोला। यति गरेपछि सबै विकल्पहरुमा ओके गरेर बाहिर निस्कनुहोस्।

त्यसपछि देखिने स्काइ प्रो स्क्रीनमा देखिने वान एक्स वा इभिडियो इन्टरनेट सेवामा जोडिने हो त्यसको विकल्प (कनेक्ट लेखिएको बटन)मा क्लिक गर्नुहोस्। यतिभए पछि तलको तस्विरमा जस्तो स्क्रीन देखिन्छ।

10 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMA

माथिको तस्विरमा जस्तो स्काइ प्रो स्क्रीन देखिएपछि तपाइँले वान एक्स वा इभिडियो केमा जोडिने हो त्यो विकल्पमा क्लिक गरेपछि तपाइँको कम्प्युटर इन्टरनेटमा जोडिन्छ। र तलको जस्तो स्क्रीन देखिन्छ। जसको पुछारमा कनेक्टेड अर्थात् तपाइँ इन्टरनेटसँग जोडिनुभयो भन्ने सन्देश देखिन्छ।
13 How to install SkyPro on your computer.....install CDMA EVDO device on your computer.....Nepal Telecom Wireless Broadband IP CDMAअब तपाइँको स्काइ प्रो इन्टरनेट चलाउनका लागि तयार भयो। तपाइँ एउटा द्रूत गतिको इन्टरनेट सेवासँग जोडिनुभयो। याद गर्नुस् इभिडियोमा नेपाल टेलिकमले भनेको जस्तो उच्च गति सँधै मिल्दैन। कतिपय स्थानमा तपाइँको इभिडियो नचल्न सक्छ। त्यस्तो अवस्थामा वान एक्समा रहेको कनेक्ट बटनमा क्लिक गरेर सुस्तो नै सही इन्टरनेटसँग जोडिन भने सक्नुहुन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...